nagarjun

नागार्जुनको चिठी
सिर्जनशील युवाजोश र जाँगरकै एउटा प्रयासका रूपमा विसं २०५६ मा स्थापित विशुद्ध साहित्यिक संस्था नागार्जुन साहित्यिक प्रतिष्ठानले आफ्ना गतिविधि, साहित्यिक सिर्जना र विविध विधा एवम् व्यक्तित्वमा केन्दि्रत रहेर विशेष प्रकाशनहरू पाठकमाझ नागार्जुन त्रैमासिक पत्रिका मुखपत्रका रूपमा प्रस्तुत गर्दै आएको हो । यसै क्रममा यो अङ्क प्रतिष्ठान विशेषाङ्कका रूपमा प्रकाशित भएको हो । नागार्जुनको इतिहासमा संस्थाका विभिन्न गतिविधिलाई अन्वेषक, द्रष्टा, सहभागी र स्वयम् अभियन्ताका कलमबाट अभिसिर्जित गरी पहिलोपटक आफ्नैबारे विशेषाङ्क प्रकाशित गर्न पाएकोमा हामीलाई हर्ष लागेको छ । र पाठकको यसमा विमति नहुने अपेक्षा लिएका छौ ।

नागार्जुन सिर्जना, सम्प्रेषण र   वैचारिक साहित्यिक अभियानको एउटा साधक मञ्च हो । यसले अहिलेसम्म केके गर्यो, यसका गतिविधिले कस्ता लाभ हासिल गरेे, नेपाली साहित्यले र अझ विशेषगरी नवस्रष्टाले- विशेषाङ्कमा यस्ता थुप्रै जिज्ञासाका उत्तर एकसाथ दिने प्रयत्न गरिएको छ । समय र सन्दर्भको घचेट्याइले हामीलाई अत्यावश्यक कतिपय रचना समेट्न अवसर दिएन । त्यसमा दुःखसाथ याचना माग्न तत्पर छौं ।

युवा जमातका कतिपय प्रयास गल्तीविहीन अवश्य हुँदैनन् । काम गर्नेले नै गल्ती गर्छ, गल्ती गर्नेले नै बढी सिक्न सक्छ, अघिबढ्न सक्छ । हामीमाथिका सकारात्मक प्रतिक्रियालाई मात्रै सुन्न उत्सुक पनि छैनौ । यहाँसम्मको यात्राको मूल ध्येय र लाभ यही हो । हामी निर्भयताका साथ आफ्ना अभियानमा लागिरहेका छौँ । हामी आफ्ना लक्ष्य र अडानप्रति किन पनि ढुक्क र प्रतिवद्व छौँ भने हाम्रा औँला परिपक्व साहित्यिक हातहरूबाट डोहोर्याइएका छन्, हाम्रा आङ प्रशस्त ढाडस र धन्यवादले उत्साहित छन् । त्यसमा तपाईको पनि हात छ ।  हाम्रा पाइला कैयन् सहयात्री र नवीनतम स्रष्टाका साथसाथ यो वा त्यो प्रकारबाट अग्रता दिइरहेछन् ।

प्रतिष्ठानले आफ्नो छैटौं वर्ष प्रवेशको अवसर पारेर विशेषाङ्क प्रकाशित गरेकोलाई अध्ययनमनन् गरी सदाझैँ यहाँहरूबाट रचनात्मक सुझाव प्राप्त हुने विश्वासका साथ आशाको पोल्टो थाप्दै यस अङ्कलाई यत्ति नै ।

नागार्जुन छ वर्षे यात्रा र गन्तव्य
- प्रकाश सिलवाल

पृष्ठभूमी

‘सिर्जनात्मक संयोजनका लागि समीचीन सदन’ को लक्ष्यसहित सामाजिक जीवनमुखी साहित्यको निर्माणको एउटा पाटो हो - नागार्जुन । जसले छ वर्ष व्यतीत गरेको छ । यसको गन्तव्य यात्राका लागि साहित्य, कला र संस्कृति नै प्रेरणाका पुञ्ज हुन् । जहाँ विचारको पुजा गरिन्छ । वास्तवमा समाजसेवामध्येको साहित्यिक बाटो विशुद्ध र सशक्त माध्यम हो भन्ने मान्यतामा लामबद्ध युवाहरूको सक्रियतामा यो प्रतिष्ठानको स्थापना २०५६ सालमा भएको हो । त्यतिबेलादेखिको यसैसँगको एक यात्रीको हैसियतमा म भन्छु- यो नयाँ इतिहाँसको रेखा कोर्न र विगतको आफ्ना सत्कर्मको संरक्षणमा उन्मुख भएको छ ।

प्रतिष्ठान गठनका लागि बाइसधारा बगैँचामा भएको पहिलो भेलाले बालाजुमाथिको डाँडोसँग तादाम्य राखियो । तत्कालीन तदर्थ समितिमा अध्यक्ष वैरागी जेठा, उपाध्यक्ष सन्तोष घिमिरे, सचिव प्रकाश सिलवाल, कोषाध्यक्ष नवीन -नरहरि) सिलवाल र सदस्यहरू उमा खत्री र मोहन खत्री हुनुहुन्थ्यो । यसबीचमा केही समय भए पनि सुमनराज पाण्डे, रामप्रसाद क्षितिज, सन्मान चेम्जोङ ‘स्वप्नील’, र दीपक खनालले सहभागिता जनाउनुभयो । स्थापनाको झन्डै दुई वर्षपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा विधिवत् दर्ता भएको प्रतिष्ठानको संस्थापक कार्यसमितिमा जेठा र सिलवाल क्रमशः अध्यक्ष र सचिव नै रहनुभयोे । त्यस्तै, कोषाध्यक्षमा सूर्यविनोद कुइँकेल र सदस्यमा चेतनाथ धमला, सदस्य यादव थपलिया, मायामितु न्यौपाने र भरत शर्मा हुनुभयो ।

उद्देश्य

-क) 	सामाजिक जीवनमुखी दृष्टिकोण र प्रगतिउन्मुख साहित्यको विकासका निम्ति प्रयासरत रहने ।

-ख) 	वाद-प्रतिवाद र संवादको थलोको रूपमा संस्थालाई उभ्याउने ।

-ग) 	साहित्यिक प्रतिनिधिमूलक पत्रपत्रिकाको सम्पादन/प्रकाशन गर्ने ।

-घ) 	नवप्रतिभाको भावना र प्रस्फुटित रचनालाई प्रोत्साहित गर्ने ।

-ङ) 	मोफसलका साहित्यिक प्रतिभालाई उत्प्रेरणा जगाउने ।

-च) 	साहित्य, कला एवम् संस्कृतिका क्षेत्रमा सकारात्मक सहयोग गर्ने खालका विविध रचनात्मक एवं अन्तर्सन्लापमुखी कार्यक्रम गर्ने । आदि

गतिविधि

-क) 	त्रैमासिक पत्रिका प्रकाशन

-ख) 	साहित्यिक कार्यक्रम

-ग) 	‘कलम बचाऊ’ अभियान

-घ) 	पुण्यप्रसाद स्मृति कोष तथा पुण्यप्रसाद स्मृति पुस्तकालय स्थापना

-ङ) 	वाषिर्क रचना र प्रकाशन पुरस्कार

-च) 	प्रकाशन

-छ) 	नियमित अन्तर्मन्थन

-ज) 	छन्दकविता लेखन प्रशिक्षण

-ञ) 	काव्यवाचनकला प्रशिक्षण

-ट)    शुभ प्रभात काव्य गोष्ठी र सम्मान

-क) त्रैमासिक प्रकाशन

प्रतिष्ठानको मुखपत्रको रूपमा प्रकाशित नागार्जुनको पहिलो अङ्क २०५८ -कात्तिक-पुस) बाट सुरु भयो । नागार्जुनले हरेक अङ्क विशेषाङ्क बनाउने चेष्टा गरेको छ । यसको मुख्य आर्थिक स्रोत विज्ञापन र बिक्रीलाई मानिएको छ । साथै, अङ्कपिच्छे कार्यसमितिको निर्णयअनुसार गरिने सहकार्यलाई पनि यसको अर्काे पक्ष मानिएको छ ।

-अ) पहिलो अङ्क ः यस अङ्कमा नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानका उपकुलपति मोहन कोइरालाका अतिरिक्त अन्य व्यक्तित्वको शुभेच्छा थियो । जसको सम्पादकीयमा- ‘साहित्यिक पत्रिकाहरू विधागत साहित्यको प्रतिनिधित्व गराउनबाहेक बहस, टिप्पणी तथा अन्तर्सन्लापमुखी नदेखिएकोबाट हामीहरू पृथक्रूपमा अघिबढ्न खोजेका छौँ, तथापि हामी कसैप्रति द्वेष/भेद व्यक्त गर्न अनिच्छुक छौँ’ भनिएको मान्यता अद्यावधि छ । साथै, यस अङ्कमा सो वर्ष प्रदान गरिएको साहित्यतर्फको नोबेल पुरस्कार प्राप्त गर्ने भारतीय लेखक भीएस नैपलको विवादास्पद अभिव्यक्तिमाथि टिप्पणी  थियो । त्यस्तै, हिमशिखर फाउन्डेसनको विराट कविता महोत्सवको राम्रा-नराम्रा पक्षको चिरफार पनि थियो । सो अङ्कमा नागार्जुनका शुभेच्छुकहरू रामशरण घिमिरे, केबी खड्का, डिल्ली शर्मा, विष्णु पौडेल, विष्णु पनेरु र लेखनाथ श्रेष्ठले ‘सदा फुलिरहोस्’ भन्ने शुभेच्छाले प्रतिष्ठानलाई थप प्रेरणा दिलाएको थियो, जसमा भनिएको थियो- ‘नागार्जुन साहित्यिक सँगालोले नागार्जुन पहाडको शिखरमा रहेको जामाचोक भ्युटावरबाट देखिने सुन्दर नगरी कान्तिपुर र यस सहरदेखि बाहिरी भागमा रहेका तरकारी, फलफूल तथा अन्नबालीले ढकमक्क भरिएको खेतबारीहरू तथा स-साना बनेलीहरू, शिवपुरी तथा यसका आमुन्ने-सामुन्ने मुखामुख गरिरहेका महाभारत पर्वतहरू र यिनै पर्वतहरूबाट निस्केर बग्ने बाग्मती, विष्णुमतीलगायतका थुप्रै नदीले दिने मनमोहक आस्वादन पाठकलाई प्राप्त गराउन सक्ने कुरामा पूर्णरूपले आशावादी छौँ ।’

-आ)	 दोस्रो अङ्क ः नागार्जुनको दोस्रो अङ्कमा ‘भाषासम्बन्धी संवैधानिक व्यवस्था र परिवर्तनका बुँदाहरू’ शीर्षकमा अधिवक्ता एवम् कानुन सङ्कायका प्राध्यापक युवराज सङ्ग्रौलाको लेख नै केन्द्रबिन्दु रहेको थियो । सो अङ्कको अर्को आकर्षण प्रतिष्ठानका सल्लाहकार एवम् अभियान साहित्य प्रतिष्ठानका अध्यक्ष रामप्रसाद ज्ञवालीको विचारप्रधान अन्तर्वार्ता हो ।

-इ) तेस्रो अङ्क ःनागार्जुनको तेस्रो अङ्क साहित्यिक पत्रकारिता- विशेषको रूपमा आएको छ, जसमा साहित्यिक पत्रकारितासम्बन्धी विविध आयामका साथ दाहाल यज्ञनिधि, देवीप्रसाद सुवेदी र भरतराज पीडित आदिका विचार  छन् । जसले साहित्यिक पत्रकारिता समयानुकूल हुनुपर्नेमा जोड दिएको थियो ।

-ई) चौथौ अङ्क ः नागार्जुनको चौथो अङ्क डा. कविताराम श्रेष्ठको ‘कुकुरको कथा’ लघुउपन्यास विशेषाङ्कको रूपमा प्रकाशन गरियो ।

-उ) पाँचौँ अङ्कः पाँचौँ अङ्क नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान- विशेषको रूपमा आएको थियो, जसमा सो प्रतिष्ठानका कमीकमजोरी, उपलब्धि, प्रकाशनका फेहरिस्त आदिका साथ सदस्यसचिव डा. तुलसीप्रसाद भट्टराईको अन्तर्वार्ता समावेश छ ।

-ऊ) छैठौँ अङ्कः नागाजुर्ृनको छैठौँ अङ्क नुवाकोटका आधुनिककालीन स्वर्गीय कवि पुण्यप्रसाद सिलवाल विशेषाङ्कको रूपमा आएको थियो, जसमा सिलवालको २०२४ सालमा प्रकाशित ‘तिम्रा आँसुका थोपाहरू’ को प्रकाशन, त्यसमाथिका समालोचना थिए ।

-ऐ) सातौँ अङ्क ःनागार्जुनको सातौँ अङ्क ‘कलम बचाऊ अभियान’ अन्तर्गत कवि पूर्णविराम विशेषाङ्कको रूपमा आयो । साजसज्जाका दृष्टिले पनि यो अङ्क आकर्षक भयो । सुरक्षाकर्मीले बिनाकारण स्रष्टाहरूलाई पक्राउ गर्ने र यातना दिने क्रममा पूर्णविराम र नवीन विभासहरू परे । उहाँहरूको रिहाइका लागि प्रतिष्ठानले सञ्चालन गरेको हस्ताक्षर सङ्कलन/विज्ञप्तिका साथै एघार साहित्यिक संस्थाका आवाज यस अङ्कमा छन् ।

-एै) आठौँ अङ्क ः नागार्जुन आठौँ अङ्क ‘बालसाहित्य विशेष’ को रूपमा आयो । यसमा बालसाहित्यको सम्भावना, चुनौती विषयक कार्यक्रम र टिप्पणी, रमेश विकलसँगको भलाकुसारी र बालपयोगी रचना छन्  । विवेक सिर्जनशील प्रकाशन प्रालिको सहकार्यमा यो अङ्कले व्यापकता पायो ।

-ओ)	नवौँ अङ्क ः यो अङ्क ‘केवलपुरे विशेष’ को रूपमा आयो । यसमा किसानलाई सचित्र बालकथामा उतारिएको छ ।

-औ)	दसौँ अङ्क ः नागार्जुन दसौैँ अङ्क ‘सञ्चारमा साहित्य विशेष’ अङ्कको रूपमा आएको छ । यसमा सञ्चार र साहित्यबीचको अन्तरसम्बन्ध गाँसिएको छ । मूल लेखको रूपमा गोरखापत्रका कार्यकारी सम्पादक विजय चालिसेको कार्यपत्र रहेको छ । यस अङ्कदेखि नागार्जुनले एक वेभपेज पनि निर्माण गरेको छ । जसको ठेगाना धधध।नभयअष्तष्भक।अom्यगचलबनबचवगल रहेको छ ।

-अं) एघारौ अङ्क ः यो अङ्क लामो प्रयत्न पछि ‘श्यामप्रसाद शर्मा विशेष’ को रूपमा प्रकाशित छ । यसमा शर्माका बारेमा विविध पक्षबाट इतिवृत्त समेट्ने प्रयास भयो ।

-अः) बाह्रौ अङ्क ः यो अङ्क संस्थाको आफ्नै ‘ छैटौ वाषिर्कोत्सव विशेष’ को रूपमा -तपाईको हातमा) प्रकाशित छ ।

-ख) साहित्यिक कार्यक्रम

यस संस्थाको अर्को सक्रियताको पाटो विभिन्न साहित्यिक कार्यक्रम र अन्तक्रिर्या कार्यक्रम हो । स्थापनाको दुई महिना नबित्दै यसले कविगोष्ठीबाट आफ्नो क्रियाकलाप सुरु गरेको हो । जसलाई सङ्क्षेपमा उललेख गरिएको छ ।

-१) बाइसधारा काव्यगोष्ठी

यो कार्यक्रम बालाजु बाइसधारामा २०५६ जेठ ८ गते गरिएको थियो  । कार्यक्रममा दुई दर्जनभन्दा बढी कविले कविता वाचन गरेर बगैँचालाई कवितामय बनाएका थिए । कार्यक्रम भानुजयन्तीको अवसर पारेर भानुको सालिकनजिकै गरिएको थियो ।

-२) प्रतिनिधि कवितावाचन तथा अन्तक्रिर्या

युवाकविका कवितावाचन तथा तिनमाथि विज्ञको टिप्पणी गर्न २०५७ साउन २८ गते आयोजना गरिएको यो कार्यक्रम प्रस्फुटन परिवारको कार्यालय -जमल) मा गरिएको थियो । जसमा चालीसको दशकपछिका विभिन्न कविका कवितामाथि त्रिवि नेपाली विभागका करणप्रसाद घिमिरे, डा. माधवप्रसाद पोखरेल, रामप्रसाद ज्ञवाली, मञ्जुल आदिले मन्तव्य प्रकट गर्नुभएको थियो  ।

-३) ँपुतली र झुसिल्कीरा’ को विमोचन

यस प्रतिष्ठानका सल्लाहकार एवम् अभियान साहित्य प्रतिष्ठानका अध्यक्ष रामप्रसाद ज्ञवालीको कविताकृति ‘पुतली र झुसल्कीरा’ को विमोचन कार्यक्रम २०५९ वैशाख २८ गते प्रज्ञाभवनमा गरियो, जसमा उल्लेख्य सहभागिता थियो ।

-४) ँफूलको लासमाथि’ अन्तक्रिर्या

युवाकवि पदम गौतमद्वारा लिखित कवितासङ्ग्रह ‘फूलको लासमाथि’ मिति २०५९। ५।१८ गते शिक्षा पत्रकार समूह, अनामनगरमा एक अन्तक्रिर्या कार्यक्रम सम्पन्न गरियो ।

-५) ँपरिवर्तित आमसञ्चार र साहित्यिक पत्रकारिता’ बारे अन्तर्सन्लाप

नागार्जुनले परिवर्तित आमसञ्चारको सन्दर्भमा साहित्यिक पत्रकारिताको खोजी गर्न २०५९ माघ ४ गते एक अन्तर्संवाद कार्यक्रमको आयोजना गर्यो  । जसले साहित्यिक पत्रकार सङ्घको पुरातनवादी तथा गैरव्यावसायिक क्रियाकलापका बारेमा आलोचनासहित मूलधारको साहित्यिक पत्रकारिता ओझेलमा परेको निस्कर्ष निकाल्यो । यसै कार्यक्रमलाई आधार मानेर रेडियो सगरमाथाले एक साहित्यिक डबली कार्यक्रम गरेको थियो ।

-६) वसन्त काव्यगोष्ठी

नागार्जुन साहित्यिक प्रतिष्ठानले नयाँ वर्ष २०६० को अवसर पारेर काठमाडौँको बानियारटार चौतारोमा एक काव्यगोष्ठी सम्पन्न गर्यो । कार्यक्रममा वाचित रचनाहरू एचबीसी एफएम ९४ को ‘जदौ’ कार्यक्रममा प्रसारण भएको थियो ।

-७) चौथो वाषिर्कोत्सव कार्यक्रम

नागार्जुनले स्थापनाको चौथो वर्षमा पहिलोपटक समारोहका साथ वाषिर्कोत्सव मनायो । कार्यक्रममा नागार्जुन वाषिर्क रचना पुरस्कार क्रमशः कमला थापा र सन्मान चेम्जोङलाई प्रदान गरियो । कार्यक्रममा प्रमुख अतिथि गोविन्द भट्टले नागार्जुनको पुण्यप्रसाद विशेषाङ्क र कवयित्री ऋचा ढुङ्गेलको कवितासङ्ग्रह ‘कविश’ को विमोचन गर्नुभयो । यो कार्यक्रम २०६० असार २७ गते सम्पन्न भएको थियो ।

-८) ँपहाड हाँस्दा पहिरो जान्छ’ को विमोचन

कवि तथा पत्रकार स्वागत नेपालकृत ‘पहाड हाँस्दा पहिरो जान्छ’ को विमोचना कार्यक्रम मिति २०६० भदौ २० गते गरियो  । कार्यक्रममा वरिष्ठ साहित्यकार निनु चापागाई प्रमुख अतिथि रहनुभएको थियो ।

