नागार्जुन छ वर्षे यात्रा र गन्तव्य
August 19, 2005- प्रकाश सिलवाल
पृष्ठभूमी
‘सिर्जनात्मक संयोजनका लागि समीचीन सदन’ को लक्ष्यसहित सामाजिक जीवनमुखी साहित्यको निर्माणको एउटा पाटो हो - नागार्जुन । जसले छ वर्ष व्यतीत गरेको छ । यसको गन्तव्य यात्राका लागि साहित्य, कला र संस्कृति नै प्रेरणाका पुञ्ज हुन् । जहाँ विचारको पुजा गरिन्छ । वास्तवमा समाजसेवामध्येको साहित्यिक बाटो विशुद्ध र सशक्त माध्यम हो भन्ने मान्यतामा लामबद्ध युवाहरूको सक्रियतामा यो प्रतिष्ठानको स्थापना २०५६ सालमा भएको हो । त्यतिबेलादेखिको यसैसँगको एक यात्रीको हैसियतमा म भन्छु- यो नयाँ इतिहाँसको रेखा कोर्न र विगतको आफ्ना सत्कर्मको संरक्षणमा उन्मुख भएको छ ।
प्रतिष्ठान गठनका लागि बाइसधारा बगैँचामा भएको पहिलो भेलाले बालाजुमाथिको डाँडोसँग तादाम्य राखियो । तत्कालीन तदर्थ समितिमा अध्यक्ष वैरागी जेठा, उपाध्यक्ष सन्तोष घिमिरे, सचिव प्रकाश सिलवाल, कोषाध्यक्ष नवीन -नरहरि) सिलवाल र सदस्यहरू उमा खत्री र मोहन खत्री हुनुहुन्थ्यो । यसबीचमा केही समय भए पनि सुमनराज पाण्डे, रामप्रसाद क्षितिज, सन्मान चेम्जोङ ‘स्वप्नील’, र दीपक खनालले सहभागिता जनाउनुभयो । स्थापनाको झन्डै दुई वर्षपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा विधिवत् दर्ता भएको प्रतिष्ठानको संस्थापक कार्यसमितिमा जेठा र सिलवाल क्रमशः अध्यक्ष र सचिव नै रहनुभयोे । त्यस्तै, कोषाध्यक्षमा सूर्यविनोद कुइँकेल र सदस्यमा चेतनाथ धमला, सदस्य यादव थपलिया, मायामितु न्यौपाने र भरत शर्मा हुनुभयो ।
उद्देश्य
-क) सामाजिक जीवनमुखी दृष्टिकोण र प्रगतिउन्मुख साहित्यको विकासका निम्ति प्रयासरत रहने ।
-ख) वाद-प्रतिवाद र संवादको थलोको रूपमा संस्थालाई उभ्याउने ।
-ग) साहित्यिक प्रतिनिधिमूलक पत्रपत्रिकाको सम्पादन/प्रकाशन गर्ने ।
-घ) नवप्रतिभाको भावना र प्रस्फुटित रचनालाई प्रोत्साहित गर्ने ।
-ङ) मोफसलका साहित्यिक प्रतिभालाई उत्प्रेरणा जगाउने ।
-च) साहित्य, कला एवम् संस्कृतिका क्षेत्रमा सकारात्मक सहयोग गर्ने खालका विविध रचनात्मक एवं अन्तर्सन्लापमुखी कार्यक्रम गर्ने । आदि
गतिविधि
-क) त्रैमासिक पत्रिका प्रकाशन
-ख) साहित्यिक कार्यक्रम
-ग) ‘कलम बचाऊ’ अभियान
-घ) पुण्यप्रसाद स्मृति कोष तथा पुण्यप्रसाद स्मृति पुस्तकालय स्थापना
-ङ) वाषिर्क रचना र प्रकाशन पुरस्कार
-च) प्रकाशन
-छ) नियमित अन्तर्मन्थन
-ज) छन्दकविता लेखन प्रशिक्षण
-ञ) काव्यवाचनकला प्रशिक्षण
-ट) शुभ प्रभात काव्य गोष्ठी र सम्मान
-क) त्रैमासिक प्रकाशन
प्रतिष्ठानको मुखपत्रको रूपमा प्रकाशित नागार्जुनको पहिलो अङ्क २०५८ -कात्तिक-पुस) बाट सुरु भयो । नागार्जुनले हरेक अङ्क विशेषाङ्क बनाउने चेष्टा गरेको छ । यसको मुख्य आर्थिक स्रोत विज्ञापन र बिक्रीलाई मानिएको छ । साथै, अङ्कपिच्छे कार्यसमितिको निर्णयअनुसार गरिने सहकार्यलाई पनि यसको अर्काे पक्ष मानिएको छ ।
