नागार्जुनको चिठी

August 21, 2005

सिर्जनशील युवाजोश र जाँगरकै एउटा प्रयासका रूपमा विसं २०५६ मा स्थापित विशुद्ध साहित्यिक संस्था नागार्जुन साहित्यिक प्रतिष्ठानले आफ्ना गतिविधि, साहित्यिक सिर्जना र विविध विधा एवम् व्यक्तित्वमा केन्दि्रत रहेर विशेष प्रकाशनहरू पाठकमाझ नागार्जुन त्रैमासिक पत्रिका मुखपत्रका रूपमा प्रस्तुत गर्दै आएको हो । यसै क्रममा यो अङ्क प्रतिष्ठान विशेषाङ्कका रूपमा प्रकाशित भएको हो । नागार्जुनको इतिहासमा संस्थाका विभिन्न गतिविधिलाई अन्वेषक, द्रष्टा, सहभागी र स्वयम् अभियन्ताका कलमबाट अभिसिर्जित गरी पहिलोपटक आफ्नैबारे विशेषाङ्क प्रकाशित गर्न पाएकोमा हामीलाई हर्ष लागेको छ । र पाठकको यसमा विमति नहुने अपेक्षा लिएका छौ ।
नागार्जुन सिर्जना, सम्प्रेषण र वैचारिक साहित्यिक अभियानको एउटा साधक मञ्च हो । यसले अहिलेसम्म केके गर्यो, यसका गतिविधिले कस्ता लाभ हासिल गरेे, नेपाली साहित्यले र अझ विशेषगरी नवस्रष्टाले- विशेषाङ्कमा यस्ता थुप्रै जिज्ञासाका उत्तर एकसाथ दिने प्रयत्न गरिएको छ । समय र सन्दर्भको घचेट्याइले हामीलाई अत्यावश्यक कतिपय रचना समेट्न अवसर दिएन । त्यसमा दुःखसाथ याचना माग्न तत्पर छौं ।
युवा जमातका कतिपय प्रयास गल्तीविहीन अवश्य हुँदैनन् । काम गर्नेले नै गल्ती गर्छ, गल्ती गर्नेले नै बढी सिक्न सक्छ, अघिबढ्न सक्छ । हामीमाथिका सकारात्मक प्रतिक्रियालाई मात्रै सुन्न उत्सुक पनि छैनौ । यहाँसम्मको यात्राको मूल ध्येय र लाभ यही हो । हामी निर्भयताका साथ आफ्ना अभियानमा लागिरहेका छौँ । हामी आफ्ना लक्ष्य र अडानप्रति किन पनि ढुक्क र प्रतिवद्व छौँ भने हाम्रा औँला परिपक्व साहित्यिक हातहरूबाट डोहोर्याइएका छन्, हाम्रा आङ प्रशस्त ढाडस र धन्यवादले उत्साहित छन् । त्यसमा तपाईको पनि हात छ । हाम्रा पाइला कैयन् सहयात्री र नवीनतम स्रष्टाका साथसाथ यो वा त्यो प्रकारबाट अग्रता दिइरहेछन् ।
प्रतिष्ठानले आफ्नो छैटौं वर्ष प्रवेशको अवसर पारेर विशेषाङ्क प्रकाशित गरेकोलाई अध्ययनमनन् गरी सदाझैँ यहाँहरूबाट रचनात्मक सुझाव प्राप्त हुने विश्वासका साथ आशाको पोल्टो थाप्दै यस अङ्कलाई यत्ति नै ।

Comments »

The URI to TrackBack this entry is: http://nagarjun01.blogsome.com/2005/08/21/1-11/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>