-९) ँयात्राको एउटा दृश्य’ माथि अन्तक्रिर्या

कवि एवम् प्रगतिशील लेखक सङ्घका कोषाध्यक्ष मातृका पोखरेलको कविताकृति ‘यात्राको एउटा दृश्यमाथि’ मिति २०६० माघ ४ गते विश्वभाषा क्याम्पस हलमा एक अन्तर्त्रिmयात्मक कार्यक्रम गरियो  ।

-१०) विचारविमर्श तथा विमोचन

साहित्यकार विष्णु प्रभातका व्यङ्ग्य कृतिहरू ‘खुराक’, ‘खुसखुस कम्पनी’ माथि विचारविमर्श र राजेन्द्रकुमार आचार्यको ‘केन्द्रीय नेपाली शब्दकोष’ को विमोचन गर्न २०६० माघ १० गते एक कार्यक्रमको आयोजना गरियो  ।

-११) शुभ प्रभात काव्यगोष्ठी र सम्मान

५४ औँ प्रजातन्त्र दिवसको बिहानी देखि प्रतिष्ठानले २०६० फागुन ७ गते भृकुटीमण्डपको खुला चौरमा ‘शुभप्रभात कविगोष्ठी’ को सुरू गरेको हो  । हाल माघ १९ पछि मासिक रूपमा हरेक शनिबार विहान ‘मुक्तिका लागि कविताको प्रयत्न’ को उद्घोषसहित नियमित छ । सुरूको कार्यक्रममा तत्कालीन सूर्यबहादुर थापा सरकाले सहरमा दङ्गा क्षेत्र तथा निषेधितक्षेत्र घोषित गरेको अवस्थामा पनि खुलाचौरमा गरिएको सो कार्यक्रमा कवि पूर्णविरामले आफ्नो जेलजीवनबारे संस्मरण सुनाउनुभएको थियो । गोष्ठीबाट लोकतान्त्रि चेतना विस्तारमा थप टेवा पुगोस् भन्ने हेतुले यस वर्षदेखि वाचित कविताहहरू मध्ये एकलाई सम्मान गर्ने निर्णय भए अनुसार पहिलो सम्मान-२०६२ ‘विसे नगर्चीको वयानं कविताका लागि कवि श्रवण मुकारूङलाई दिइने तय भएको छ ।

-१२) बुटवलमा कार्यक्रम

नागार्जुनले आफ्ना गतिविधिलाई मोफसलमा पनि विस्तार गर्ने सोचअनुरूप बुटवल र झापामा दुई कार्यक्रम सम्पन्न भए । नागार्जुन साहित्यिक प्रतिष्ठानद्वारा बुटवलमा पहिलोपटक आयोजित गायक विनोद पछाईंको ‘लाली’ एल्बममाथि अन्तर्त्रिmया कार्यक्रममा सहभागी वक्ताले साहित्य र पत्रकारितामा जस्तै सङ्गीतमा पनि राष्ट्रियस्तरमा उठाउन सकिने औँल्याए । उनीहरूले विभिन्न सङ्गीतकर्मी तथा सञ्चारकर्मीहरूले बुटवललाई सङ्गीतको मुहान बनाउन सकिनेमा जोड दिए ।

-१३) झापामा कार्यक्रम

यस प्रतिष्ठानकी उपाध्यक्ष मायामितु न्यौपाने र सदस्य भूपेन्द्र तिमल्सिनाको संयोजनमा मिति २०६१ वैशाख ३१ गते  भापाको दमकमा एक कार्यक्रमको आयोजना गरियो । कार्यक्रम उहाँहरूको निवासमै भए पनि उल्लेख्य सहभागिता रहेको थियो । कृष्ण धरावासीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रम ‘सिर्जनात्मक भेला’ को रूपमा सञ्चालन भएको थियो ।

-ग) नियमित अन्तर्मन्थन तथा थप गतिविधि

नागार्जुन साहित्यिक प्रतिष्ठानले हरेक शुक्रबार कुनै विषयमा छलफल तथा गोष्ठी एवम् आपसी भेटघाट गर्ने कार्यको थालनी गरेको छ । जसअन्तर्गत मोती जयन्तीका अवसरमा कविगोष्ठी, प्रज्ञाप्रतिष्ठानको गठनबारे छलफल, गजल अन्तक्रिर्या, निबन्धकृति ‘पूणिर्माको रात’ माथि अन्तक्रिर्या, सञ्चारमा साहित्य विषयक गोष्ठी

-साहित्यिक पत्रकार सङ्घसँग संयुक्त), शुभकामना कविगोष्ठी -भक्तपुर साहित्य समाजसँग संयुक्त), तथा विजयादशमीलाई हेर्ने दृष्टिकोणमा बहस, प्रथम गजलकाव्य ‘कुन्ती’ माथि परिचर्चा र लक्ष्मीपूजा तथा देवकोटा जयन्तीमा पनि कार्यक्रमको आयोजना गरेको थियो । त्यसैगरी लोकतन्त्रवादी स्रष्टालाई पनि यस कार्यक्रममा भेला गराई एक भेला आयोजक समिति गठन गरिएको छ ।

क) ँसञ्चारमा साहित्य’ विशेषाङ्क विमोचित

नागार्जुन त्रैमासिकको दसौँ अङ्क -सञ्चारमा साहित्य विशेषाङ्क) गत पुस ८ गते नेपाल पत्रकार महासङ्घको सभाकक्षमा विमोचित गरियो । प्रतिष्ठानका सल्लाहकार दाहाल यज्ञनिधिले विमोचन गर्नुभएको सो कार्यक्रमको सभापतित्व महासङ्घका तत्कालीन महासचिव विष्णु निष्ठुरीले गर्नुभएको थियो । कार्यक्रममा प्रेसकाउन्सिलका सदस्य विश्वविमोहन श्रेष्ठ, साहित्यिक पत्रकार सङ्घका सभापति राधेश्याम लेकाली, राससका सम्पादक प्रमोद प्रधानले मन्तव्य प्रकट गर्नुभयो ।

-ग) उत्तरआधुनिकतावादबारे प्रवचन

नागार्जुन र अक्षर अध्ययन बिन्दुको संयुक्त आयोजनामा गत फागुन २१ गते ‘उत्तरआधुनिकतावाद के हो ?’ भन्ने विषयमा प्रवचन तथा प्रश्नत्तोर कार्यक्रम गरियो । जसमा निनु चापागाइले मुख्य प्रवचन दिनुभएको थियो ।

घ) कलम बचाऊ अभियानदेखि लोकतन्त्रवादी स्रष्टाको भेलासम्म

नागार्जुन स्वतन्त्रताका लागि पहुँचले भ्याएसम्म क्रियाशील रहेको छ । लेखेकै आधारमा कुनै स्रष्टाले सत्ता वा विद्रोहीका तर्फबाट प्रहार खेप्नुपर्ने स्थितिको अन्त्य हुनुपर्छ भन्ने प्रतिष्ठानको दृढ मान्यता रहिआएको छ । यसै सन्दर्भमा प्रजातन्त्र पुनस्र्थापनापछि विभिन्न समयमा राज्यको नियन्त्रणमा परेका प्रगतिशील कवि पूर्णविरामलाई सादा पोसाकमा आएका सुरक्षाकर्मीले गत भदौ १२ गते नियन्त्रणमा लिएपछि प्रतिष्ठानले उहाँको रिहाइका लागि भदौ २० गतेबाट हस्ताक्षर अभियान सञ्चालन गर्यो । त्यसैगरी, मिति २०६१ साल पुस २ गते यस नागार्जुन साहित्यिक प्रतिष्ठानको संयोजनमा लोकतन्त्रका पक्षधर स्रष्टाहरूको दोस्रो भेला सम्पन्न भयो । भेलाले अघिल्लो साता गठन गरेको अवधारणा तयारी समितिबाट प्रस्तुत अवधारणपत्रलाई संशोधनसहित पारित गर्यो । जसमा लोकतन्त्रको उच्चतम रूप गणतन्त्रसम्म हुने र यसमा सहमत हुने सबै सिर्जनधर्मी समेटेर ‘लोकतान्त्रिक साहित्यकार सङ्घ’ गठन गर्ने उल्लेख छ । साथै, तत्कालका लागि एघार सदस्यीय एक भेला आयोजक समिति गठन भएको छ । जसको संयोजकमा हरिगोविन्द लुइँटेल रहनुभएको छ ।

-ङ) पुण्यप्रसाद स्मृति सेवा समिति र पुस्तकालय

नागार्जुनले सातौँ अङ्कमा नुवाकोटका आधुनिककालीन कवि स्वर्गीय पुण्यप्रसाद सिलवाल विशेष सामग्री प्रकाशन गरेको थियो । सिलवालको स्मृतिका लागि प्रतिष्ठानले पुण्यप्रसाद स्मृतिकोष स्थापना गरेको हो । जसमा उहाँकी धर्मपत्नी श्रीमती सान्नानी सिलवालले नगद रु. ५००१ प्रदान गर्नुभएको छ । यसैगरी,  सरकार संस्कृति तथा पर्यटन मन्त्रालयबाट २५ हजारको अनुदान प्राप्त भएको छ । र, अन्य सहयोगको क्रम जारी छ ।

कोषले वाषिर्करूपमा सम्मान/पुरस्कार वितरण सिलवालका बाँकी पाण्डुलिपिको प्रकाशन, कविताकृतिको पुनः प्रकाशन, गीतहरूको रेकर्डिङ गर्नुका साथै उहाँको जन्मस्थल नुवाकोटको श्रीजनज्ञान निकेतन मावि थानापतिमा स्थापित पुस्तकालयको संरक्षणको लक्ष्य लिएको छ ।

-च) वाषिर्क रचना पुरस्कार

नागार्जुन त्रैमासिक नाफामूलक पत्रिका नभएकाले यसले लेखकहरूलाई हालसम्म पारिश्रमिक उपलब्ध नगराएको भए पनि लेखकहरूको सम्मानका लागि वर्षभरि छापिएका अङ्कबाट कुनै विधाका रचनालाई वाषिर्कोत्सव कार्यक्रममा वितरण गरिने यो पुरस्कारको राशि हाललाई नगद रु. १००१ र प्रमाणपत्र रहेको छ । पुरस्कारबाट पहिलोपटक पुरस्कृत हुनेहरू कमला थापा र सन्मान चेम्जोङ -स्वप्नील स्मृति रहेका छन्  भने २०६१) का लागि समालोचना विधातर्फ श्रीहरि फुँयाल र आरएम डङ्गोललाई संयुक्तरूपमा प्रदान गरियो  । यसमा शर्माका बारेमा विविध पक्षबाट इतिवृत्त समेट्ने प्रयास भयो । यसै गरी वि.सं. २०६२ का लागि जीवनी विधा तर्फ धर्मराज अधिकारीलाई यो पुरस्कार दिइने निर्णय भएको छ ।

-छ) वेभसाइट

सूचना र प्रविधिको युगसँग सँगै हिँड्ने क्रममा यस प्रतिष्ठान पनि वेभसाइटमा प्रवेश गरेको छ । प्रायः नागार्जुनका हरेक अङ्क, संस्थाका चिनारी र अन्य साहित्यिक सूचना राख्ने यसको ठेगाना धधध।नभयअष्तष्भक,अom्यगचलबनबचवगल रहेको छ ।

-ज) प्रकाशन

प्रतिष्ठानले त्रैमासिक पत्रिका प्रकाशनका अतिरिक्त अन्य कृतिको प्रकाशन कार्य पनि थालेको छ । तर प्रतिष्ठान आफैँले सम्पूर्ण लगानी गरेर त्यस्ता पुस्तक प्रकाशन गर्ने अवस्था भने छैन । जसअन्तर्गत हालसम्म डा. कविताराम श्रेष्ठको उपन्यास ‘कुकुरको कथा’, प्रकाश सिलवालको ‘क्षितिजको आशय’, विजयराज आचार्यको नाटक र जीवनी क्रमशः ‘उज्यालोको खोजीमा’ र ‘केवलपुरे किसान’, यादव थपलियाको उपन्यास ‘मृत्युचुम्बन’, र मायामितु न्यौपाने र भूपेन्द्र तिमल्सिानाको गजलकृति ‘निर्वासित चराहरू’ प्रकाशित भएका छन् । प्रतिष्ठानले प्रकाशनका लागि सदस्य लेखकहरूलाई नै प्राथमिकता दिने नीतिअनुरूप ०६२ मंसिर मसान्तभित्र आफ्ना सदस्यहरूका अन्य थप कृति प्रकाशन गर्दैछ । ती प्रकाशनमध्ये हरेक वर्षको मङ्सिर मसान्तमा एक ‘नागार्जुन वाषिर्क प्रकाशन पुरस्कार’ प्रदान गरिने निर्णय पनि संस्थाले

-झ) काव्यवाचन र छन्दलेखनकला प्रशिक्षण

नागार्जुनको आयोजनामा गत २०६१ चैत २२ देखि २०६२ वैशाख १० सम्म १५ दिने ‘काव्यवाचनकला’ कार्यक्रम सम्पन्न भयो ।  कार्यक्रममा वाचनकलाका सम्बन्धमा सैद्धान्तिक एवम् व्यावहारिक ज्ञान दिलाई कवितावाचनमा युवापुस्ताको आकर्षण र सामथ्र्य बनाउने प्रयास प्रारम्भ भएको छ । विज्ञहरूका अनुसार नेपाली वाङ्मयमा यस्तो प्रकृतिको प्रयास पहिलोपटक भएको हो । त्यसैगरी मिति २०६२ असार ५ गतेदेखि १६ गतेसम्म छन्द लेखनका प्रशिक्षण गरियो । प्रशिक्षणमा रामप्रसाद ज्ञवाली र देवी नेपालले प्रशिक्षण दिनुभएको थियो ।

कविताको गाउँमा नयाँ पँधेरो
- दाहाल यज्ञनिधि

‘बा ? पाठशाला जान्न म

इतिहास पढाइन्छ त्यहाँ, मरेका दिनहरूको ।’

हरिभक्त कटुवालको यो लघुकविता । लघुकविताको गर्भमा जोगिएको बृहत् काव्य । मैले बुझेको थिइन पहिले, अचेल धेरैतिर मानवबस्तीका कथा सुन्न मोहनी लाएको छ, यो लघुकाव्यले ।

म इतिहासको विद्यार्थी भएर एक कविताको जाँच लेख्छु । आज लेखिने कविताको उत्तरले इतिहासको सत्यसाक्ष्यमा बकपत्र गर्नेछ । बकपत्र गर्न सपथ खाइन्छ । सपथ खानेले झुठो बोले कसुरदारले पाउने सजाय पाउँछ । देखे, जाने र सुनेसम्मको बकपत्रमा बोल्न पाइन्छ । सजायको भागीदार म हुन्न भन्नेमा निर्धक्क छु । त्यसैले बकपत्र बोल्दैछु । श्रेस्तेदारले लेखे हुन्छ । यो इतिहास नाम चलेका नामुद राष्ट्रको होइन, न त पुरापुर मारिसकेर अस्तित्व नै अर्को राष्ट्रको विलयमा पुर्याइएको ‘तिब्बत सिक्किम’ जस्ताको कथा हो । हो भने मेरो, तपाईंको र हामी सबैको बस्तीविकासको कथा बोकेको नेपाल अधिराज्यको सत्य विवरण हो । मानवबस्तीमा मानव भएर चलखेल गर्न नपाएको यथार्थ छ । एक कविताको विवेचनाको निम्ति यति भूमिका बाँधेको छु । विवेचनालाई छानिएको कविताको शीर्षक हो- ‘राजकुमारी नदी’ । कविको नाम हो, सन्मान चेम्जोङ । यो कविता ‘रङ्गैरङ्गको भीर’ कविता सङ्ग्रहमा छ । ‘रङ्गैरङ्गको भीर’ कवितासङ्ग्रह नागार्जुन रचना पुरस्कार २०६० बाट पुरस्कृत स्व. स्वप्नील स्मृति-सन्मान चेम्जोङ)को कविताको सँगालोको नाम हो । वाक्यले भ्रम नपारोस्, सन्मान चेम्जोङले नै आफूलाई स्व. स्वप्नील स्मृतिमा परिणत गरी प्रयोगधर्मिता र यथार्थवादिता दुवैको आँVmलो एकै आँकुरोबाट बनाएका छन् । भीरम्ाा एक रङ्ग छरेर कुनै रूख बाँचेको देख्नुभा’छ भने त्यसमा तपाईंको चेत पुग्नु आवश्यक छ । भीरमा कठिनले जरा हालेर, क्षमताभरिको आयतन हालेर बाँचेका रूख हुन्छन् । आँकुरा दर्रिएर आँख्ला बन्छन् । कुनै आँख्लामा आधा भाग एक कलाको र आधा भाग अर्को कलाको देखिने हुन्छ । प्रयोगवादको आधारमा इतिहासको यथार्थ भन्न कविले यो शैली समातेका छन् । शैली विज्ञानको समालोचना गर्नेले रङ्गैरङ्गको भीर कविता सँगालोमा किराँतकुलको ‘यूमा’ शाखामा संस्करण भएका एक-एक शब्दको निर्वचन दिएर गरेछन् भने त्यो बेग्लै खलो छ । खलाभरि अन्नको दाँइ गर्ने किसानले जोहो गरेको सहसरहको सांस्कृतिक सह यहाँ पनि छ । एक मानवीय वाक्य छ- ‘तिमी संस्कृतिबिनाको भाषा बोल्न सक्तछौ, जो चराहरू बोल्छन् तर भाषाबिनाको संस्कृति बोल्न सक्तैनौ, जो मानवहरू बोल्छन्’ । एउटा ‘हङसिङ’ च्याबु्रङ भएर बज्दैछ ।

यो समीक्षा जो पढ्दै हुनुहुन्छ, तपाइर्ंलाई थाहा हुनुपर्यो । काठमाडौं अधिराज्य लिम्बूको राजधानी हो । यसमा मनोहर उपत्यका छ । आनुवंशीय भाषा ‘फाकसेरा’ छ । यो उपत्यका आवादीका बारेमा सबै जातले   सकेसम्म आफ्नो जातको पुर्खाको आवादी हो भन्ने ठाउँ खोजेका छन् । गोपालवंशी शब्द कतै लेखिएको छ । गोपालवंशीका कारणले यादवहरूले आवाद गरेकोमा दुईमत हुनुहुँदैन भन्दछन् हाम्रो देशका यदुवंशी/कृष्णवंशीहरू । महीषपालशब्द कृष्णवंशीको पर्याय हो । नेवारी समूहमा धौभडेल थर यहीँबाट पसेको हो । कृष्णवंशीले गाईपालनको अंश नपुगेकालाई भैँसी पालकको भागमा राखेका छन् । आभीर, अहिरहरूको प्राचीनताबाट हेर्दा र पशुपतिको उत्पत्त्ािको कथासमेत गाँस्दा गोपालवंशी नै नेपाल आवादकर्ता हुन् । आजको युगमा ती विदेहगण राज्यमा अधिक छन् । वैदिकहरूसँग गाँसिएको जातिले पजनी गरेको भनेर बौद्ध धर्मले इतिहासमा ठाउँ दिएन । बौद्धधर्म ग्रहण गरेका मध्ये तौलिहवातर्फका शाक्यगण राज्यबाट आएकाले आवाद गरेका भनेमा बल नपुग्ने ठानेर तिब्ब्ाततर्फबाट आएको जातिले पजनी गरेको भन्यो भने भरपर्दो हुने अनुमानमा ‘मञ्जुश्री’ ले पानी हत्याको पजनी गरे भन्ने लेखे । यसरी नै शंकराचायको दिग्विजयको कथा थप्न मन लाग्यो । एकतिर वैदिकलाई भने अर्कोतिर लामावादी । बौद्धधर्मबाहेकका भिक्षुवादी वबौद्धधर्मको विजयका कथा बनाएर थप्न मन लाग्यो । बौद्धिस्ट इतिहासकारलाई कुरो जताबाट घुमाए पनि विदेहगण राज्यमा स्थापित ‘जनक सभ्यता’ ले एकतर्फ घचेट्यो भने अर्कोतर्फ शाक्यगण राज्यबाट उत्प्रेरित बौद्ध सभ्यताले ठेल्यो । बीचैमा थिए, किराँतहरू । यिनीहरू पूर्वोत्तर प्रदेशबाट नै नेपाल पसेका थिए, तापनि कोसी सभ्यता कायम गरिसकेका थिए । सप्तकोसी किनाराको औत -किराँत) जातिको बेग्लो वैभवशाली बस्ती पूर्वी नेपालमा अकण्टक थियो । उपत्यकामा चौँरीगाई पाल्ने जाति पसेर सानो पुच्छर भएको गाई पाल्ने र भैंसी पाल्ने समेतलाई बाहिर्याएको थाहा पाए, किराँतले । उत्तरबाट पस्नेेले दक्षिणबाट पस्नेलाई दक्षिणतिर धपाउनै लाग्दा पूर्वबाट पसे ‘तागेरा निङ्वा फूमाङ्’ का सन्ततिहरू । ‘तागेरा निङ्वा फुमाङ्’ आम किराँत जातिका कुलपुर्खा हुन् । यिनी आज भारततर्फ