-अ) पहिलो अङ्क ः यस अङ्कमा नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानका उपकुलपति मोहन कोइरालाका अतिरिक्त अन्य व्यक्तित्वको शुभेच्छा थियो । जसको सम्पादकीयमा- ‘साहित्यिक पत्रिकाहरू विधागत साहित्यको प्रतिनिधित्व गराउनबाहेक बहस, टिप्पणी तथा अन्तर्सन्लापमुखी नदेखिएकोबाट हामीहरू पृथक्रूपमा अघिबढ्न खोजेका छौँ, तथापि हामी कसैप्रति द्वेष/भेद व्यक्त गर्न अनिच्छुक छौँ’ भनिएको मान्यता अद्यावधि छ । साथै, यस अङ्कमा सो वर्ष प्रदान गरिएको साहित्यतर्फको नोबेल पुरस्कार प्राप्त गर्ने भारतीय लेखक भीएस नैपलको विवादास्पद अभिव्यक्तिमाथि टिप्पणी थियो । त्यस्तै, हिमशिखर फाउन्डेसनको विराट कविता महोत्सवको राम्रा-नराम्रा पक्षको चिरफार पनि थियो । सो अङ्कमा नागार्जुनका शुभेच्छुकहरू रामशरण घिमिरे, केबी खड्का, डिल्ली शर्मा, विष्णु पौडेल, विष्णु पनेरु र लेखनाथ श्रेष्ठले ‘सदा फुलिरहोस्’ भन्ने शुभेच्छाले प्रतिष्ठानलाई थप प्रेरणा दिलाएको थियो, जसमा भनिएको थियो- ‘नागार्जुन साहित्यिक सँगालोले नागार्जुन पहाडको शिखरमा रहेको जामाचोक भ्युटावरबाट देखिने सुन्दर नगरी कान्तिपुर र यस सहरदेखि बाहिरी भागमा रहेका तरकारी, फलफूल तथा अन्नबालीले ढकमक्क भरिएको खेतबारीहरू तथा स-साना बनेलीहरू, शिवपुरी तथा यसका आमुन्ने-सामुन्ने मुखामुख गरिरहेका महाभारत पर्वतहरू र यिनै पर्वतहरूबाट निस्केर बग्ने बाग्मती, विष्णुमतीलगायतका थुप्रै नदीले दिने मनमोहक आस्वादन पाठकलाई प्राप्त गराउन सक्ने कुरामा पूर्णरूपले आशावादी छौँ ।’
-आ) दोस्रो अङ्क ः नागार्जुनको दोस्रो अङ्कमा ‘भाषासम्बन्धी संवैधानिक व्यवस्था र परिवर्तनका बुँदाहरू’ शीर्षकमा अधिवक्ता एवम् कानुन सङ्कायका प्राध्यापक युवराज सङ्ग्रौलाको लेख नै केन्द्रबिन्दु रहेको थियो । सो अङ्कको अर्को आकर्षण प्रतिष्ठानका सल्लाहकार एवम् अभियान साहित्य प्रतिष्ठानका अध्यक्ष रामप्रसाद ज्ञवालीको विचारप्रधान अन्तर्वार्ता हो ।
-इ) तेस्रो अङ्क ःनागार्जुनको तेस्रो अङ्क साहित्यिक पत्रकारिता- विशेषको रूपमा आएको छ, जसमा साहित्यिक पत्रकारितासम्बन्धी विविध आयामका साथ दाहाल यज्ञनिधि, देवीप्रसाद सुवेदी र भरतराज पीडित आदिका विचार छन् । जसले साहित्यिक पत्रकारिता समयानुकूल हुनुपर्नेमा जोड दिएको थियो ।
-ई) चौथौ अङ्क ः नागार्जुनको चौथो अङ्क डा. कविताराम श्रेष्ठको ‘कुकुरको कथा’ लघुउपन्यास विशेषाङ्कको रूपमा प्रकाशन गरियो ।
-उ) पाँचौँ अङ्कः पाँचौँ अङ्क नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान- विशेषको रूपमा आएको थियो, जसमा सो प्रतिष्ठानका कमीकमजोरी, उपलब्धि, प्रकाशनका फेहरिस्त आदिका साथ सदस्यसचिव डा. तुलसीप्रसाद भट्टराईको अन्तर्वार्ता समावेश छ ।
