नागार्जुनद्वारा प्रकाशित कृतिहरूको सङ्क्षिप्त परिचय

August 19, 2005

- रामप्रसाद ज्ञवाली
नागार्जुन साहित्यिक प्रतिष्ठानले आफ्नो स्थापनाकालदेखि बहुआयामिक क्रियाकलाप गर्दै आएको छ । साहित्यिक गोष्ठी, अन्तर्संवाद, कार्यपत्रहरूको प्रस्तुति, समसामयिक विषयमा चर्चा-परिचर्चा, लोकतान्त्रिक आन्दोलनका पक्षमा सामूहिक प्रयत्नको अगुवाइ, सङ्कटपूर्ण घडीमा जोखिमपूर्ण क्रियाकलाप आदि गरेर यस प्रतिष्ठानले राष्ट्रिय जिम्मेवारीको अहम् दायित्व निर्वाह गर्दै आएको छ । नयाा पुस्ताका स्रष्टालाईर् प्रोत्साहन गर्दै उनीहरूको सिर्जनयात्रालाईर् सम्बल प्रदान गर्नु, स्थापित र सक्रिय युवा स्रष्टाहरूबाट गम्भीर र आवश्यक साहित्यिक कार्यहरू गराउनु, प्रौढ र वृद्ध अग्रज स्रष्टाहरूलाईर् सम्मान गर्नु, युगीन माग र रुचिहरूको पहिचान गरी यथासम्भव तिनका पक्षमा गतिविधि सञ्चालन गर्नु यस प्रतिष्ठानका थप विशेषता बनेका छन् । नैतिक निष्ठा र लोकतान्त्रिक साहित्य सिर्जनाका पक्षमा साहित्यकारहरूलाईर् परिचालन गर्नु यस प्रतिष्ठानका सर्वाधिक युगचतना हो । यस्ता साहित्यिक गतिविधि सञ्चालन गर्नुका साथै साहित्यिक पत्रिका र पुस्तकहरू प्रकाशित गरी यस प्रतिष्ठानले थप योगदान दिइरहेको छ । (more…)

केवलपुरे विशेष : नागार्जुन नौ

- प्रभात सापकोटा
साहित्य झुपडीहरूलाईर् हेर्ने चस्मा हो’ भनेर निर्धक्क बताउने सुपरिचित हस्ताक्षर केवलपुरे किसानलाईर् नागार्जुन -साहित्यिक त्रैमासिक, पूणर्ाङ्क ९) ले सम्मानपूर्वक प्रस्तुत गरेको छ । यसमा केवलपुरेका काव्यात्मक ‘शुभेच्छा’ हरू छन् । देवी नेपालको ‘कथाका रूपमा किसानको पुनर्जन्म’ समीक्षा पनि संलग्न छ । विजयराज आचार्यद्वारा प्रस्तुत केवलपुरे किसान -सचित्र बालकथा) चाहिा यस अङ्कको मुख्य अंश बनेको छ । यसबाहेक, केवलपुरेका केही बालगीतहरू पनि यसमा समावेश भएका छन् । अन्त्यमा, कवि केवलपुरेसागको अन्तर्वार्ता राखेर नागार्जुनले पाठकसमक्ष स्रष्टा किसानको प्रतिभालाईर् पुर्याउने प्रयास गरेको छ ।
पत्रिकाको सम्पादकीयमा चित्रमय भाषा छ । ‘विचारका देवल’ शीर्षकमा लोकभाकाको सम्पादकीय अभिव्यक्ति पनि समावेश भएको छ । (more…)