‘ब्रह्मसूत्र’ लाउनेले व्याख्या गरेका ‘निलग्रीव’ भन्दा फरक छन् । तर धनुविद्याको कौशल दुवैतर्फ छ । धनुविद्याको परम्परा लडाइँका लागि पुरानो हो । आयुधप्रक्षेपणमार्फत् उत्तरलाई उत्तरैतिर र दक्षिणलाई दक्षिणैतिर खेद्न सफल भए किराँतहरू । राज्य बसाले वाग्मतीको किनार उपत्यका काठमाडौंमा पनि । यस उपत्यकाभित्र किराँतका निसा, दशीमा शिवपुरी, बूढानीलकण्ठ र किराँतेश्वर -मृगस्थली अझै पनि छँदैछन् । पछि, वैष्णवमध्येका वैष्णवहरूले यिनलाई फेरि धपाए उपत्यकाबाट । लिच्छवि भनेका समुद्री देवता विष्णुलाई इष्ट मान्नेहरू हुन्, जसका अवशेषहरू चार नारायणमा छँदैछन् ।  फेरि, कोसी किनारामै मात्र वल्लो किराँत, माझ किराँत र पल्लो किराँत गरी तीन कित्तामा मूलतः तीन शैलीबाटै इष्ट देव-देवी थान थपना राखी यिनीहरूले वंश विस्तार गरिरहे । समयको चत्रवात चलिरहयो । सिकार खेलेर बँदेल खाने किराँतहरूका पुर्खा वैदिक कालमै अलिखव छन् । ‘विज्यञ्धनु कपर्दिनो’ ऋचांश वेदमा छ । चिम्रा आँखा हुनु र दाह्रीजुँगा नपलाउनुको आधारमा मङ्गोलमुनी भनेर आजसम्म भने पनि र भए पनि दक्षिणात्य आगमनका जातिले ल्याएको आर्य चिन्तनमा पनि गाँसिदै- मिसिँदै पुख्यौली प्राकततासमेत नछाड्दै गरेको राज्य विस्तार फेरि खुम्चियो । यता, जनक सभ्यतामा ‘रामपन्थी’ वैदिक बनिसकेका थिए । रामपन्थी वैदिकसमेतको सहारा लिएर ग्वाला वैदिकहरू वैष्णव बनेका थिए । ग्वाला वैदिकमध्येबाट राजकीय ओहदा कायम गर्नेहरू लिच्छवि हुन् । लिच्छवि र किराँतका मुडभेड हुँदा किराँतले फेरि कोसी प्रदेशतर्फ नै फर्किनुपर्यो । लडाका-लडाका, शूर-वीरहरूको जत्था मात्र उपत्यकाबाट बाहिरियो । केही जोर आत्मसमर्पणवादी, अवसरवादी किराँतहरू उपत्यकामा नै रहिरहे । जसलाई लिच्छविले भुईं जोताइरहे । तिनै किसानहरू नेवार सभ्यतामा पछि ‘ज्यापु’ भनिए । यसरी फाकसेरामा उपत्यका काठमाडौं  यस पूर्वको आजको ऐतिहासिकता हिँडेको छ । यक्षमल्लको एकीकरण अभियानसम्म्ा आइपुग्दा करिब पच्चीस सय वर्षको विगत उस्तो छ । एकीकरणको झस्का मल्लकालमा यक्षमल्लले दिएका थिए । यो थाहा पाएका पृथ्वीनारायणले ससुरालमा सेन जेठानले अपमान गराएपछि तरबार साँद लगाए । त्यो  साँदले वैदिककै वणर्ाश्रम व्यवस्थालाई आधार बनाएर राज्य चलायो । त्यसो त नेवार राजाले पनि रक्सी र राँगा खाने वैदिक नै तयार गरेर वणर्ाश्रम व्यवस्थाकै राज्य चालु राखिरहेथे । नेपाल अधिराज्यको भूगोल एकीकरणपछि एघारपुस्ते शाहवंशको जप-पाठ-बुर्की-बलिमै नेपालको ब्रह्मस्व खर्चिएको खर्चिएै, दिन ढलेको ढल्यै छन् । उसमाथि नरभूपाल शाहभन्दा अघिका गोर्खा-लमजुङका शाहहरू जन्माउने पाठेघरका उपाख्यानमा मात्र आमनेपालीको बुद्धि खनियो र त्यति मात्रै तुरियो । यावत् नेपालका आवादका नाली दिन कोहीकतैबाट लागिहाल्यो भने शाहीगणको गोर्खेलौरीका मारमा परिहाल्छ । यो दुर्दशाको समूह मनोज्ञानमा २००७ सालले अलिकति उघारेको फब्ल्याँटोलाई २०४७ सालले अलि घक्र्याएको छ । र, बहुदलवादी चेतनाको आधारमा आफ्नो नेतृत्वको भेट्नू समाउन जम्जमाएको छ, समकालीन चेतना । हो, यस नरनाताको पुर्खावादमा जन्मिएकोे छ ‘राजकुमारी नदी’ ।

किराँत पुर्खाको आदिम माता ‘मुजिङ्ना खेयोङ्ना’ को उदयदेखि सन्मान चेम्जोङको पुस्तासम्म्ा अनन्तकालदेखिको ‘किरुवा घराना’ को आर्तनाद, अस्मिता कैरन्, स्वत्व पहिचानमा समकालीन जातीय कविहरू बगुन्द्र लागेका छन् । यिनीहरूले कतै आफूलाई आदिवासी भनेका छन्, कतै जनजाति भनेका छन् र कतैभने अल्पसङ्ख्यक, अनि कतै त खसेतर जाति पनि भनेका छन् । यहाँनेर ‘नीलो मह’ का कवि आदरणीय वैरागी काइँलाको वैचारिक काव्यधार ‘मातेको मान्छेको भाषण मध्यरातको सडकमा’ समेतलाई साक्षी राख्न किमार्थ भुल्नुहँुदैन । विचारप्रधान काव्यका स्रष्टा र लोकतन्त्रवादी ‘काँल्दाइ’ बुढेसकालमा पुर्खावादको आवादीमा पसे । उहाँलेे पुर्खावादको जिप्टी समाउन थाल्दा शासक जातमा शाह राजा र शासित जातमा अन्य जातका खैलाबैलाले समय खाइसकेको छ । यो गरिब अधिराज्यको सत्ताभोगमा कथित् मूलधार रक्षित छ । यो कथित् मूलधारले तयार पारेका किराँत पुर्खाहरूबाट कसैलाई लिइएको छैन । अरू लाभहानिका कथा लेखी साध्य छैन । हो, यहाँनेर विचारणीय छन्, हाम्रा देशका तमाम जात-उपजात । अल्पसङ्ख्यक राजा शाहहरूले ‘होमेडोमे’ संस्कृतिलाई समातेर राज्य गरेकाले भाषाको भुमरीमा पनि यदाकदा आक्रोश गाँसिँदैछन् । एकतिर, होमेडोमेको संस्कृतिको भाषाले मात्र ठाउँ लिएको अवस्था छ र अर्कोतर्फ निजत्वको जगेर्नामा नै रोक लगाउने निरंकुश बर्बर राज्य परिपाटी छ । बहुस बेगरको सत्तापरक त्रासदीले ज्यादै नै कुण्ठित बनायो, नेपाली जातिलाई । विश्वको मानचित्र पढेर परीक्षा लेखेपछि आजको सदीमा निजत्वको खोजी गर्नुलाई उदेक मान्नुपर्दैन । त्यसो त ‘मतवाली कवि’ लाई मात्र कुण्ठित बनाएको होइन शाहसत्ताले । ‘तागाधारी’ मिथिला सभ्यता सिङ्गैलाई उत्तिकै कुण्ठित बनाएको उदाहरण यहीँ छ । शाहसत्ताको गाउँमा कुण्ठित नभएको नेवार मात्र हो । शाहसत्ता नेवार सभ्यतासँग खड्ग साट्छ र कुमारीका हातको टीका थाप्छ । यद्यपि, बौद्ध नेवार सभ्यतालाई गोडाको पानी पियाउँछ । त्यसो त, खस बाहुनलाई कात्तो खुवाएर जातच्युत गरी आफूलाई विजेता बनाउँछ । ‘माथ्लो’ घोषित गर्छ । यतिविघ्न विनासकारी राज्यसत्ता छ । यसले समुच्चा मानव बस्तीमा विघ्नैविघ्न र विनासै विनास मात्र गर्यो । त्यसैले हाम्रो सर्वनास भयो । हेर्दैजाँदा र गन्दैल्याउँदा खाली वैदिक जातिको अर्को नमुना हाम्रो देशमा छ, त्यो हो रजवंशी जाति र कोचिला थारूहरूको ‘ठाकुर’ सभ्यता । शाह राजाको राजसत्ताले ठाकुर ठाकुरायन सभ्यतालाई पनि सांस्कृतिक पात्रत्व प्रदान गरेको छैन । सरदर नमुना उदाहरण मात्र यी हुन् । मधेशका तागाधारी गलाएर सतार मुसहर बनाइएका र पहाडका मतवाली गलाएर कुलुङ, खालिङ, नाक्छिरिङ बनाइएका अछूतका विभेदसम्मका अमानवीय र असभ्यता । यो भूप्रदेशका प्राप्ति छँदैथिए । गलित खस तागाधारीका कामी, दमाइर्ं, सार्की, चमार, डोम, कपाली, नकर्मी, कुसुलेजस्ता दर्दनाक पीडा बोकेका तमाम जाति हाम्रै बीचमा छन् नै । शक्तिको उन्मादका पछि लागेका वाक्य वा हरफ या भजन भाटगान कविता होइन । त्यही भनिरहेछ, आजको समकालीन कवित्व ।

चेत नै हराएर विचेत बसेको एक स्थापित सभ्यताको किराँत जाति कहाँनेर छ भन्न्ोमा लागेको एक हुल कविता जमात । जसराज किराँती र विष्णु राईजस्तो, इन्द्रबहादुर-शिव राईजस्तो सार्वभौम भाषा प्रयोगकर्ताभन्दा फरक भएर आयो, आजको किराँत जमात । काव्यधारबाट आएको यस जमातमा श्रवण मुकारुङ, भूपाल राई र राजन मुकारुङले बढी सचेतता थपेको आजको अवस्था छ । स्वत्व विनिर्माणको घेरा बन्दै थियो । धर्मेन्द्रविक्रम नेम्वाङले नेतृत्व नै गर्ने तर्क राखेर घोषणा गरे, रङ्गवादको । यतिञ्जेल विद्रोहको आवाज मात्र भन्न मिल्ने स्थिति थियो । उता, विज्ञानसम्म्ात समाजको खोज गर्ने विश्वव्यापी वामपन्थ चेतले घचेटेथ्यो र समताको सूत्रसुक्तिको खोज थियो । यसअघि भूपाल राईसम्मको कविताको अविर्भावसम्ममा भने ‘सृजनशील अराजकता’ को घोषणापछि बढी सतर्कतासाथ सन्तुलनको र समकक्षी मर्यादाको हाउभाउ राख्ने होसियारी बोकेर आएको छ, रङ्गवाद । हो, यसै परिवेशको पहिलो उद्घाटन हो- ‘रङ्गैरङ्गको भीर’ । डा. गोविन्दराज भट्टराईले लेख्नुभएको हृदयदेखिको भुल्भुलाहटको भूमिकाले बताएको छ, सुँगुर निद्राबाट ब्युँझियो अब किराँत कवि ।

पहिला जागा थियो, बीचमा निदायो र अब फेरि जाग्यो, नेपालको किराँत बच्चो । यसैगरी नेपालको एकएक बच्चो उन्नत चेतचिमर लिएर जागेछ भने बज्रहतियारले हिर्काउनेछ ‘सुँुगुर सभ्यतालाई’ । सुँगुर सभ्यता हिर्काएर मारेपछि मानवसभ्यता हल्किनेछ । मारिएको सुँगुर सभ्यता मल हाल्नका लागि काम लाग्नेछ । त्यसो त यो -अन्य समेत) किराँत बच्चोले भाषाको ‘खेक्चुरी’ पनि लोभैले लिम्बू मुखको नै प्रयोग गरी लेख्न सक्थ्यो । उसले साहित्यिक मातृभाषाचाहिँ खस नेपाली नै बनाइदियो । म आफू खस मातृभाषीको सन्तान भएकाले उपद्रो गुन मानेर आरती उचालेको छु । पछिपछि गएर राष्ट्रभाषा भनिएको सम्पर्क भाषा खस नेपाली छाडेर राष्ट्रिय भाषा भनिएको लिम्बू भाषामा नै ‘पक्कन्दी’ गाउन थालेछ भने पनि मैले चित्त दुखाउने छुइन र होइन पनि । आजका दिनमा मैले पढ्न नपाएका मेरो देश बन्धुका अनेकन् गाथा पढ्न मलाई मेरै मातृभाषामा दिइयो । यसलाई दिलोज्यानले माया गर्नु र जतनले फूलपाती लाइदिएर स्वागत गर्नु नितान्त मेरो कुलीन कर्तव्य हो । यस देशमा रङ्गहरू बग्दैछन् । भाषाका रङ्ग, धर्मका रङ्ग, छालाका रङ्ग, सोचका रङ्ग, घातका रङ्ग, विचारका रङ्ग र हुँदाहुँदा ममताका रङ्गहरू छन् । तर सम्म मैदानमा परिणत हुनुपर्ने रङ्गहरू भीरै भीर बने । यी भीर फुटाएर, कपेर, भत्काएर बिगार्दिनुपर्यो । नयाँ बिरौटा, गरा, टारमा सुविधाको बस्ती बन्नुपर्छ । आत्मीय छिमेकीको बस्तीमा एकएक मितेरी साइनो लाग्नेछ । हरेक मितेरी साइनोको आप्रभाउ राख्ने ‘सेवारो’ को सम्बोधनले उन्नत मानव सभ्यताको चुमलुङ बस्नेछ । यसो भनीकन स्वप्नील स्मृतिलाई स्वर्गीय सोचको जदौ गर्दैछु, तपाईंको ।

‘डँढेल्नो भाँच्चिने भारी शताब्दीहरू किनारै किनार हिँडिरहेछु’ को बर्ताउ भाषाको सम्बोधन सुनुवाइ भन गणतन्त्रात्मक राज्य विधानको जनअदालतमा मात्र हुन्छ है, भाइ सन्मान ?

हाम्रा कविताका गाउँहरू धेरै खाले छन् । ती सबै गाउँहरूलाई एकएक पँधेरोको आवश्यकता छ । सबै पँधेरोमा तिर्खा मेट्न जाँदा असीम आनन्द हुन्छ र नुहाउँदा पनि झनै हलुङ्गो आङले काम गर्न सकिन्छ । हाम्रा कविताको गाउँमा ल्याइदिनुभएको यो नयाँ पँधेरोमा म जीवनभरि नुहाउनेछु । पानी अचाउनेछु । तिर्खा मेटाउनेछु । जप गर्नेछु । सञ्जय जगाउनेछु । कति त कट्कटिएको मयल पनि पँधेरोकै ढुङ्गामा पछार्नेछु  पनि । बगिरहने पँधेराको पानी धमिलिन नदिन र फोहोर गर्न नदिन एउटा नाग नै थापेर पूजा चलाउनेछु । बिगार गर्नेलाई त्यही नागले डस्ने सूचना आजै टाँसेको छु ।

‘उहिलेउहिले गायिका नदीहरू, नाच्थ्यौँसँगै हामी, चरा, पुतली र फूलहरू’।

काठमाडौं यात्रा : साहित्यिक विवाह
- कृष्ण धरावासी

नयाझ्बर्ष द्दण्टद्द वैशाखको यस बर्षको का७मा०८ौं यात्रामा नयाझ्खाले नै रमाईलो अनुभव गरें । बर्षमा सरदर एकपल्६ का७मा०८ौं पुग्ने म, त्यहाझ् हुने त्यसबेलाका बिभिन्न साहित्यिक भे६३ा६ र समारोहहरुमा ब९ी नै समय खर्चिने गर्५ु । धेरै साहित्यिक मित्रहरुसंग भे६हुने भनेको साहित्यिक जम३६हरु नै हो । साना साना तर उल्लेख्य कार्यक्रमहरुमा सहभागी हुन पाएको थिए । नेपाल राजकीय प्र१ा प्रतिष्७ानको गद्य बिभागले आयोजना गरेको कथा परिचर्चा गोष्७ी मा भागलिन पाएको थिएझ् । किसन थापा अधिरको कथा सम्वन्धि महत्वपूर्०ा कार्यपत्र प्रस्तुत भएको थियो, जसले नेपाली कथाको बिभिन्न चर०ाको अध्ययन गर्दै उत्तर आधुनिकताको वर्तमान काललाई राम्रैसंग केलाउने प्रयत्न गरेको थियो । भीष्म उप्रेतीको समुद्रसंग सम्वन्धित कविताहरुको जापानी अनुवादको विमोचनको कार्यक्रममा जान पाइयो ।

अनौपचारिक गफगाफहरु धेरैसंग गर्न पांए । कृष्०ा बरालको उपन्यास अवतर०ाको विमोचन गर्ने तयारीमा पनि थियौ हामी । यस्तै समारोहहरुमा भे६३ा६ गर्दै निम्तापनि संगसंगै वां८्दै थियौं । साहित्यिक गतिविधि र सम्पर्कका लागि का७मा०८ौंको सुगमता सधै आरिस लागिरहन्५ हामी वाहिरियालाई । का७मा०८ौंमा नंया नंया पाराले कार्यक्रमहरु आयोजना भइरहेका समाचार प९िरहन्५ौं पनि यतै बसेका हामीहरु ।

नागार्जुन साहित्यिक प्रतिष्७ानका मित्र प्रकाश सिलवाल/मायामितुले ५ुट्टा ५ुट्टृै भे६मा एउ६ा रमाइलो र अनौ७ो कार्यक्रमका लागि निम्ता दिनु भएको थियो बैसाख द्दज्ञ गते नेपाल पर्य६न बोर्८मा आयोजित त्यो कार्यक्रम थियो एउ६ा साहित्यिक विवाहको । अर्थात यादव थपलिया र गंगा खतिव८ाका बीच एउ६ा औपचारिक विवाह गर्नु थियो तर परम्परागत वैदिक विधिले होइन, आधुनिक नंया शैलीले । कस्तो हुन्५ त्यस्तो विहे ? भन्ने लागिरहेको थियो ।

समयभन्दा केही ९िलो गरी पुग्यौं कृष्०ा बराल र म । विवाहको कार्य प्रारम्भ भइसकेको थियो । मेचमा कविवर माधवप्रसाद ३िमिरे देखि लिएर नेपाली साहित्यका विशिष्६ व्यक्तिहरुको उपस्थिति थियो । बेहुलीका आमा बुवाहरु तथा अन्य अतिथिहरुका बीचमा बेहुलीले बेहुला४ारा लिखित उपन्यास मृत्युचुम्बन कृतिको विमोचन गरी विवाह सम्पन्न गरिएको थियो ।

विवाहका चिन्हहरु सिन्दुर लगाउने, औं७ी सा६्ने कामहरु भए । ताली बजे शुभकामना आदान प्रदान भए । कविवर माधव ३िमिरेले ब८ा रमाइलो शैलीमा शुभकामना दिनु भएको थियो । केही कुरा बोल्न पांए मैलेपनि । लेखक, साहित्यकारहरुले समाजमा कुनै कुरालाई स्थापित गर्न उदाहर०ाीय बन्नु पर्ने कति चर्चाहरु भइरहन्५न् नै । यो विहेको राम्रो सन्देश थियो त्यो । अर्थात मलाई यो रमाइलो र खुशी लाग्दो कार्यक्रममा पुग्न पाएको आनन्द लागेको थियो ।

त्यो विहे देख्दा एकबर्ष अ३िको यस्तै एउ६ा रमाइलो स्मर०ा भएको थियो मलाई । भुपेन्द्र तिम्सिना र मायामितु न्यौपानेलाई झापाबा६ का७मा०८ौं विदाइ गर्ने क्रममा दमकका साथीहरु -प्रकाश आ८ङदेम्बे, धनकु६े कान्५ाहरु) ले एउ६ा कार्यक्रमको आयोजना गरेको थिए त्यो दिन । यी दुवैको विवाह भएको बर्षे खुशियाली । कविगोष्७ी भएको थियो र धेरै शुभकामना आदान प्रदान भएका थिए । दुवै पत्रकार, दुवै कवि पनि । उनीहरुको जो८ी हामी झापालीलाई साह्र्ै मन परेको थियो । मैले बहिनी मायामितुलाई एकदिन सोधेको थिए । विहेभन्दा अ३ि चिनजान, भे६३ा६, मायापिर्ती केही भएको थियो थिएन ? उनले हास्दै काव्यात्क र औपन्यासिक तथा मुक्त सोचका सहजै उत्तरहरु दिइन् ।

का७मा०८ौंको यस साहित्यिक विवाहले हाम्रा झापाली साहित्यिक जो८ी भुपेन्द्र तिमसिना र मांयामितु न्यौपानेलाई झलझली संझायो तर उनीहरु दुवैजना नै त्यो विवाह समारोहको आयोजक संस्थाका सदस्य पनि थिए ।

केही दिनअ३ि भुपेन्द्र ३र आंउदा नागार्जुनकै प्रकाशन गजलको किताव ल्याएर दिंए । मायामितु र भुपेन्द्रको संयुक्त संग्रह थियो त्यो । दुवैले जुवारी पनि खेलेका ५न गजलमा । साहित्यिक रुचि समान भएका युवा युवतीहरुको वैवाहिक जीवन र मेलमिलाप देख्दा खुशी लागेको थियो । लेखकहरुले पनि जीवनलाई नै प्रयोग गर्न सकेर नंया चेतना दिन खोजेका जस्तो बुंझे ।

का७मा०८ौं यस पालिको यात्रा मलाई अनौ७ो र रमाइलो लागेको थियो । साहित्यिक जो८ीहरुले अरुलाई पनि जो८ी बन्ने हौसला ब९ाएका थिए । बांच्न सजिलो र सुखपुर्०ा बनाउन सकिरहेका थिए उनीहरुले ।

(इमेलबाT प्राप्त)

काव्यवाचनकला प्रशिक्षण : एक टिपोट
- नर्मदेश्वरी सत्याल

विश्वमै परम्परागत हिसाबमा पुस्तौँदेखि कवि, कविता र वाचनकला एकापसमा पुरकका रूपमा परिचित छन् । यति हुँदाहुँदै पनि यी तिनमा देखिने पृथकता आजसम्म खुलदुलीकै विषय बनेर अघिबढिरहेको छ । यसै सन्दर्भमा कवि, कविता र वाचनलाई एकसाथ अघिबढाउनुपर्छ भन्ने उद्देश्य लिएर केही देशले प्रशिक्षण र प्रतिस्पर्धाद्वारा प्रयास गरेका प्रमाणहरू जुटाउन सकिन्छ तर हाम्रो देशमा भने बेलामौका कवितावाचन प्रतिस्पर्धाका रूपमा गरिने गरेका भए पनि संस्थागतरूपमा प्रशिक्षण दिने गरेको देखिँदैन । यसको अर्थ कविता पढिँदै पढिँदैन भन्न खोजिएको होइन । स्वेच्छाले वा पाठयक्रममा निर्देशित कविता पठन त हुन्छन्, तर वाचन गर्ने उद्देश्यले खासै वक्ता र श्रोताबीचको तादात्म्य स्वीकारिएको हुँदैन । मावि कक्षामा कविताको सामान्य परिचयसँगै पद्य कवितामा गति, यति मिलाई लयबद्ध गाउन लगाउने प्रयत्न आंशिकरूपमा भए पनि गरिएको छ । यसको अलावा गद्यकविता केकसरी वाचन गर्नुपर्छ भनी मापदण्ड निक्र्योल गरिएको पाइँदैन ।

प्राचीन समयदेखि नै विषेश महत्त्व पाउँदै आएको कविता विधाले अत्याधुनिक समयमा आरोप-प्रत्यारोप पनि खेप्नुपरिरहेको छ । पद्यकवितामा पाइने कवित्व शक्तिलाई मारेर भजनतिर मोडिनाले काल्पनिक संसारको स्थापना भई कविताको महत्त्वमाथि ह्रास आउन थाल्यो भने गद्यकवितामा विवरणात्मक बनी निबन्धात्मक प्रस्तुतिमा लेखिनपुग्दा गद्यकवितातिर वितृष्णा पैदा हुन थाल्यो । परिणामस्वरूप कविताले बढीभन्दा बढी जनमानसमा प्रभावकारी छाप लगाउन सकिरहेको छैन । अझसम्म पद्यकविले गद्यकविलाई कवि नठान्नु र गद्यकविले पद्यकविलाई छन्दे भन्नु बिडम्बना हो । हामी वाक्यांशमा रूपमा लिखित र वाचित अभिव्यक्तिलाई पनि कविताका श्रेणीमा श्रेणीबद्ध गर्दै आएका छौँ । किनभने उक्त वाक्यांशले गद्यरूपबाट अलग्गिएर कवितांशको जातीय रूप धारण गर्नपुगेका हुन्छन् । यसले गर्दा स्वयम् कवि पनि रणभुल्लमा अलमल्लिएका छन् ।

कविता कविता नै भएर उभिनुपर्ने हो, कविता, अकविता भएर उभिएका प्रशस्त उदाहरण प्रस्तुत गर्न सकिन्छ । प्रथमतः कविता र अकविता छुटयाउने आधार भनेको कवित्वशक्ति नै हो र यो वाचनकलासँग अन्तरसम्बन्धित भएर जीवित बन्छ । अतः वाचनकला कविताको मुटु हो भने लेखनकला फोक्सो र कवि शरीर हो ।

कवि, कविता र वाचनकलाको घनिष्ठता केलाउने उद्देश्यले नेपाली पृष्ठभूमिमा संस्थागत प्रयास गरी नागार्जुन साहित्य प्रतिष्ठानले कलासम्बन्धी पहिलो थालनी गरेको छ । सम्भवतः यो नै काव्यिक वाचनकलासम्बन्धी पहिलो थालनी हो भन्ने लाग्छ । गत ०६१/१२/२२ देखि ०६२/०१/०९ सम्म १५ दिन करिब दुई घण्टाको समयावधिमा अग्रजकवि र नयाँ कविबीच दाहालको दैलो, अनामनगरमा प्रशिक्षण एवम् अन्तर्त्रिmयात्मक कार्यक्रम सञ्चालन गरियो । उक्त कार्यक्रममा दिनहुँ एक कविलाई प्रतिनिधिकविका रूपमा छनोट गरी कवितावाचन गर्न लगाउने र अन्य कविको सुन्न लगाउनेसाथै अनुकरण र मौलिकतासम्बन्धी चर्चा-परिचर्चा चलाई कविको स्वेच्छिक अभिव्यक्तिलाई महत्त्व दिनुपर्ने कुरामा जोड दिइयो । चाहे कविता गद्यलयमा वाचित होस्, चाहे पद्यमा होस्, कवित्वशक्ति छैन भने त्यो कविताको श्रोतालाई आकर्षण गर्न सक्दैन । कवितामा प्रयुक्त भाव र अन्तरलयलाई कविले उद्घाटित गर्न सक्नुपर्छ भन्ने कुराप्रति कवि सचेत हुनुपर्छ भन्दै उपस्थित कवि तथा गीतकारले आ-आफ्ना विचार व्यक्त गर्नुभएको थियो ।

प्रतिष्ठानका सल्लाहकार यज्ञनिधि दाहालले कार्यक्रमको उद्देश्य, महत्त्व र प्रकृतिबारे जानकारी दिनुभएको थियो । कार्यक्रमको उद्देश्यलाई सीमाङ्कन गरी अन्य आमन्त्रित व्यक्तिहरूले स्वदेशी तथा विदेशी कवि एवम् सङ्गीतकारसँग उठबस गर्दाका अनुभव र निर्णयबारे जानकारी गराउँदै आँउदा दिनमा नेपालले पालन गर्नुपर्ने दायित्वसम्बन्धी सुझाव दिनुभयो ।

छन्दकवितामा छुट्टै -निजत्व) शैलीको निर्माण गर्न सफल कवि रामप्रसाद ज्ञवालीले कवितावाचन गर्दा भावअनुरूप वाचन गर्नुपर्ने र अभिनयमा जोड दिनुपर्ने कुरा व्यक्त गर्नुभयो । अर्का छन्दकविताका प्रखर युवाकवि देवी नेपालले छन्दकविताका लयको प्राधान्य रहनेहुँदा गति, यति ख्याल गर्नुपर्ने, कवितावाचनमा अनुकरणको विशेष भूमिका रहने, स्वयम् गुनगुनाहटमा पनि वर्णमात्रिक छन्दका लय टिप्न सकिने विचार अघिसार्नुभयो । त्यस्तै, गरेर मधुर स्वरका धनी भूवनहरि सिग्देलले पद्यकविताको शास्त्रीय नियममा बाँधिएर आ-आफ्नो शैली निर्माण गर्न सकिन्छ भन्दै निजी ध्वनिद्वारा श्रोतालाई आकर्षण गर्न सक्षम देखिनुभएको थियो ।

कवितामा सङ्गीत हुन्छ । रवीन्द्रनाथ टेगौरका कवितामा सङ्गीत गुञ्जिएका कारण काव्यात्मक लयमा पनि सङ्गीत भर्ने काम गरियो र ‘रवीन्द्र सङ्गीत’ नाम दिइयो । गायिका लोचन भट्टराईले कविता र गीत एकापसमा अन्तरसम्बन्धित हुन्छन् भनी कवितालाई सङ्गीतात्मक लयमा वाचन गरी नमुना प्रस्तुत गर्नुभएको थियो । उत्कृष्ट कविताको छनोट गरी अडियोभिडियोको जमानामा कवितालाई मूर्त बनाउन भिजियोलाइज गर्न सक्नुपर्छ भनी नेपाली कवितालाई जीवन्त बनाउँदै नेपालको छवि उचो राख्न राष्ट्रले पहल गर्नुपर्ने विचार भट्टराईले प्रस्तुत गर्नुभयो । कवि मोमिला जोशीले कवितामा विचार र भावना हुन्छ, विचारले मस्तिष्क पगाल्छ र भावले अन्तरहृदय गाल्छ । यही भएर नै कवितालाई प्रभावपूर्ण ढङ्गले गाउन सक्नुपर्छ । उहाँको भनाइ थियो, ‘गाउनुअघि कविताको भावमय पोखरीमा चुर्लुम्म डुब्न सक्नुपर्छ र मात्र अरूका पनि कविता गाउन सकिन्छ ।’ गायक रामकृष्ण ढकालले कवितालाई रसअनुसार अर्थात् शाब्दिक ध्वनिअनुसार वाचन गर्नुपर्ने, हलुका अभिनयको प्राधान्य रहने कुरा स्पष्ट पार्नुभयो । अन्त्यमा काव्यिक व्यक्तिहरूले हृदयको भुल्भुलाहट काव्य र सङ्गीत दुवैमा एकैसाथ बहन्छ भन्ने निस्कर्ष निकाली आ-आफ्नो गलाको पारख पस्कनुभयो ।

कवितावाचनकै सन्दर्भमा श्रीहरि फँुयाल, विप्लव ढकाल, कृष्ण शाह यात्री, चटयाङ मास्टरबाट विभिन्न विचार र अनुभव पृष्ठपोषणका रूपमा प्राप्त भयो । कक्षाकोठामा अनुभव साटासाट, छलफल र अन्तर्त्रिmयात्मक पद्धतिद्वारा कवितावाचनकलाका नमुना प्रस्त्ाुत गरिए । मञ्जुल र तुलसी दिवसका अनुसार निम्न कुरा व्यक्त भए- भमषाको सर्वश्रेष्ठ अभिव्यक्तिको रूपमा कविता रहेको हुँदा वाचनका लागि प्रशिक्षण दिनुपर्ने, असल श्रोता बन्न सक्नुपर्ने, कला, विचार र गलाको समन्वय भए मात्र कविता प्रभावकारी बन्नसक्छ भन्ने मञ्जुलको भनाइ रहयो । तुलसी मेहरले आजभोलि कविता मौनधर्मी भएको र बुझाउन विचारयुक्त वाचन गरिनुपर्ने, कविता विधालाई अडियो, भिडियो दुवैरूपमा विकसित गर्नुपर्ने, वाचनमा ध्वनि अलङ्कार महत्त्वपूर्ण हुने, एउटै कवितालाई पनि फरक-फरक ढङ्गबाट वाचन गर्न सकिने कुरा प्रस्त्ाुत गर्नुभयो ।

प्रशिक्षणको सुरु र अन्त्य यज्ञनिधि  दाहालबाट भयो । उहाँका अनुसार कवितालाई आफूभित्र समाहित गर्न सकियो भने मात्र वाचन सफल हुनसक्छ । वाचनका क्रममा कवि चार ‘नि’ बाट मुक्त हुनुपर्छ- निसङ्कोच, निर्भय, निरपेक्ष र निस्पिmक्री । यी चार ‘नि’ बाट मुक्त हुन नसक्ता नै कवितावाचन प्रभावकारी बन्न सकिरहेको छैन भन्दै कविताको खाका उत्रन शब्दचयनमा ध्यान पुर्याउनुपर्ने, कविता कण्ठाग्र होइन, कण्ठस्थ गर्नुपर्ने, बढी सचेत हुन खोज्दा पनि कृत्रिमता भित्रिने कुराको जानकारी गराइयो । वाचनको क्रममा कविले कवितात्मक सोपानक्रमअनुरूप वाचन गर्नुपर्ने, आन्तरिक र बाहयसौन्दर्यको अनुभूति कविमा हुनुपर्ने, वाचनमा अनुक्रमको पनि भूमिका रहने कुरामाथि दाहालज्यूले थप प्रकाश पार्नुभएको थियो ।

प्रशिक्षार्थीले नमृुनाका रुप्ामा आफ्ना र अरूका गद्य, पद्य दुवै कविता वाचन गर्ने र राम्रा-नराम्रा पक्षमाथि विश्लेषण गर्ने काम सहभागीबाट दिनहुँ गरियो । धेरैले कविता भावमय हुनेहुँदा अन्तरहृदय झङ्कृत हुनुपर्छ वाचनमा भन्ने विचार अघिसारी जतिसक्दो नाटकीयता कवितावाचनमा हुन्छ, त्यति नै कविता मार्मिक बन्न सक्छ भन्ने तर्क उभ्याउनुभयो भने केही व्यक्तित्वले कविता विचारप्रधान पनि हुनसक्ने हुँदा ठयाक्कै नाटकीय नभएर आवश्यक ठानिएमा नाटकमा जस्तै अभिनय गर्न सकिन्छ भन्ने तर्क प्रस्तुत गर्नुभयो ।

प्रशिक्षक र प्रशिक्षार्थीको अन्तर्त्रिmयात्मक निस्कर्षबाट के कुरा पुष्टि हुन आउँछ भने ‘कविता वाचनकला’ न त ठयाक्कै सङ्गीत मात्रै हो न त नाटकीय अभिनय नै । यो त भावअनुरूपको लय र हलुका अभिनयमा सजिन सक्छ । अतः कवितावाचन  कलालाई अभियानका रूपमा सञ्चालन गर्नुपर्ने र गद्यपद्यबीच देखापरेको वाचिक समस्यालाई अन्त्य गरी वाचनकलाविशेष भएका कारण कला र गला हुनेले वाचन गर्नुपर्छ र नहुनेले पठन  र श्रवणका माध्यमबाट रसास्वादन गरी भाव पक्डने प्रयास गर्नुपर्छ ।

काव्यवाचन समापन समारोह ०६२/०१/१० गते ‘रिपोर्टस क्लब’ पुतलीसडकमा सम्पन्न भयो । समारोहमा विशेष अतिथिका रूपमा वरिष्ठ साहित्यकारद्वय वैरागी काइँला र कृष्णप्रसाद पराजुलीलगायत प्रशिक्षक-प्रशिक्षार्थी र अन्य काव्यप्रेमी व्यक्तित्व खुल्दुली र चासोका साथ कार्यक्रम अवधिभर उत्तिकै जागरुक देखिनुहुन्थ्यो । अतिथिहरूले आयोजकप्रति धन्यवाद र सराहना प्रकट गर्दै काव्यमा वाचनको महत्त्वपूर्ण भूमिका रहने कुरामा जोड दिनुभयो । छिमेकी राष्ट्र भारतमा काव्यिक वाचनलाई महत्त्व दिई प्रशिक्षण र प्रतिस्पर्धा हुँदै आएका प्रसङ्गको उल्लेख गर्दै नेपालमा ढिलै भए पनि संस्थागत प्रयासमा काव्यिक वाचनको सुरुवात गरिएकोमा खुसी व्यक्त गर्नुभयो । निर्दिष्ट व्यक्तिहरूको मन्तव्य र कवितावाचनपछि प्रतिष्ठानका अध्यक्ष प्रकाश सिलवालले कलामा दक्षता बढाउन प्रशिक्षण र अन्तर्त्रिmया गर्दैजाने उद्देश्य प्रतिष्ठानले लिएको स्पष्ट पार्नुभयो ।

कार्यक्रमको अन्त्यमा सभापति यज्ञनिधि दाहालले उपस्थित साहित्यिक व्यक्तित्वलाई धन्यवाद दिँदै निम्न बुँदामाथि प्रकाश पार्नुभएको थियो ।

-	नेपाली साहित्य प्रतिक्रियावादीका कित्तामा मात्र सीमित छ, अबको साहित्य जनवादी हुनुपर्छ ।

-	रङ्गमञ्चीय साहित्यको विकास गर्न साहित्यकार लाग्नुपर्छ ।

-	गद्य, पद्य काव्यिक रचनाप्रति हेर्ने दृष्टिकोण फराकिलो हुनुपर्छ ।

-	अग्रज कविका प्रतिनिधिमूलक स्वरको संरक्षण गरी अनुकरण गर्नुपर्दछ ।

-	समीक्षकको व्यक्तिवादी धारणालाई निरुत्साहित गरी यथार्थपरक ढङ्गबाट साहित्यको मूल्याङ्कन गरिनुपर्दछ ।

-	साहित्यमा देखिएका नयाँ वादलाई पनि स्वीकार्दै अघिबढ्न सक्नुपर्दछ ।

हालसम्म झन्डै पचास हजारको सङ्ख्यामा रहेका नयाँ, पुराना नेपाली साहित्यकारको लेखाजोखा गरी यथार्थको उद्बोध गर्नसके नेपाली साहित्यलाई गति दिन सकिने राय दाहालज्यूको थियो । रतिरागात्मक कोठेसाहित्यलाई योेग्यतम सामग्रीका रूपमा प्रचारप्रसार गर्दै आएका सञ्चारमाध्यमले साहित्यको मर्ममाथि कुठाराघात गरिरहेको अवस्थामा कवि, लेखक, गीतकार, सङ्गीतकार, नाटयकलाकार आदि एकै मञ्चमा उभिएर साहित्यको महत्त्व भुल्नुहुँदैन भन्ने भाव प्रायः सबैको भनाइमा गुञ्जिरहेेथ्यो ।

प्रशिक्षणद्वारा कोही तत्कालीन उद्देश्य छुन सफल होलान्, कोही नहोलान्, आफ्नै ठाउँमा छ । तर पनि यसले सबैमा दीर्घकालीन प्रभाव छाडेको हुन्छ । प्रशिक्षणले प्रशिक्षार्थीलाई हमेसा जिज्ञासा बनाइरहन्छ । म पनि विशुद्ध प्रशिक्षण /प्रशिक्षार्थी नभएर यी दुईको पुल बन्न सफल हुन्छ भन्ने विश्वासका साथ उमेरलाई थाती राखेर १५ दिन नागार्जुन साहित्यिक प्रतिष्ठानको प्राज्ञिक कार्यसँग सम्बद्ध भएँ । कुनै पनि काम साझा प्रयासमा मात्र सम्पन्न गर्न सकिन्छ । अतः सबै क्षेत्रको सहयोग र सल्लाहको  अपेक्षा नागार्जुनले राखेको पाइएको पक्षलाई पनि मैले सकारात्मक रूपमा लिएको छु ।

छन्दलेखनको समापन
नभन्दे भँगेरी म आएँ लुकेर

‘नभन्दे भँगेरी म आएँ लुकेर

सुतेकी छ छोरी नरोओस् उठेर ।।

‘भएँ घाम छेक्ने, अध्याँरो कुनाको

झनै देश बन्दैछ आमाबिनाको ।।

कवि प्रोल्साल सिन्धुलीयद्वारा रचित भुजङ्गप्रयात छन्दको यो कविता पाठकका लागि मात्र नभई उनका लागि पनि नितान्त नयाँ प्रयोगको अवसर हो । गद्यलेखनमा क्रियाशील उनीजस्ता दुई दर्जन युवा स्रष्टाले छन्दलेखनकलाको प्रशिक्षण पाएपछि उनीहरूभित्रको लयबद्ध प्रतिभा ऊर्जावान ढङ्गले प्रकट हुन थालेको छ ।

त्यति मात्र होइन, शास्त्रीय र परम्परागत मान्यताको रूपमा मात्रै रहेको नेपाली छन्द कविता अत्याधुनिक तथा परिवर्तित समयको आवाजलाई पनि उत्तिकै लयात्मक, जनपि्रय र रसमाधुर्यरूपमा सम्प्रेषित हुनसक्ने कुरालाई हालै सम्पन्न छन्दलेखनकला प्रशिक्षणले प्रमाणित गरेको छ । सामाजिक जीवनमुखी साहित्यको निर्माणको लक्ष्यमा ‘सिर्जनात्मक संयोजनका लागि समीचीन सदन’ को भावलाई शिरोपर गर्दै यात्रारत नागार्जुन साहित्यिक प्रतिष्ठानले सञ्चालन गरेको प्रशिक्षणका समापनका अवसरमा शनिबार ‘प्रतियोगितात्मक कविगोष्ठीको कार्यक्रममा उपस्थित छन्दमर्मज्ञ तथा अग्रज अपेक्षा नै नगरेका प्रतिभा आफ्नाअगाडि हाउभाउका साथ कविता गाउन थालेकोमा दङ्ग थिए । ‘अब छन्दको बहार नै आउने भयो,’ अतिथिकवि रमेश खकुरेलले भने । निणर्ायकमण्डलका संयोजक कवि मित्रलाल पङ्ज्ञानीलाई अझ अचम्म लागिरहेको थियो । तर ‘फूलको लासमाथि’ जस्ता गद्यविधाका कृतिबाट चिनिने पत्रकार/कवि पदम गौतमको कवितालाई प्रथम घोषित नगर्न सकेनन् । गौतमको शिखरिणी छन्दमा लेखिएको ‘मैले रोजेको’ शीर्षकको कविताले २१ जना अन्य प्रशिक्षार्थीका कविताको तुलनामा उच्च अङ्क प्राप्त गरेको थियो । पङ्ज्ञानीका साथ दाहाल यज्ञनिधि र प्रभा भट्टराईसमेतको संयुक्त मूल्याकङ्नमा उनले कुल ३ सय ५० पूणाङ्कमा २ सय ४९ अङ्क पाए । त्यसैगरी, कवि सुरेश सुवेदीको शार्दूलविक्रीडित छन्दमा लेखिएको ‘स्वर्गीय आमालाई चिठी’ नामको कविताले २ सय १५ अङ्क ल्याई द्वितीयको दर्जा पायो । तृतीय स्थान कवि रेणुका भट्टको ‘समय’ शीर्षकका लागि   उपलब्ध भयो । तीनवटै कवितामा समुन्नत लोकतान्त्रिक चेतको पूर्ण आभाष मिलेको थियो । भट्टले सुशीला शर्मा र घनेन्द्र ओझाको तुलनामा मात्र १ अङ्क बढी ल्याएर आफूलाई घोषितरूपमा पुरस्कृत बनाइन् । सान्त्वनाको व्यवस्था नभएकाले समान अङ्क ल्याउने अन्य कवि प्रतिस्पर्धीको रूपमा रहे । त्यसो त अरू धेरैजसो कविताबीचको भिन्नता पनि त्यति टाढा रहेन । आजसम्म कविको रूपमा नचिनिने कल्पना खनाल, प्रज्ञा तिमल्सिना, दिनेश भण्डारीहरू प्रशिक्षणको प्रवाहबाट लयात्मकरूपमा प्रस्तुत भए । त्यस्तै, राई/झा जनजातिका प्रतिभाले पनि छन्दप्रशिक्षणमा उल्लेख्य लाभ गरे । प्रज्ञाले रचेको कवितांश पनि कम मार्मिक थिएन-

‘म भाग्दैछु अहिले बिरानो दिशामा

न कोही छ देख्ने अँध्यारो निशामा

नभन्दे भँगरी म आएँ लुकेर

सुतेकी छ छोरी नरोओस् उठेर’

विजयीलाई प्रमुख अतिथि नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. वासुदेव त्रिपाठीले प्रमाणपत्र र पुरस्कार वितरण गर्नुभयो । सोही अवसरमा उहाँले प्रशिक्षकद्वय रामप्रसाद ज्ञवाली र देवी नेपाललाई आभारपत्र प्रदान गर्दै उहाँहरूबाट कालजयी सौन्दर्ययुक्त महाकाव्य लेखिए एकेडेमीले प्रकाशन गर्ने वचन दिनुभयो । प्रशिक्षक नेपालले छन्दलेखनका लागि नागार्जुनले बाजी मारेको उल्लेख गर्दै एकेडेमी र साझाबाट यस्ता प्रयत्न नभएको गुनासो गर्दा डा. त्रिपाठीले नागार्जुनका बहुमुखी प्राज्ञिक कार्यको प्रशंसा गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा रामकृष्ण दुवाल, ज्ञवाली, भट्टराई तथा दाहालबाट पनि निरंकुशताको विपक्षमा सशक्तरूपमा कवितावाचन गरिएको थियो । प्रतिष्ठानले यसअघि काव्यवाचनकलाको प्रशिक्षण सञ्चालन गरेको थियो । प्रतियोगी कवितालाई प्रकाशन प्रयत्न गरिने जानाकारी आयोजकका तर्फबाट यादव थपलियाले दिनुभयो ।

(असार १९ को हिमालय टाइम्स दैनिकबाट)

नागार्जुनको शुक्रबारे शृङ्खला
- भूपेन्द्र तिमल्सिना

नागार्जुनसँगको भेटलाई साहित्यिक अनुष्ठानका रूपमा विकास गर्दै थोर-बहुत उपलब्धि हातपार्ने सोच जाग्यो हामीमा । साहित्यिक गतिविधिलाई भ्याए र सकेसम्म अधिकतम चलायमान बनाउँदै लग्ने महत्त्वाकाङ्क्षा जुटायौँ । सानो कोठामै भए पनि ‘दाहालको दैलो’ अनामनगरमा नागार्जुनको कार्यालय उभ्यायौँ । आफू-आफूबाट गाँस काटेझैँ गरेर कोठाभाडा जुटायौँ । कोठाभाडामा बस्दा-बस्दा आफ्नै घर बनाएर त्यहाँ सरेको जस्तै अनुभूतिभित्र गद्गद् भयौँ । अब त सानोतिनो कार्यक्रम गर्न पनि कामचल्ने भयो ।

नेपाली साहित्यको विकासमा टेवा पुर्याउने हेतुले नवोदित प्रतिभाहरुलाई आफ्ना सृजना पस्किने अनि यसैभित्रका विविध विधामा पालै-पालो छलफल र अन्तक्रिर्या गर्दै सिक्ने, सिकाउने या भनौँ सृजनशीलताको उकाली चढ्ने साझा थलोका रूपमा केही हदसम्म लान सक्ने सम्भावना द×र्यायौँ । जीवनबिम्बमा फनफनी घुमिरहेको सामाजिक चक्रभित्र साहित्यिक बाटोबाट चेतनारूपी यात्रामा सामेल हुनु कर्तव्य सम्भिmयौँ । यस्तैयस्तै कुराहरु मनन् गर्दै प्रत्येक शुक्रबार अपराह्नकालीन साइत जुराएर ०६१ असोज १ गतेबाट थाल्यौँ- ‘शुक्रबारे शृङ्खला’ । नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानको वर्तमान समिति गठन गर्दा प्राज्ञका लागि दरखास्त आह्वान गरी प्राज्ञिक वर्गलाई खोलाको गिट्टीको ठेक्कापट्टाका लागि बोलपत्रको दर्जामा पुर्याउने दुस्साहसका रूपमा राज्यपक्षले कदम चालेको भन्दै आलोचना खेपिरहेको थियो, उतैतिर । यस्तो चालाले हाम्रो मुटु पनि चस्स घोच्यो । ‘प्रज्ञाप्रतिष्ठानको गठन र यसको भावी दिशा’ भन्ने कार्यक्रम तय गर्यौँ । नवनियुक्त उपकुलपति प्राडा वासुदेव त्रिपाठीले यस विषयमा नुनको सोझोको हिसाबले जवाफ थमाउनुलाई हामीले अनौठो म्ाान्नुपर्ने लागेन । अन्य सहभागीले यस अन्तक्रिर्याका एकैखाले जवाफ दिए- ‘प्राज्ञको दरखास्तमा अशोभनीयता’ ।

दोस्रो कार्यक्रमको रूपमा ८ गते पालो पारियो, युवा पुस्तामा माहोलकै रूपमा आएको विधा ‘गजल’ का बारेमा अन्तक्रिर्यालाई । २३ गते प्रकाश सिलवालको निबन्ध सङ्ग्रह ‘पूणिर्माको रात’ को अन्तक्रिर्यात्मक विमोचन कार्यक्रममा जोडियो, शुक्रबारे शृङ्खला । अर्को शुक्रबार कवितावाचनमा बित्यो । कात्तिक ६ गते पुग्यौँ ‘विजयादशमी’ लाई हेर्ने दृष्टिकोणमा । चाडपर्वलाई आडम्बरीरूपमा होइन, संस्कारको महत्त्व बचाउने तरिकाले खर्चिलो बोझबाट मुक्त हुनुपर्ने सन्देश छर्न स्रष्टाहरुले सामाजिक उत्तरदायित्व बहन गर्नुपर्ने आवाजमा प्राडा वासुदेव त्रिपाठीदेखि झलनाथ खनाल, केशव बडालहरुले आवाज थपे । छैठौँ शृङ्खलामा प्रकाशजीको ‘पूणिर्माको रात’ माथि जीवन र जगत्को बिम्ब दोस्रोपटक खोज्ने काम भयो- ‘विशेष अन्तक्रिर्या’ को नाम दिएर । सातौँ शृङ्खला पुग्यो, घट्टेकुलो निवासी साहित्यकार पुस्कर लोहनीको घरमा । त्यहाँ प्रथम नेपाली ताङ्का पत्रिकाको विमोचन गर्दै नेपाली साहित्यमा टुसाउँदै आएको ‘ताङ्का’ विधाको चर्चा-परिचर्चा चल्यो, रत्नशमशेर थापा, रामकुमार पाँडे, क्षेत्रप्रताप अधिकारी, श्यामदास वैष्णवहरु समेतको बीचमा । लक्ष्मीपूजा तथा देवकोटा जयन्तीका अवसरमा कात्तिक २७ गते आठौँ शृङ्खलाका रूपमा कविगोष्ठीमा जमे, कवि ।

देशमा बढेको द्वन्द्वको राप तथा प्रजातन्त्रमाथि नै पर्दै आएको राजकीय प्रहारले देश दुखेको अवस्थाबाट दिन गुजँ्रदै थियो । यस्तो अवस्थामा स्रष्टाको भूमिकालाई चहकिलो/सशक्तरूपमा उतार्ने योजनामा स्रष्टा जुटे मङ्सिर २५ गते । ‘वर्तमान सन्र्दभमा स्रष्टाहरुको भूमिका’ विषय चुनेर अन्तक्रिर्या चल्यो । वर्तमान सन्र्दभमा स्रष्टा तथा साहित्यिक सङ्घसंस्थाको भूमिकाका सम्बन्धमा बृहत् छलफल गरी साहित्यमा लोकतान्त्रिक चेत सञ्चार गराई सामाजिक रूपान्तरणमा भूमिका खेल्नु अपायक ठानेर पुस २ मा लोकतन्त्रवादीको भेला गराउने निधो भयो । त्यो भेलाले ‘लोकतान्त्रिक साहित्यकार सङ्घ’ गठन भयो  नागार्जुनसँगैको ऐक्यबद्धतामा । हरिगोविन्द लुइँटेल संयोजक बनाइए । माघका शृङ्खला कविता गजलवाचनमै केन्दि्रत बने । फागुन ७ गते प्रजातन्त्र दिवसको सन्दर्भमा ‘मुक्तिको खोजीका लागि साहित्यको प्रयत्न’ का रूपमा शुभप्रभात काव्यगोष्ठी गरेर तेह्रौँ शृङ्खला सकियो । हरेक महिनाको पहिलो शुक्रबार शुभप्रभातलाई अझ ओजिलोरूपमा प्रस्तुत गर्दै लाने निस्कर्ष पनि भयो । अक्षर अध्ययन बिन्दुसँगको सहकार्यमा नागार्जुनले अर्को शृङ्खला ‘उत्तर आधुनिकतावाद के हो ?’ भन्ने विषयमा प्रगतिशील साहित्यकार निनु चापागााईं र रामप्रसाद ज्ञवालीले जानकारी गराउनुभयो ।

कविता सिर्जना गर्न सिपालु बने पनि त्यसलाई त्यही मर्म समातेर वाचन गर्न सकिएन भने कविताले पूर्णता नपाउने कुराले झस्कायो र सोहृ्रौँ शृङ्खला काव्यवाचनकला थालनी गर्ने विषयमा विचारविमर्श समेट्न केन्दि्रत रहयो । सत्रौँ शृङ्खला चैत १२ मा मिलन गर्तौलाको नाटकसङ्ग्रह ‘प्रथम यात्रा’ को अन्तक्रिर्यात्मक विमोचन गरेर नाटकसम्बन्धी कार्यक्रम थपियो । १९ गते काव्यवाचनकलाका बारेमा टुङ्गो लाग्ने निर्णय भयो । अर्को शृङ्खला कवितागोष्ठीमा घुम्यो । ०६२ वैशाख २ मा शुभप्रभात काव्यगोष्ठी, वैशाख १० मा काव्यवाचनकला प्रशिक्षणमाथि समीक्षा, २३ मा कवितावाचन हुँदै २४ औँ शृङ्खला शुभप्रभातमा झुल्कियो । अनि, प्रत्येक महिनाको पहिलो  शुक्रबार सारियो, शुभप्रभातलाई । धर्मेन्द्र विह्वलकृत मैथिल हाइकु सँगालो ‘एक समयक वात’ माथि अन्तक्रिर्यामा बित्यो, जेठ १३ गतेको २५ औँ शृङ्खला । २६ औँ चाहिँ गजलविशेष र २७ औँ शृङ्खला साहित्यकार स्व. विनय रावलको स्मृतिमा शोकविह्वलर स्तब्ध बन्यो । काव्यवाचनकलाको भेउ पाई रौषिएका युवास्रष्टाहरू जुटे- छन्दलेखनकलातर्फको प्रशिक्षण तय गर्न । असार ३ मा छलफल गरी निर्णयमा पुगे । असार ४ मा शुभप्रभात गोष्ठीको शृङ्खला स्वतन्त्र रेडियो बचाऊ आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै सम्पन्न भयो । त्यसपछि छन्दलेखनकला प्रशिक्ष्ाणको तयार, छलफल, प्रशिक्षण प्रशिक्षक-प्रशिक्षार्थीबीच सम्बन्ध स्थापना हुँदै २८ र २९ आँै शृङ्खला सकियो । ३० औँ मा नागार्जुनको आर्थिक सबलीकरण र साउन १४ मा निलमकुमार न्यौपानेको छन्दकविता वाचन गरी ३१ औँ शृङ्खला पार भइसकेको छ । यस किसिमको शृङ्खलालाई अझ व्यवस्थित र बढीभन्दा बढी उपयोगी बनाउँदै लानेप्रति नागार्जुन भावी दिनमा चनाखो हुनेछ ।

बितेको एक वर्ष
- माधव निर्दोष

‘यस्तो फरक कार्यक्रम नागार्जुनले नै गर्नुपर्दथ्यो र गर्यो पनि, यसलाई मैले नागार्जुनको अर्को सक्रिय स्टेप ठानेको छु । एकेडेमीले के सहयोग गर्नुपर्दछ सक्दो गर्दै जानेछ ।’ २०६२ असार महिनामा आयोजित छन्दलेखनकला प्रशिक्षणको समारोहमा प्रज्ञाप्रतिष्ठानका उपकुलपति डा. वासुदेव त्रिपाठीले व्यक्त गर्नुभएका यी शब्दहरूले कताकता साहित्यिक यात्रामा भिन्नरूपले प्रस्तुत हुने काम यस नागार्जुन साहित्यिक प्रतिष्ठानले गरेको रहेछ भन्ने आभाष हुन्छ । छन्दमा कविता लेख्ने प्रयास जसरी भिन्न प्रयासको नमुना बन्यो, काव्यवाचनकलाले पनि त्यो नमुना केही मात्रामा प्रस्तुत गरेकै हुनुपर्दछ । फरक बाटो हामीले यस अर्थले रोजेका छौँ । दिनहँु हुने कविगोष्ठी र पुस्तक विमोचन कार्यक्रम त अन्य संस्था र व्यक्तिबाट पनि त भइरहेकै छन् । भइरहेका कार्यक्रमभन्दा केही पृथक् बाटोमा हिँड्ने यस प्रतिष्ठानको जमर्को हो ।

विगत छ वर्षदेखिको यात्रा यहाँसम्म आइपुग्दा गत एक वर्षलाई नागार्जुनले अहिलेसम्मको उपलब्धिको वर्ष मानेको छ । त्यसो त, यो वर्षलाई उपलब्धिमूलक बनाउन अघिल्ला वर्षहरूको योगदान कम्ती छैन । विगत वर्षहरूमा हुनेगरेका एकै प्रकृतिका कार्यक्रमलाई परिमार्जन गरेर यो वर्ष फरक खालका कार्यक्रमको शुभारम्भ गर्न नागार्जुन केही हदसम्म भए पनि सफल रहेको आभाष भएको छ । विशेषगरी प्रतिष्ठानका अध्यक्ष प्रकाश सिलवालको मिहिनेत तथा अपत्यारिलो जनसम्पर्कले नागार्जुनलाई यहाँसम्म ल्याएको हो भन्ने मैले पनि कञ्जुस्याइँ गर्नुहुन्न । उहाँको निवास गंगबुमा रहेको कार्यालयलाई गत वर्षदेखि अनामनगरस्थित दाहालको दैलोमा ल्याएर छुट्टै कार्यालयको रूपमा उभ्याइएको छ । त्यसै कार्यालयबाटै हाम्रा कामहरूले बामे सर्ने काम गर्दै आएका हुन् । एक वर्षको अवधिलाई केलाउने हो भने साप्ताहिक अन्तरमन्थन कार्यक्रमको शुभारम्भ भई त्यसले निरन्तरता पाउनु, वाषिर्क रूप्ामा हुने गरेको शुभप्रभात काव्य गोष्ठी मासिक रूपमा शुभारम्भ हुनु र त्यसले निरन्तरता पाउनु केही उपलब्धि ब्ानेका छन् । त्यसका अतिरिक्त केही भिन्न कार्यक्रमहरू गर्न यो वर्ष हामी सफल रहेको मानेका छौं तर त्यो भन्दा सफल कार्यक्रम आगामी दिनमा यस प्रतिष्ठानले गर्नुपर्ने नै हुन्छ । त्यो हाम्रालागि चुनौती पनि बनेको छ । कार्यालयको विस्तारसँगै सुरु भएको साप्ताहिक अन्तरमन्थन कार्यक्रममा कैयौँ विषयहरू उठेका रहेछन् । कार्यक्रम गर्दा साधारण देखिए पनि फर्केर हेर्दा महत्त्वपूर्ण कार्यक्रम लागेका छन् । कतिपय भने मार्गदर्शकको रूपमा देखिएका छन् । प्रत्येक साताको शुक्रबार सञ्चालन हुने अन्तरमन्थन कार्यक्रमको प्रज्ञाप्रतिष्ठान गठनसँगै सुरु भएको विवादलाई पनि छलफलका लागि बाँकी राखेको छैन । जुन कार्यक्रममा प्रज्ञाप्रतिष्ठानका उपकुलपति डा. त्रिपाठी उपस्थित हुनु मात्र भएन, प्रतिष्ठानलाई जनमुखी बनाउन प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

नेपाली रङ्गमञ्चको स्तर बढाउने जमर्कोमा प्राज्ञ सरुभक्तको उपस्थितिमा रङ्गमञ्चको बारेमा छलफल गर्यौँ हामीले । हुन त, छलफल आफैँमा केही होइन । तर त्यही छलफललाई गहन सम्झने हो भने कार्यदिशाका लागि जति सहजता हुन्छ, उत्तिकै सफल छन् सहयोगी पनि । सोहीअनुरूप साहित्यिक पत्रकार सङ्घसँग मिलेर ‘सञ्चारमा साहित्य’ विषयक अन्तर्त्रिmया कार्यक्रम आयोजना गर्नुका साथै सोही विषयमा नागार्जुनको १० औँ अङ्क विशेषाङ्कका रूपमा प्रस्तुत गर्यो ।

काव्यवाचनलाई उठान गर्ने र काव्यको महत्त्व वाचनबाट खोज्ने प्रयत्नअनुसार १५ दिने काव्यवाचन कला प्रशिक्षण सम्पन्न गर्नुका साथै हराउँदै गएको छन्द कवितालाई बचाउन छन्दलेखन कला प्रशिक्षण कार्यक्रममार्फत् केही नयाँ कार्यक्रमको खोजी गर्नतर्फ हामी लागेका छौँ । ती दुवै कार्यक्रममा दुई दर्जन जति युवा स्रष्टाले सहभागिता जनाउनुभएको थियो ।

साप्ताहिक अन्तर्मन्थनमा गजल अन्तर्त्रिmया, निबन्ध अन्तर्त्रिmया, कविता अन्तर्त्रिmया, भाषाभाषीसम्बन्धी अन्तर्त्रिmया, विभिन्न पुस्तकमाथिको अन्तर्त्रिmया, छन्दको महत्त्वमाथि अन्तर्त्रिmया, काव्यवाचनको महत्त्वमाथि अन्तर्त्रिmया, रङ्गमञ्चको महत्त्व तथा अग्रज स्रष्टामाथिको अन्तर्त्रिmया नियमित विषयवस्तु बन्नेगरेका छन् । यीभन्दा फरक विषयको खोजी गर्नका लागि पनि अन्तर्त्रिmया कार्यक्रम अघिबढ्दै आएको छ ।

दुई वर्षपहिले नयाँ वर्षको बिहानी र प्रजातन्त्र दिवसको बिहानीमा शुभप्रभात काव्यगोष्ठी सञ्चालन गर्दै आएकोमा माघ १९ को शाही कदमपश्चात् मुक्तिको खोजीमा कविताको प्रयत्नअन्तर्गत रही उक्त शुभप्रभात काव्यगोष्ठीलाई मासिकरूपमा प्रत्येक महिनाको पहिलो शनिबार आयोजना गरिँदै आएको छ । सोही गोष्ठीमा वाचित कविताबाट वर्षभरिमा एक लोकपि्रय र उत्कृष्ट कविताका स्रष्टालाई शुभप्रभात काव्यसम्मानका रूपमा सम्मान गर्ने हामीले यसै वर्षदेखि थालनी गरेका छौँ ।

स्रष्टालाई उत्प्रेरित गर्नु र मुक्तिका लागि कविताको खोजी गर्न घचघच्याउनुमा यस कार्यक्रम र सम्मानले थोरै भए पनि सहयोग पुर्याउने अपेक्षा गर्न सकिन्छ ।

त्यसका अतिरिक्त स्रष्टा यादव थपलियाको कृति विमोचन गरी शुभविवाहदेखि विजयराज आचार्यको लेखन तथा कृष्ण शाह यात्रीको निर्देशनमा नाटक मञ्चनसम्ममा नागार्जुनले आफूलाई डोर्यायो, गत वर्षका अवधिमा । प्रतिष्ठानका सदस्यबीच र साहित्यिक स्रष्टाहरुबीचको सम्बन्धलाई निकट तुल्याउन नागार्जुन प्रकाशन शृङ्खला सुरु गरिएको छ । जसबाट विजयराज आचार्यको उज्यालोको खोजीमा सचित्र बालकथा, यादव थपलियाको मृत्युचुम्बन उपन्यास र भूपेन्द्र तिम्सिना, मायामितु न्यौपानेको गजलसङ्ग्रह निर्वासित चराहरु प्रकाशित भैसकेका छन् भने अन्य केही पुस्तकहरु प्रकाशानार्थ पाण्डुलिपिमा तयार छन् । थुप्रै प्रतिभा जन्माउने चाहना छ । थुप्रै जन्मिएका प्रतिभाको संरक्षण गर्ने चाहना छ । र, योगदान पुर्याइसकेका स्रष्टाहरुको योगदानको कदर गर्दै सम्मान गर्ने चाहना पनि छ । यी चाहना र पूरा गर्न बाँकी रहेका काम आगामी दिनहरुमा गर्न सकिनेछ भन्ने अपेक्षा लिएका छौँ ।

ज्ञान खेर जाँदैन, हैन र !
- पदम गौतम

अनौपचारिक रूपमा भन्ने हो भने एउटा लेखक आजीवन विद्यार्थी नै हुन्छ । यसपटक नागार्जुन साहित्यिक प्रतिष्ठानको आयोजनामा गरिएको छन्दलेखनकला प्रशिक्षणमा हामी विद्यार्थीहरू सुरुमै यो कुरामा प्रस्ट थियौा । त्यसैले होला, हामी विद्यार्थी बन्न सफल भयौा र एकअर्थमा विद्यार्थी मात्र बनेनौा पनि ।

नागार्जुनका साथीहरूले मलाईर् विद्यार्थीको संयोजकको भूमिका दिनुभएको थियो । विद्यार्थीमध्ये छन्दलेखनमा रुचिको कुरा गर्ने र यस विषयमा पहिलेदेखि नै प्रस्टसाग बोल्दै आएकाले संस्थागत रूपले यो निर्णय आएको हुन सक्छ भन्ने मलाईर् लाग्छ । निकट विगतमा गरिएको काव्यवाचनकलाका अनुभव र कमीकमजोरीका कारण पनि मैले छन्दलेखनका विषयमा त्यति बोल्नुपरेको थियो ।

हो, हामी विद्यार्थी बन्यौा, तर विद्यार्थी मात्र थिएनौा । प्रायः सबै सहभागी एउटा न एउटा पेसा अागालेका व्यक्ति थियौा । हामी नितान्त औपचारिक भएनौा, अनि त्यो स्थितिको प्रशस्त लाभ पनि लियौा । अर्थात्, छलफल गर्दै अनौपचारिक रूपमा हामीले हाम्रा प्राज्ञिक संस्थाका शिक्षालयभन्दा बढी सिक्ने मौका पायौा । यसमा हाम्रा शिक्षकद्वय रामप्रसाद ज्ञवाली र देवी नेपालको बौद्धिक चातुर्य पनि उत्तिकै निणर्ायक रहेको छ । लामो समयदेखि शिक्षण पेसामा संलग्न शिक्षकहरूले हाम्रो मनस्थिति बुझेर हामीलाईर् ‘क’ देखि ‘कः’ सम्म नै सिकाउनुभयो ।

काव्यवाचनकलाको समयमा हाम्रो कक्षाको सिकाइ एवम् विद्यार्थीहरूको प्रस्तुति दुवै औपचारिक थियो । त्यसले एउटा नियमित छलफलभन्दा बढी केही बढी दिन सकेको थिएन । यसपटक हाम्रा गुरुद्वयले अत्यन्तै साना विषयबाट उठान गरी शास्त्रीयता, भाषा, संस्कृति, पछिल्लो प्रयोगजस्ता विषयमा समेत हामीलाईर् केही कुरा दिएर कक्षा अघिबढाउनुभयो । जोड जानेपछि गुणन सिकेको शैलीमा हामीले सिक्नुपर्ने कुराहरू धेरै बने । हामीले आफैा सिक्न बााकी कुराहरूको तय गरेर अघिबढ्यौा र त्यो क्रम अझ जारी रहनेछ- यस क्षेत्रमा हामी रहुञ्जेलसम्म ।

ह्रस्व, दीर्घ प्रायः पत्रकारहरूले लगभग सही लेख्छन् । तर पेसागत अराजकता लेखनमा आउाछ । व्यक्तिगत अनुभवमा समेत भन्नुपर्दा हामी शिरबिन्दु र चन्द्रबिन्दुलाईर् एउटै मान्थ्यौा- अल्छीका कारण । तर, ती दुईर्को भेद छन्दको कक्षाको प्रारम्भिक समयमै हामीले जान्यौा । ह्रस्व, दीर्घको पछिल्लो प्रयोग र त्यसको आधारको सामान्य छलफलले हामीलाईर् धेरै कुरा दियो भन्ने मलाईर् लाग्छ । हामीलाईर् छन्दमा मात्र नभएर सागै जोडिएर आउने सबै विषयमा नशा बस्यो र अब हामी सधैा ती विषयमा सोधखोज र अध्ययन गर्नेचाहिा भयौा । र, छन्दकै विषयमा पुर्खाहरूतिर फर्केर गर्व गर्न मात्र जान्यौा ।

गद्यकविताको विकासको उत्कर्षको समयमा जन्मेर हुर्किएका हामी त्यही मानसिकतामा परेका थियौा । तर, बुझेर होइन, अर्ति मानेर मात्रै । अबचाहिा प्रशंसा गरौा, या विरोध या कुनै प्रतिक्रिया, कम्तीमा आफैा बुझेर बोल्न सक्ने भएका छौा । हाम्रो जन्मदेखि मृत्युको दुई पुस्तापछिसम्म छन्दै छन्दले घेरिएको हुन्छ । हरेक दिन पुजिने देवताका नामका श्लोकदेखि वनमा गाई चराउन जाादा गाइने गीतसम्म सबै छन्दमा छन् । हामीलाईर् सिक्न सजिलो भएको कारण पनि सायद आफ्नो रगतमा भएको तत्व शरीरको अर्को भागमा पुर्याउने काम मात्र भएकोले हो कि भन्ने मलाईर् लाग्छ ।

काव्यवाचनकलाको एउटा मिठो सन्दर्भलाईर् उल्लेख नगरी रहन सक्दिन । रावणले धार्मिक श्लोक पढेको पञ्चचामर छन्दले हामीलाईर् आकषिर्त गर्यो । एकजना महिला मित्रसाग मेरो नाम जोडेर छन्दको एक श्लोक लेखन र गायन गर्नुभयो, एक महिला मित्रले । मैले जवाफ दिने क्रममा सम्भवतः जीवनकै प्रथम छन्दोबद्ध रचना -हजज बहरको गजल) सिर्जना गर्न पुगेा । यो सन्दर्भलाईर् धेरै हदसम्म हामीले लेखनकलामा समेत प्रयोग गर्यौा । हो, हामीमा रमाइलोसाग सिक्नेबाहेक अरू कुनै स्वार्थ थिएन र अर्काको प्रतिष्ठाप्रति भने हामी संवेदनशील थियौा । साथीहरूले यो कुरा पनि छिट्टै बुझिदिनुभयो र हामी सबै सजिलोमा पर्यौा ।

अन्त्यमा, म नयाा पुस्ताका साथीलाईर् एकपटक छन्द बुझ्न र पढ्न आग्रह गर्दछु । अझ गजलमा कलम चलाउने साथीहरूले त अब छन्द नसिकेमा काम छैन भन्ने बुझ्नुपर्छ । उर्दुका छन्द -अर्थात् बहर) को मूल आधार छन्द नै हो र आधाआधी त ठयाक्कै मिल्छन् पनि । हो, गाली गर्नुपरे पनि बुझेर गाली गर्दा त्यसको अर्थ विशेष हुनजान्छ ।

छन्द सिक्यौा र व्यक्तिगतरूपमा मैलेचाहिा प्रयास आरम्भ पनि गरेको छु, विशेषतः गजलमा । म नागार्जुनलाईर् धन्यवाद दिादै नयाा सर्जक साथीहरूलाईर् एकपल्ट फेरि बुझ्न र सिक्न अनुरोध गर्दछु । आखिर, ज्ञान त खेर जाादैन नि, हैन र ?

छन्दकला प्रशिक्षण ः एक अनुभव

- घनेन्द्र ओझा

कुनै समय कविता भनेको लयबद्ध, सरल र मार्मिक कुरा अभिव्यक्त गर्ने माध्यम भन्ने बुझिन्थ्यो । कविता बन्न लय अनिवार्य मानिन्थ्यो । पाठकहरूले मन परेको कविताका पंक्तिहरू भाका हालीहाली गाउने गर्थे । गाउाघरतिर अझैपनि रामायणका श्लोकहरू भाकाहालीहाली गाउने गरिन्छ । जानेर वा नजानेरै छन्दको लयसाग हामी परिचित भइसकेका थियौा । तर वास्तविक रूपमा छन्द लेखनको प्राविधिक ज्ञान नभइकनै हामी यसको लयसाग मात्र अभ्यस्त बन्यौा । छन्द लेखनको ज्ञान नहुादा केही समय यता धेरैजसो कवि तथा पाठकहरूबाट समेत छन्दोबद्ध कविताहरू उपेक्षित बनिरहेको पाइन्छ ।

छन्द हाम्रो मौलिक सम्पत्ति हो । यसको संरक्षण र संवर्द्धनको जिम्मा लनि हामी आफैा अग्रसर रहनुपर्ने बेला भएको छ । आधुनिक कविहरू गद्य कविता तर्फ आकषिर्त हुनुमा छन्द लेखनको प्राबिधिक ज्ञानको अभाव हुनु पनि एउटा कारण हो । सायद यही कुराको महशुस भएर नागार्जुन साहित्यिक प्रतिष्ठानले युवापुस्ताका केही कविहरूलाई छन्द लेखनकलाबारे प्रशिक्षण दिने सोच बनायो । र, गत असार ६ गतेदेखि १६ गतेसम्म डेढ हप्ते प्रशिक्षण कार्यक्रम सम्पन्न गर्यो । छन्दको सामान्य ज्ञानसम्म नभएका र छन्दमा रुचि राख्नेहरू झण्डै २ दर्जन कविहरूले भाग लिएको प्रशिक्षण कार्यक्रममा कवि एवं समालोचक श्रद्धेय गुरुद्वय श्री रामप्रसाद ज्ञवाली र श्री देवी नेपालज्यूको अथक मेहनत र हौसला हाम्रा लागि अझ प्रेरणादायी बन्न पुग्यो ।

वर्तमान समयमा समकालिन पुस्ताका धेरैजसो राम्रा कविहरूलाई समेत छन्दका बारेमा सामान्य ज्ञान समेत नभएको यथार्थ छ । कवि प्रोल्लास सिन्धुलीय भन्दै थिए- ‘म आफू एउटा कवि हुा सागसागै राम्रा छन्द कवि -उमानाथ शास्त्री) को सुपुत्र समेत, तर मलाई ज्यादै पीडा महशुस हुन्थ्यो कि म छन्दबारे अनभिज्ञ थिएा ।’ छन्द लेखन प्रशिक्षण प्राप्त गरिसकेपछि उनले भने- ‘अब छन्दबारे कसैले सोधे मुकः बन्नु पर्दैन ।’ छन्द सिक्न सजिलो छ तर छन्दमा राम्रा कविता लेख्न त्यतिकै गाह्रो पनि छ । प्रशिक्षक ज्ञवाली सर सचेत गराउादै हुनुहुन्थ्यो- ‘सफल मान्छे धेरै छन् तर असल ज्यादै कम, म सफल र असल दुवै हुनुपर्दछ भन्ने चाहन्छु ।’

हो पनि जस्तो लाग्यो श्रद्धेय गुरुको भनाई । कविता लेख्छु भनेर बस्यो, गण र मात्रा जुधायो, शब्द खोज्न थाल्यो, अझ उचित शब्द छान्न शब्दकोश पल्टाउन थाल्यो । बाबा Û सााच्चै कठिन काम रहेछ छन्दमा कविता लेख्न । तर, जव कविता पूरा हुन्छ र भाका हालेर गाउन थालेपछिको आनन्द भने लेख्दाको कष्टभन्दा धेरै मीठो हुादोरहेछ- प्रशिक्षार्थी साथीहरूको अनुभव हो यो । प्रशिक्षार्थी मित्र रोजन राई भन्दैथिए- ‘नचिनेको मानिससाग अचानक भेट हुादा कतिबेला उम्कूा जस्तोझैा भए जस्तै हुन्थ्यो छन्द कविता सुन्नुपर्दा । तर प्रशिक्षण लिइसकेपछि छन्द अत्यन्त प्यारो लाग्न थालेको छ ।’

वास्तवमै छन्द लेखन प्रशिक्षण लिइसकेपछि लाग्यो- छन्दमा जीवनको लय पनि निहित हुादो रहेछ । प्रशिक्षणमा पुरुष तथा नारी कविहरूको समान सहभागिता रहनु प्रशिक्षणको अर्को उल्लेखनीय पक्ष थियो । छन्द कविता लेखनको प्राविधिक ज्ञान नभए पनि छन्द कविता मनपर्ने गरेको र छन्दमा लेख्न प्रयास गरेपनि बुझ्दै जाादा ‘कााढाघारीको यात्रा आाखा छोपेर गरेको’ जस्तो लागेको बताइन् डा. जया सत्यालले । उनले भनिन्- ‘अब आाखा खुलेको छ ।’ कवि मायामितु न्यौपानेले छन्दमा भिन्न स्वाद हुनेरहेछ भन्दै अभ्यास गरे लेख्न सकिने आाट आएको बताइन् । उनले भनिन्- ‘तर अभ्यास धेरै गर्नुपर्ने रहेछ ।’

युवा कवि पदम गौतम छन्दबारे सुरुमा चासो नदिएकामा पश्चाताप गर्दैथिए- ‘नेपाली भाषा साहित्यमा लागेर पनि कति धेरै व्याकरणगत र भाषागत त्रुटि गर्दारहेछौा हामीहरू । छन्दको बारेमा पहिल्यै ज्ञान लिइएको भए आफ्नो लेखन अझ तिखारिने थियो कि ।’ आफ्नो अनुभव बााड्ने क्रममा उनले भने- ‘युवा पुस्ताका कविहरूलाई छन्दको ज्ञान दिन अति आवश्यक रहेछ ।’ आफ्नो लेखन यात्रा छन्दबाटै सुरु भएता पनि छन्दको व्यबहारिक ज्ञानको कमी रहेको बताउादै प्रशिक्षार्थी कवि सुरेश सुवेदीले यस प्रशिक्षणबाट आफ्ना धेरै कमजोरी सुधार गर्ने अवसर मिलेको बताए । यस्ता कार्यक्रमहरूलाई अभियानको रूपमा लैजान सके धेरै स्रष्टाहरू लाभान्वित हुनसक्ने उनको धारणा छ- ‘यो काम नागार्जुनले नै गरोस् भन्ने चाहन्छु ।’ यस छन्द लेखन प्रशिक्षणले आफूलाई छन्द कवि बनाउन प्रेरणा प्रदान गरेको पनि उनले बताए ।

समस्याको बोध हुनु नै समाधानको चरणमा प्रवेश गर्नु हो भन्दै प्रशिक्षक देवी नेपाल भन्दै हुनुहुन्थ्यो- ‘छन्दमा कविता लेख्ने समय गयो भन्नेहरू छन्द नबुझ्नेहरू हुन् । अब म ढुक्क छु छन्द कहिल्यै मर्दैन ।’ देवी सरसाग सहमति जनाउन चाहन्छु म पनि । अब छन्द कहिल्यै मर्दैन । तर एउटा कुरा, छन्दका बारेमा जानकारी दिने कार्य समयसमयमा गरिइरहनुपर्दछ ।

र, अन्त्यमा…

नागार्जुन साहित्यिक प्रतिष्ठान, जुझारु युवा साहित्यप्रेमीहरूको सहप्रयासमा स्थापित संस्थाले आफ्नो स्थापनाको सुरुवातदेखि नै नेपाली भाषा र साहित्यका विभिन्न विषय र सवालहरूमा बिबिध कार्यक्रमहरू गर्दै आएको छ । सरकारी तवरबाट भाषा, साहित्य र कला, संस्कृतिको संवर्द्धनका लागि स्थापित नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान र साझा प्रकाशनभन्दा एक कदम अगाडि बढ्ने प्रयास नागार्जुनले गरेको छ । संस्था सानो र ठूलो भन्दा पनि उसले गर्ने कार्यले संस्थाको महत्ता प्रष्ट हुन्छ । यसरी हेर्दा प्रज्ञा प्रतिष्ठानका दरिद्र प्राज्ञहरूको नाकमा पसिना बगाइदिने कार्य यसले गर्दै आएकामा नागार्जुन साहित्यिक प्रतिष्ठान धन्यवादको पात्र बनेको छ । आगामी दिनहरूमा अझ प्रभावकारी कार्यक्रमहरू ल्याएर सम्पूर्ण स्रष्टाहरूको साझा संस्था बन्न सक्नेछ भन्ने शुभेच्छा व्यक्त गर्दछु ।

छन्दकला प्रशिक्षण : एक अनुभव

नागार्जुनद्वारा प्रकाशित कृतिहरूको सङ्क्षिप्त परिचय
- रामप्रसाद ज्ञवाली

नागार्जुन साहित्यिक प्रतिष्ठानले आफ्नो स्थापनाकालदेखि बहुआयामिक क्रियाकलाप गर्दै आएको छ । साहित्यिक गोष्ठी, अन्तर्संवाद, कार्यपत्रहरूको प्रस्तुति, समसामयिक विषयमा चर्चा-परिचर्चा, लोकतान्त्रिक आन्दोलनका पक्षमा सामूहिक प्रयत्नको अगुवाइ, सङ्कटपूर्ण घडीमा जोखिमपूर्ण क्रियाकलाप आदि गरेर यस प्रतिष्ठानले राष्ट्रिय जिम्मेवारीको अहम् दायित्व निर्वाह गर्दै आएको छ । नयाा पुस्ताका स्रष्टालाईर् प्रोत्साहन गर्दै उनीहरूको सिर्जनयात्रालाईर् सम्बल प्रदान गर्नु, स्थापित र सक्रिय युवा स्रष्टाहरूबाट गम्भीर र आवश्यक साहित्यिक कार्यहरू गराउनु, प्रौढ र वृद्ध अग्रज स्रष्टाहरूलाईर् सम्मान गर्नु, युगीन माग र रुचिहरूको पहिचान गरी यथासम्भव तिनका पक्षमा गतिविधि सञ्चालन गर्नु यस प्रतिष्ठानका थप विशेषता बनेका छन् । नैतिक निष्ठा र लोकतान्त्रिक साहित्य सिर्जनाका पक्षमा साहित्यकारहरूलाईर् परिचालन गर्नु यस प्रतिष्ठानका सर्वाधिक युगचतना हो । यस्ता साहित्यिक गतिविधि सञ्चालन गर्नुका साथै साहित्यिक पत्रिका र पुस्तकहरू प्रकाशित गरी यस प्रतिष्ठानले थप योगदान दिइरहेको छ । यस सानो लेखमा यस प्रतिष्ठानद्वारा प्रकाशित साहित्यिक कृतिहरूको परिचय दिने उद्देश्य राखिएको छ । कृतिअध्ययन र विश्लेषण वा समीक्षा नभई परिचय मात्र दिनु र परिचयमा पनि गहिरिनु नभई केवल स्पर्शसम्म गर्नु यस लेखको सीमा हो ।

नागार्जुन साहित्यिक प्रतिष्ठानले पत्रिका र विशेषाङ्कबाहेक छवटा साहित्यिक कृति प्रकाशनमा ल्याइसकेको छ । तीमध्ये डा. कविताराम श्रेष्ठद्वारा लिखित ‘कुकुरको कथा’ -२०५९) र यादव थपलियाद्वारा रचित ‘मृत्युचुम्बन’ -२०६२) उपन्यास हुन् । प्रकाश सिलवालको ‘क्षितिजको आशय’ -२०६०) र भूपेन्द्र तिम्सिना र मायामितु न्यौपानेद्वारा संयुक्तरूपमा लेखिएको ‘निर्वासित चराहरू’ -२०६२) कवितासङ्ग्रह र गजलसङ्ग्रह हुन् । विजयराज आचार्यद्वारा रचित ‘उज्यालोको खोजीमा’ -२०६१) सचित्र नाटक हो भने विजयराजकै रचना ‘केवलपुरे किसान’ -२०६१) सचित्र जीवनीकरण हो । यहाा यी कृतिहरूको सङ्क्षिप्त -केवल स्पर्शात्मक) परिचय दिइएको छ ।

१. कुकुरको कथा -२०५९)

३७ पृष्ठमा लेखिएको यो उपन्यास मानवेत्तर प्राणी कुकरमा केन्दि्रत छ र मानवीय भावनाको अभिव्यक्तिका निम्ति कृतसङ्कल्प देखिादा मानव र पशुबीचको हार्दिक, निश्छल, संवेदनशील र कारुणिक सम्बन्धको मार्मिक उद्घाटन गर्ने यस उपन्यासमा कविताराम श्रेष्ठले आफ्नो घरमा घटेको यथार्थ वस्तुलाईर् आफूभित्रको स्रष्टाहृदय समर्पित गरेर कलात्मक अभिव्यक्ति दिएका छन् । उपन्यासकार कुशल संयोजक बनेका छन् । उनको त्यसै कुशलताले कुकुरको संवेदनशील व्यक्तित्व र भावादर््र मनोरचनालाईर् आख्यानात्मक संरचना र स्वरूप प्रदान गरेको छ । माया, दया, स्नेह र सद्भावपूर्वक घरमा पालिएको कुकुरका गतिविधि, बानीबेहोरा र घरका सदस्यहरूप्रति उसको अविच्छेद्य आशक्तिलाईर् यस उपन्यासले जीवन तुल्याएर प्रस्तुत गरेको छ । सत्यघटनालाईर् कुशल सङ्घटकले जस्तै लिपिबद्ध गरिएको प्रस्तुत उपन्यासमा कुकुरको स्वामीभक्ति, भावपूर्णता, विचारनिष्ठता र संवेदनशीलताको कौतुहलमय, आश्चर्यजनक मनोवैज्ञानिक एवम् मानवीय प्रवृत्तिपरक चित्रण गरिएको छ । प्रस्तुतीकरणको शैली जति सरल र रोचक छ, त्यत्तिकै यसको सन्देश प्रगाढ र उत्प्रेरक छ । कुकुरको निर्बोधता, निर्दोषता र आफन्तप्रतिको अटुट श्रद्धाको जेजस्तो रूप यस कृतिमा पाइन्छ, त्यो हेर्दा मान्छेले आफ्नो स्वार्थी, दम्भी र तथाकथित् सभ्य चेतनामा प्रेरणा लिनु आवश्यक देखिन्छ ।

झन्डै तीन दर्जनको हाराहारीमा पुस्तक रचना गारिसकेका स्रष्टा कविताराम श्रेष्ठ यस उपन्यासमा भाषाशैली, भावना र कथ्य तिनै दृष्टिकोणबाट प्रशंसनीय छन् । सङ्क्षिप्त रचना र विस्तृत संवेदना यस कृतिको प्रमुख उपलब्धि देखिन्छ । सामान्य पाठकदेखि विशिष्ट पाठकसम्मलाई रुचिकर बन्न सक्ने किसिमको यो उपन्यास मूलतः करुणा र आत्मीयताको मर्मस्पर्शी अभिव्यक्ति हो । घटनाको यथार्थता, प्रस्तुतीकरणको जीवन्तता, कथ्यको सकारात्मकताले यस उपन्यासलाईर् पठनीय, मननीय र सङ्ग्रहणीय तुल्याएका छन् ।

२. क्षितिजको आशय -२०६०)

युवाकवि प्रकाश सिलवालद्वारा रचित प्रस्तुत कविता सङ्ग्रहमा गद्यकविता र गीत गरी ४८ वटा रचना सङ्कलित छन् । ५२ पृष्ठमा समेटिएको यस कविता सङ्ग्रहमा उत्साही र क्रान्तिचेतना बोकेका जोशिला र विद्रोही कविता अनुभूति, परिकल्पना एवम् आदर्शले लयात्मक अभिव्यक्त पाएका छन् । आफू बााचेको युगका जटिलता र धड्कनहरूलाईर् वाणी प्रदान गर्ने उद्देश्यमा केन्दि्रत यी कवितामा राष्ट्र, राष्ट्रियता, राष्ट्रिय जीवनका अपूर्ण पक्षप्रति गम्भीर चासो देखाइएको छ । कवि प्रकाश सिलवालमा कविता केवल आनन्दानुभूति वा मनोरञ्जनका लागि लेखिने कुरा होइन, यसमा पाठकीय चेतनामा जीवनदायी उत्प्रेरणा र हलचल ल्याउनुपर्छ भन्ने धारणा पाइन्छ । यस कवितासङ्ग्रहका कविताले र स्वयम् कविको आत्मस्वीकृति ‘आत्मभाव’ ले पनि उक्त धारणाको पुष्टि नै गर्छन् । कलमलाईर् हतियार बनाएर जीवनमा बाधा बनेका अजिङ्गरहरूको विनास गर्नु कवियोद्धाको दायित्व हो भन्ने आशयको मन्तव्य उनले प्रस्तुत गरेका छन् ।

‘क्षितिजको आशय’ को कथ्यपक्षलाईर् सारसङ्क्षेपमा भन्नुपर्दा यो कृति नेपाली जनजीवन, नेपाली मन र नेपालीपनका पक्षमा रहेको भावुक कविको युगबोध हो । कृतिको पृष्ठभागमा राखिएको निम्नलिखित टिप्पणी प्रस्तुत कविताको सारभूत मूल्याङ्कन हो भन्न सकिन्छ ः

‘युवाकवि प्रकाश सिलवालका कवितामा म सङ्कटग्रस्त नेपाली जीवनका सन्तप्त चित्कारहरू सुन्दछु । यी कविताले कोमल मनका नाजुक क्षणहरूलाईर् स्पर्श गर्छन् र युगयथार्थका नकारात्मक पक्षहरूको उद्घाटन गर्छन् । हाम्रो हरियो राष्ट्रियतामाथि विष छर्दै र पात काट्दै सलबलाएका विषालु सलह देखेर जे हुनुपथ्र्यो, त्यो नभई जे नहुनुपथ्र्यो त्यही भएको देखेर व्यथित भएका कविको आदर्श समाजप्रतिको परिकल्पना पनि केही मात्रामा अभिव्यक्ति भएको पाइन्छ ।’

कवि प्रकाश सिलवाल नागरिक दायित्वबोध गरेर लेख्ने कवि हुन् । प्रतिक्रान्तिले उत्पन्न गरेको चुनौतीलाईर् स्वीकार गर्दै जीवनसङ्कटका पर्खाल भत्काउन आफूलाईर् जोखिममा पारेर पनि निरन्तर लेखन र प्रदर्शनमा लाग्ने पछिल्लो ५-१० युवा स्रष्टामा उनी देखापरेका छन् । नागार्जुन साहित्यिक प्रतिष्ठानको अध्यक्षता गर्न थालेपछि आजसम्म नै उनका यी रूप र कर्मले निरन्तरता पाएका छन् । आशावादी सोच, प्रगतिशील चेतना, यथार्थबोध र सरलसहज प्रतिबिम्बित उनका कविताका विशेषता हुन् । ‘क्षितिजको आशय’ भित्रका कविता कवि सिलवालको प्रथम चरणका प्रतिनिधिरचना हुन् । त्यसैले केही कविता सिकारु र जुझारु छन् भने उनको भावी स्रष्टा व्यक्तित्वका पूर्वसङ्केतक बनेर केही सशक्त कविता आएका छन् । नेपाली साहित्यिक क्षेत्रले प्रकाश सिलवालका रूपमा युगसचेत, साहसी र गतिशील, कर्मठ स्रष्टा र संयोजक पाएको छ ।

३. उज्यालोको खोजीमा -२०६१)

१५ पृष्ठहरूमा तयार पारिएको ‘उज्यालोको खोजीमा’ सचित्र बालनाटकका रूपमा प्रस्तुत लघुआकारको कृति हो । कमिक्सका रूपमा तयार पारिएको यो नाटक युवास्रष्टा विजयराज आचार्यद्वारा दुई घन्टामै लेखिसकिएको जानकारी पाइन्छ । बाबु र छोराबीचको मूल संवाद शैलीमा तयार पारिएको प्रस्तुत नाटक लेखक विजयराजको मनमा जनतालाईर् धोखा दिने तथाकथित् प्रजातन्त्रवादी नेताहरूप्रति उत्पन्न विद्रोह र आक्रोशको नाट्याभिव्यक्ति हो । जनताको कााधमा चढेर घरमा पस्ने र घरमा पस्नासाथ सिङ्गै घर मेरो हो र मेरै पुरुषार्थले तयार भएको हो भन्दै कब्जा जमाउन खोज्ने धोकेबाज लोभीपापी नेतृत्व वर्गप्रतिको चरम असन्तुष्टि नै यस नाटकको विषयस्रोत हो । ‘सूत्र’ द्वारा आयोजित प्रतिस्थापनकला प्रदर्शनी हेरेर फर्केपछि डेरामा बसेका लेखकले त्यसै प्रदर्शनीको उत्प्रेरणास्वरूप यस नाटकको रचना गरेको स्पष्टीकरण दिएका छन् ।

प्रस्तुत सचित्र नाटकमा जिज्ञासु छोराका प्रश्न र असन्तुष्ट बाबुका उत्तरका रूपमा -प्रश्नोत्तरशैलीमा) नेपाली युगयथार्थमध्ये राजनीतिक भ्रष्टता र त्यसबाट उत्पन्न रक्तरञ्जित जनजीवनलाईर् सङ्केत गर्दै आमजनताको मनको आक्रोशलाईर् प्रस्तुत गरिएको छ । बालनाटक भनिए पनि वास्तवमा यो बालसाहित्यका रूपमा भन्दा युवाको आक्रोशका रूपमा बढी विवेच्य छ । लेखक विजयराजको मनमा धोखेबाज नेताहरूका क्रियाकलापप्रति चरम रोष, आक्रोश र विद्रोह रहेको छ र आज पनि त्यो देख्न पाइन्छ । आफूमा रहेको त्यही भावलाईर् निकास दिने अवसरको पर्खाइमा उनी थिए र सूत्रद्वारा प्रस्तुत कलाप्रदर्शनीले उनीभित्रको त्यस पर्खाइलाईर् निकास दियो । त्यसैको परिणामस्वरूप प्रस्तुत कृति रचिएको देखिन्छ । बालजिज्ञासा र उत्तर दुवै नै मूलतः लेखक विजयराजकै चेतना, असन्तुष्टि र चाहनाका रूपान्तरण हुन् । व्यक्ति, समाज र देशप्रतिको सकारात्मक अनुराग एवम् बेइमानी, धोकाधडी र कृतध्नताप्रतिको विद्रोह नै यस नाटकको केन्द्रीय सार हो भन्न सकिन्छ ।

४. केवलपुरे किसान -२०६१)

युवा साहित्यकार विजयराज आचार्यद्वारा लेखिएको प्रस्तुत कृति सचित्र बालकथा भनिए पनि जीवनीपरक उपन्यासका रूपमा देखापर्दछ । सामान्यरूपमा पढ्दा केवलपुरे किसानले आफ्नो बारेमा आफाैले लेखेको हो कि जस्तो लाग्ने यस रचनाको लेखनशैली आत्मपरक छ । ५० पृष्ठमा तयार पारिएको प्रस्तुत कृतिमा नेपाली र सुबोध्य प्रगतिवादी साधक केवलपुरे किसानको जीवनीलाईर् सरल, सहज र सुबोध्य भाषाशैलीमा चित्रण गरिएको छ । जनकवि केवलपुरे किसान नेपाली लोकजीवनका जीवन्त अभिलेख हुन् । उनले जनताको हकअधिकार र अस्तित्वका पक्षमा जान्ने भएदेखि अनवरत सङ्घर्ष र सिर्जना गर्दै आएका छन् । देशका अधिकांश जिल्लामा जनपक्षीय गीत र कविता सुनाउादै जनमानसमा प्रगतिशील चेतनाका बीज छर्दै तथा सङ्घर्षका मैदानमा जोखिमपूर्ण यात्रा गर्दै आएका उमेरवृद्ध तर उत्साहयुवक केवलपुरे किसानलाईर् यस कृतिले बालसंसारमा चिनाउने उद्देश्य राखेको पाइन्छ ।

विजयराज आचार्यको प्रशंसनीय प्रवृत्तिमध्ये एउटा प्रवृत्तिचाहिा अग्रज स्रष्टाहरूप्रति देखावटी रूपमा मात्र सम्मान नगरी कर्मद्वारा नै सम्मान गर्नु हो । यो कृति पनि त्यस प्रवृत्तिको एउटा सार्थक रूप हो । यस कृतिका माध्यमबाट उनले बालकहरूमा आनन्द र अभिप्रेरणा दुवै दिने उद्देश्य राखेको पाइन्छ । विद्यार्थीहरूले जब यस कृतिलाईर् पढ्छन्, तब उनीहरूमा जीवनका कठिन क्षणहरूका बारेमा र त्यस्ता क्षणहरूमा गर्नुपर्ने धैर्यका बारेमा ज्ञान बढ्दै जान्छ । कुनै पनि व्यक्ति सङ्घर्षको आगोमा नखारिई महान् बन्न नसकेको तथ्य बुझाई बालबालिकामा उत्प्रेरणा जगाउन यस कृतिले सघाउाछ ।

जनकवि केवलपुरे किसान जिउादा किंवदन्तीमध्ये एक हुन् र प्रत्यक्ष कथा तथा रोचक उपन्यास पनि हुन् । उनको जीवन, सङ्घर्ष, वेदना र सक्रियता रोचक उपन्यासभन्दा कम छैनन् । त्यस्ता प्रतिभाको बाल्यकाल, युवाकाल, प्रौढकाल र वृद्धकाललाईर् कथा वा उपन्यासका रूपमा ढाल्नु, पुण्यकर्म नै हो । यस्तो पुण्यकर्म गरेर विजयराज आचार्यले अग्रजप्रति श्रद्धाको प्रस्तुत कृति बालबालिकाका निम्ति मात्र नभई सबै असल पाठकका निम्ति पठनीय छ भने केवलपरे किसानको जीवनयात्रा अधिकांशका लागि प्रेरक र अनुकरणीय छ । यो कृति पढेर यही बोध हुन्छ ।

५. मृत्युचुम्बन -२०६२)

युवासाहित्यकार यादव थपलियाद्वारा रचित मृत्युचुम्बन ६४ पृष्ठमा रचित उपन्यास हो । मृत्युलाईर् अन्तिम सत्यका रूपमा प्रस्तुत गर्ने यस उपन्यासमा प्रेमलाईर् विषयवस्तु बनाई त्यसकै केन्द्रीयतामा जीवनप्रतिको लेखकीय दर्शन प्रस्तुत गरिएको छ । मृत्युबोध नै महान् सत्य हो भन्ने धारणा लेखकले आफ्ना दृश्यचुम्बन शीर्षकको आत्मकथनमा पनि र उपन्यासको प्रमुख पात्रका माध्यमबाट पनि व्यक्त गरेका छन् ।

युवाजोस बोकेका र सृजनकर्मको निरन्तर यात्रा गरिरहेका लेखकले यस्तो निराशाजनक सत्यबोध गरेको देख्दा जीवनवादी सोच भएका पाठकलाईर् अनौठो लाग्छ । किनभने, मृत्यु जीवनको अन्तिम यथार्थ अवश्य हो, तर त्यो क्षणिक हुन्छ । सत्यका अनेक यथार्थहरू जीवनयात्रामा हुन्छन् । मृत्यु त केवल एउटा क्षणिक र काम नलाग्ने तुच्छ सत्य मात्र हो । त्यस्तो तुच्छ सत्यलाईर् नै सर्वाधिक मूल्यवान् र महान् ठान्ने काम युवालेखकबाट भएको देख्दा बौद्धिक पाठकले लेखकको जीवनमा अतृप्त र निराशाजनक घटना घटेछन् कि भन्ने अनुमान लगाउन सक्छ ।

प्रस्तुत उपन्यास पढ्दा लेखकभित्रको अन्योलग्रस्त मनोदशाको अनुभव गर्न पाइन्छ । अध्यात्मवादी प्रभावमा भोगवादी जीवनयथार्थको मिश्रण भएको उपन्यास भएकाले यस्तो अन्योल देखापरेको हो । कथाकारपात्रको मूल धागोमा झिनो आख्यान उनिएको छ भने कथाकार, कवयित्री र चित्रकार -नारी) गरी तीन पात्रको त्रिकोणात्मक चरित्रविधान गरी प्रेम, यौन, जवानी र वासनाका बीचको अन्तर्सम्बन्धलाईर् आफ्नै पारामा हेर्ने प्रयत्न उपन्यासकारले गरेका छन् । कथाकार यहााको पुरुषपात्र हो । कवयित्री र चित्रकार स्त्रीपात्र हुन् । कवयित्रीसागको प्रेम र कवयित्रीद्वारा कथाकार बलात्कृत हुनु यस उपन्यासको एक रोचक पक्ष हो भने चित्रकारसाग प्रेम र कथाकारद्वारा उसलाईर् भोग्नु र भोगिनासाथ चित्रकारले आत्महत्या -मृत्युचुम्बन) गर्नु उपन्यासको दोस्रो विस्मय पक्ष हो । यी दुवै मूल पक्षहरूका आधारमा प्रेम र यौनका रूप र भावुकताको विश्लेषण गर्ने औपन्यासिक प्रयत्न यसमा गरिएको छ । पात्रहरूभन्दा लेखक बढी बोलेको यस उपन्यासले पुरुष मात्र बलात्कारी हुादैनन्, महिला पनि खतरनाक र योजनाकार बलात्कारी हुन्छन् भन्ने कुरालाईर् उठाएको छ । प्रेम र वासनाबीचको दूरी, ईष्र्या, आकर्षण र त्यसबाट उत्पन्न द्वन्द्वको जिज्ञासामय परिचर्चा गर्नु यस उपन्यासका लेखकको रुचि देखापर्छ । तीनैजना पात्र स्रष्टा भएकाले स्रष्टाहरूबीच सृजना र रूपसौन्दर्य दुवैका कारण एकसाथ हुने आकर्षण, प्रेमविकर्षण र विछोडका सन्दर्भहरूको अनुमान पनि गर्न सकिन्छ । पाठकले धैर्यपूर्वक तथा गहिरिएर पढेमा मात्र यस उपन्यासको कथ्यलाईर् ठम्याउन सक्ने स्थिति छ । भाषाशैलीका कारण पनि र विरोधासपूर्ण संवाद एवम् आत्मलापका कारण पनि यस्तो हुनगएको देखिन्छ । केही यथार्थ, केही भावुक कल्पना र केही लेखकीय मनोरचनाको त्रिकोणात्मक समन्वयका रूपमा यस उपन्यासको रचना भएको देखिन्छ । प्रस्तुतीकरणमा लेखकीय मौलिकता देखिनु यस कृतिको उपलब्धि हो ।

६. निर्वासित चराहरू -२०६२)

निर्वासित चराहरू संयुक्त गजलसङ्ग्रह हो । नातासम्बन्धका पतिपत्नी र भावनाका मायालुहरूको संयुक्त रचनासङ्ग्रह यस कृतिको छुट्टै महत्व देखिन्छ । भूपेन्द्र तिम्सिना र मायामितु न्यौपाने जीवनसाथी मात्र नभई सृजनाका सहयात्रीसमेत हुन् । यी दुवैको साहित्ययात्रा पचासको दशकबाट सुरु भएको हो र दुवैलाईर् गजललेखनमा विशेष रुचि छ । प्रस्तुत संयुक्त गजलसङ्ग्रहमा श्रीमान् स्रष्टा भूपेन्द्रका २६ र श्रीमती स्रष्टा मायामितुका २६ गजल एवम् एक दोहोरी गजल तथा एक संयुक्त गजल गरी ५४ वटा रचना छन् । ६४ पृष्ठमा तयार पारिएको यस कृतिभित्र पतिपत्नीका भावभन्दा पनि राष्ट्रिय परिस्थिति र जटिल जीवनप्रति सचेत स्रष्टाका अनुभूति समेटिएका छन् ।

यस गजलसङ्ग्रहमा समसामयिक यथार्थका नकारात्मक पक्षप्रति स्रष्टाद्वयको सचेत दृष्टि पुगेको छ । एकतिर, आदर्श चिन्तन र अर्कोतिर कुरूप चरित्र बोकेका व्यक्तिबाट सङ्कटग्रस्त बनेको देशलाईर् यी रचनाले सङ्केत गरेका छन् । आफूहरू पति र पत्नीका रूपमा जीवनसाथी, बनेकोमा स्रष्टाहरूमा उत्साह छ भने यस जीवनयात्रालाईर् सहकार्यमूलक र सृजनात्मक बनाउादै लग्ने आपसी प्रतिबद्धता पनि छ । धुइरोधुइरो रूपमा प्रणयस्पन्दन पनि रहेका छन् भने फाट्टफुट्ट आपसमा व्यङ्ग्य पनि पाइन्छ । तर, यस्ता प्रणयराग र व्यङ्ग्यले गजललाईर् रागात्मक नै तुल्याएका छन् । नागरिक हुनुको दायित्वबोध गर्दै मान्छे हुनुको संवेदनशीलतालाईर् समेत अभिव्यञ्जित गर्न सक्नुले यी रचना संवेगात्मक बनेका छन् । स्वतन्त्रताप्रेमको आकर्षण र प्रतिबद्धता, निम्नवर्गप्रतिको सहानुभूति र संवेदनशील, राष्ट्रप्रतिको प्रेम र अनुराग, कलासाहित्यप्रतिको आकर्षण र सक्रियता यस कृतिका उज्याला पक्ष हुन् ।

केही गजलमा जीवनका कटुतम अनुभूति व्यक्त भएका छन् । त्यस्ता अभिव्यक्तिमा रचनाकारद्वयका गुनासा, कुण्ठा र नैराश्यले ठाउा पाएका छन् । तर, ती अभिव्यक्ति पलायनवादी नभई व्यथाकेन्द्र मात्र छन् । आफ्ना चाहना र अप्राप्ति, तिर्खा र अतृप्ति, मनोकाङ्क्षा र असफलताजस्ता विपर्यासंयुक्त जीवनयात्राका कारण यस किसिमका भाव जन्मेका र व्यक्तिएका देखिन्छन् । जसलाईर् स्वाभाविक नै मान्नुपर्छ । स्रष्टा भूपेन्द्रको ओज र मायामितु न्यौपानेका रागका समन्वयका रूपमा त यी रचना छादैछन्, साथमा युवासुलभ उत्साह र भावुकताले पनि यी रचना अनुप्राणित छन् ।

सारमा भन्दा निर्वासित चराहरू गजलसङ्ग्रह स्वतन्त्रताको खोजी गर्ने, अाध्यारोविरुद्ध उज्यालोका लागि आह्वान गर्ने सामाजिक बेथिती र उत्पीडन तथा राजनीतिक भ्रष्टता र कृतघ्नताविरुद्ध सन्देश छर्ने अनुभवजन्य अनुभूतिको गजलसङ्ग्रह हो । यी गजलले जीवनको सार्थकताको खोजी गर्दै सार्थक जीवनका लागि समुचित परिवेशको काव्यिक मार्ग प्रस्तुत गर्छन् ।

उपर्युक्त छवटा साहित्यिक कृति प्रकाशित गरेर नागार्जुन साहित्यिक प्रतिष्ठानले साहित्यिक जिम्मेवारीतर्फको गहकिलो प्रारम्भ गरेको छ । यी कृतिमध्ये डा. कविताराम श्रेष्ठको कृतिलाईर् छाडेर भन्नुपर्दा सबै कृति नयाा पुस्ताका स्रष्टाद्वारा रचित छन् । नागार्जुन साहित्य प्रतिष्ठान जोसिला युवा स्रष्टाबाट सञ्चालित भएकाले पनि युवालाईर् नै प्रोत्साहन र महत्व दिइएको होला भन्ने अनुमान गर्न सकिन्छ । यसबाहेक, अनुमान गर्दा प्रतिष्ठानसाग सम्बन्धित र त्यसमा सक्रियतापूर्वक संलग्न युवाका रचना छापिएका देखिनाले आफ्ना सहकर्मीलाईर् नै बढी महत्व दिने नीति बनाइएको हो कि भन्ने पनि लाग्छ । जे भए पनि राम्रो काम सक्रियतापूर्वक गरिरहेको संस्थालाईर् असल नियत राखेर हृदयदेखि धन्यवाद दिनैपर्छ । यस संस्थाले आगामी दिनमा अझै बढी कृति प्रकाशित गर्नमा सफलता पाओस् । हार्दिक शुभकामना !

केवलपुरे विशेष : नागार्जुन नौ
- प्रभात सापकोटा

‘साहित्य झुपडीहरूलाईर् हेर्ने चस्मा हो’ भनेर निर्धक्क बताउने सुपरिचित हस्ताक्षर केवलपुरे किसानलाईर् नागार्जुन -साहित्यिक त्रैमासिक, पूणर्ाङ्क ९) ले सम्मानपूर्वक प्रस्तुत गरेको छ । यसमा केवलपुरेका काव्यात्मक ‘शुभेच्छा’ हरू छन् । देवी नेपालको ‘कथाका रूपमा किसानको पुनर्जन्म’ समीक्षा पनि संलग्न छ । विजयराज आचार्यद्वारा प्रस्तुत केवलपुरे किसान -सचित्र बालकथा) चाहिा यस अङ्कको मुख्य अंश बनेको छ । यसबाहेक, केवलपुरेका केही बालगीतहरू पनि यसमा समावेश भएका छन् । अन्त्यमा, कवि केवलपुरेसागको अन्तर्वार्ता राखेर नागार्जुनले पाठकसमक्ष स्रष्टा किसानको प्रतिभालाईर् पुर्याउने प्रयास गरेको छ ।

पत्रिकाको सम्पादकीयमा चित्रमय भाषा छ । ‘विचारका देवल’ शीर्षकमा लोकभाकाको सम्पादकीय अभिव्यक्ति पनि समावेश भएको छ ।

सानो, तर फरक प्रयास नागार्जुनले गर्यो । कस्तो लाग्यो सबैलाईर् भनिदिनुपर्यो सम्पादकीयमा आग्रह छ- कस्तो लाग्यो ? भनिदिनुपर्यो । म आफ्नो विचार लेख्दैछु । सचित्र बालकथा ‘केवलपुरे किसान’ जीवनको यथार्थ परिघटना हो । विजयराज आचार्यले केवलपुरे किसानको जीवनगाथालाई बालकथाका रूपमा प्रस्तुत गरेका छन् । कविजीवनका सुखदुःखलाईर् सरल भाषामा देखाएका छन् । किसानका उहापोहलाईर् बालखुराकमा रूपान्तरण गरेका छन् ।

केवलपुरे किसान यस सचित्र बालकथाका नायक हुन् । यिनै नायकले आफूले बोलेको ढााचामा यसको कथानक अघिबढेको छ । बालबालिकाको यस कृतिलाईर् पढ्न थाल्नेबित्तिकै नायकको दुःखद् जीवनको कथा आरम्भ भएको थाहा पाउाछन् । अझ चार वर्षमै पिताको मृत्यु हुनु र आठ वर्षमा आमाबाट विछोड भएको देखिनुले त नायकको बााकी जीवन थाहा पाउन केटाकेटीहरू अत्यन्त उत्सुक हुने पृष्ठभूमि तयार गरिएको थाहा पाइन्छ । ‘त्यसपछि के भयो होला’ को खुल्दुलीसागसागै बालबालिकाले कथाको नायकलाईर् जेठाबा जेठीआमासाग बसेको, खेलेको र रमाएको देख्छन् ।

दिनभरि गाईगोठालो बन्ने र बिहानबेलुका गाउाकै भाषा पाठशालामा पढ्ने कथानायक कसैलाईर् थाहा नदिई काठमाडौा पुग्छन् । मान्छे बन्छन् । दरबार हाइस्कुलमा पढ्छन् । दुःख भोग्छन् । सुख खोज्छन् । केही नलागेपछि दुःख र खुसी रहन चाहने आशालाईर् सागसागै बोक्छन् । संस्कृत छात्रावासको आन्दोलनसागै यिनी पनि देशबाट निकालिन्छन् ।

प्रत्येक घटनाले नायकको आगामी गतिविधि थाहा पाउने चाहना प्रबल हुन्छ । अझ बनारसमा लक्ष्मीप्रसाद देवकोटासागको भेट, कवितालेखनमा सक्रियता र घर फर्किादासम्मको विषयवस्तुले त पाठकलाईर् निरन्तर चासो जगाइरहन्छ । विजयराज आचार्यले प्रस्तुत गरेका पुस्तक लेख्ने, छाप्ने र पुस्तकहरू सरकारले जफत गर्नेसम्मका घटना कम रोचक छैनन् । पत्नीशोक पर्नु, ‘आासुको पोखरी’ शोककाव्य लेख्नु, शोकलाईर् समाजमा भलो हुने काममा रूपान्तरित गर्नु आदि प्रसङ्ग पनि निकै घतलाग्दारूपमा प्रस्तुत भएका छन् । त्यसैगरी, जनतालई पढ्नलेख्नबाट वञ्चित गर्ने राणाशासनको र तीसवर्षे पञ्चायत व्यवस्थाका दुर्गुणको जानकारी पनि यस सचित्र बालकथाका सम्झनै पर्ने विषय हुन् ।

यस सचित्र बालकथाबाट बालबालिकाले ‘थोरै मान्छेमा भएको सम्पत्तिलाईर् सबैमा बााडेर बराबर पार्नुपर्छ भन्ने मुख्य पात्रको उदाहरण पाउाछन् । समझदार भावना भेट्छन् र सम्झनै पर्ने आदर्श फेलापार्छन् । कृतिमा अन्धविश्वासमाथि औालो ठड्याउने नायक देख्दा प्रौढ पाठकलाईर् पनि आाट प्राप्त हुने आधारभूमि धेरै छन् ।

अनेकौा व्यवहारका च्यापामा परेर चरित्रले धरधरी रुनुपरेको पाउादा प्रत्येक कथावाचकलाईर् भावादर््र बनाउने परिदृश्य छन् । घरबेटीको छोराले नायकको शरीरमा तातो दाल खन्याइदिएको दृश्य, चिलले हातैबाट खोसेर मासु लगेको प्रसङ्ग आदि घटना, विषय र परिवेशको उपस्थितिले कथालाईर् रोचक बनाएका छन् । ज्ञानवर्द्धक पनि बनाएका छन् ।

कथामा बालजीवन अङ्कको मात्रा केही बढाउन सकिएको भए बालबालिकाका लागि अझ रोचक हुन्थ्यो । विषय र घटना छनोट गरेर अरू केही चित्र पनि थप्नु उपयुक्त हुन्छ । ‘फेरि भेटौंला’ तुकबन्दीका निम्ति माथिल्लो पङ्क्तिमा ‘कर्दले रेटौाला’ पदावली अधिकांश केटाकेटीका लागि आङ जिरिङ्ग पार्ने हुन सक्छ । उत्तरार्द्धको उपदेशात्मक पक्षलाई अलि घटाएको भए झन् राम्रो हुनेथियो भन्ने देवी नेपालको टिप्पणी मननीय छ ।

छोरीलाईर् भात ख्वाउादा, छोरीसित गन्थन, छोरीलाईर् फुल्याउादा बालगीत तथा बालकविता पनि यसमा समावेश भएका छन् । कवि केवलपुरे किसानद्वारा लोकलयमा संरचित यी रचनाले केटाकेटीको मनोविज्ञानलाईर् कवितात्मक अभिव्यक्ति दिएका छन् । नेपालीको वीरगाथालाईर् पनि किसानले केलाएर देखाएका छन् ।

पत्रिकाको अन्त्यमा दिइएको अन्तर्वार्तामा केवलपुरे किसानसाग देवी नेपालले गरेको कुराकानी प्रस्तुत गरिएको छ । देवीले केवलपुरेसाग जन्ममिति, स्वास्थ्य, बाल्यकाल, हलोक्रान्ति, लेखनको थालनी, लेखनको उद्देश्य आदि विषयका उन्नाइसवटा प्रश्न सोधका छन् । उत्तरमा कवि किसानले व्यवहार र अनुभवसाग सम्बन्धित छोटो, मिठो, छरितो र जीवनोपयोगी विचार प्रस्तुत गरेका छन् । अन्तर्वार्ताले हामीलाईर् कविको अम्मलडुम्मल, गट्टा, डन्डिबियो आदि खेलमा रमाउने बाल्यकालीन जीवनसाग नजिक हुने अवसर दिन्छ । तीन मोहोरमा महिनाभरि भान्छे लाग्नुपर्ने समस्याको दृश्य देखाउाछ । बाहुनले पनि हलो जोत्नुहुन्छ भनेर २००६ सालमै गोरु नार्ने किसानको हिक्मत बताउाछ । कविता लेखिनुको उद्देश्य प्रगतिवादी विचारधारातर्फ उन्मुख हुनुपर्ने कारण आदि प्रश्नमा केवलपुरे किसानले दिएका गम्भीर उत्तरसाग पनि परिचित हुन सघाउाछ । पुछारमा चाहिा पुण्य कार्कीको ‘केवलपुरे किसान’ बालकविता दिइएको छ । यस कविताले किसानको सादा जीवन, उच्च विचारलाईर् सवाई लयमा प्रस्तुत गरेको छ ।

केवलपुरे विशेष : नागार्जुन नौ
- प्रभात सापकोटा‘

साहित्य झुपडीहरूलाईर् हेर्ने चस्मा हो’ भनेर निर्धक्क बताउने सुपरिचित हस्ताक्षर केवलपुरे किसानलाईर् नागार्जुन -साहित्यिक त्रैमासिक, पूणर्ाङ्क ९) ले सम्मानपूर्वक प्रस्तुत गरेको छ । यसमा केवलपुरेका काव्यात्मक ‘शुभेच्छा’ हरू छन् । देवी नेपालको ‘कथाका रूपमा किसानको पुनर्जन्म’ समीक्षा पनि संलग्न छ । विजयराज आचार्यद्वारा प्रस्तुत केवलपुरे किसान -सचित्र बालकथा) चाहिा यस अङ्कको मुख्य अंश बनेको छ । यसबाहेक, केवलपुरेका केही बालगीतहरू पनि यसमा समावेश भएका छन् । अन्त्यमा, कवि केवलपुरेसागको अन्तर्वार्ता राखेर नागार्जुनले पाठकसमक्ष स्रष्टा किसानको प्रतिभालाईर् पुर्याउने प्रयास गरेको छ ।