-ऊ) छैठौँ अङ्कः नागाजुर्ृनको छैठौँ अङ्क नुवाकोटका आधुनिककालीन स्वर्गीय कवि पुण्यप्रसाद सिलवाल विशेषाङ्कको रूपमा आएको थियो, जसमा सिलवालको २०२४ सालमा प्रकाशित ‘तिम्रा आँसुका थोपाहरू’ को प्रकाशन, त्यसमाथिका समालोचना थिए ।
-ऐ) सातौँ अङ्क ःनागार्जुनको सातौँ अङ्क ‘कलम बचाऊ अभियान’ अन्तर्गत कवि पूर्णविराम विशेषाङ्कको रूपमा आयो । साजसज्जाका दृष्टिले पनि यो अङ्क आकर्षक भयो । सुरक्षाकर्मीले बिनाकारण स्रष्टाहरूलाई पक्राउ गर्ने र यातना दिने क्रममा पूर्णविराम र नवीन विभासहरू परे । उहाँहरूको रिहाइका लागि प्रतिष्ठानले सञ्चालन गरेको हस्ताक्षर सङ्कलन/विज्ञप्तिका साथै एघार साहित्यिक संस्थाका आवाज यस अङ्कमा छन् ।
-एै) आठौँ अङ्क ः नागार्जुन आठौँ अङ्क ‘बालसाहित्य विशेष’ को रूपमा आयो । यसमा बालसाहित्यको सम्भावना, चुनौती विषयक कार्यक्रम र टिप्पणी, रमेश विकलसँगको भलाकुसारी र बालपयोगी रचना छन् । विवेक सिर्जनशील प्रकाशन प्रालिको सहकार्यमा यो अङ्कले व्यापकता पायो ।
-ओ) नवौँ अङ्क ः यो अङ्क ‘केवलपुरे विशेष’ को रूपमा आयो । यसमा किसानलाई सचित्र बालकथामा उतारिएको छ ।
-औ) दसौँ अङ्क ः नागार्जुन दसौैँ अङ्क ‘सञ्चारमा साहित्य विशेष’ अङ्कको रूपमा आएको छ । यसमा सञ्चार र साहित्यबीचको अन्तरसम्बन्ध गाँसिएको छ । मूल लेखको रूपमा गोरखापत्रका कार्यकारी सम्पादक विजय चालिसेको कार्यपत्र रहेको छ । यस अङ्कदेखि नागार्जुनले एक वेभपेज पनि निर्माण गरेको छ । जसको ठेगाना धधध।नभयअष्तष्भक।अom्यगचलबनबचवगल रहेको छ ।
-अं) एघारौ अङ्क ः यो अङ्क लामो प्रयत्न पछि ‘श्यामप्रसाद शर्मा विशेष’ को रूपमा प्रकाशित छ । यसमा शर्माका बारेमा विविध पक्षबाट इतिवृत्त समेट्ने प्रयास भयो ।
-अः) बाह्रौ अङ्क ः यो अङ्क संस्थाको आफ्नै ‘ छैटौ वाषिर्कोत्सव विशेष’ को रूपमा -तपाईको हातमा) प्रकाशित छ ।
-ख) साहित्यिक कार्यक्रम
यस संस्थाको अर्को सक्रियताको पाटो विभिन्न साहित्यिक कार्यक्रम र अन्तक्रिर्या कार्यक्रम हो । स्थापनाको दुई महिना नबित्दै यसले कविगोष्ठीबाट आफ्नो क्रियाकलाप सुरु गरेको हो । जसलाई सङ्क्षेपमा उललेख गरिएको छ ।
-१) बाइसधारा काव्यगोष्ठी
यो कार्यक्रम बालाजु बाइसधारामा २०५६ जेठ ८ गते गरिएको थियो । कार्यक्रममा दुई दर्जनभन्दा बढी कविले कविता वाचन गरेर बगैँचालाई कवितामय बनाएका थिए । कार्यक्रम भानुजयन्तीको अवसर पारेर भानुको सालिकनजिकै गरिएको थियो ।
-२) प्रतिनिधि कवितावाचन तथा अन्तक्रिर्या
युवाकविका कवितावाचन तथा तिनमाथि विज्ञको टिप्पणी गर्न २०५७ साउन २८ गते आयोजना गरिएको यो कार्यक्रम प्रस्फुटन परिवारको कार्यालय -जमल) मा गरिएको थियो । जसमा चालीसको दशकपछिका विभिन्न कविका कवितामाथि त्रिवि नेपाली विभागका करणप्रसाद घिमिरे, डा. माधवप्रसाद पोखरेल, रामप्रसाद ज्ञवाली, मञ्जुल आदिले मन्तव्य प्रकट गर्नुभएको थियो ।
-३) ँपुतली र झुसिल्कीरा’ को विमोचन
यस प्रतिष्ठानका सल्लाहकार एवम् अभियान साहित्य प्रतिष्ठानका अध्यक्ष रामप्रसाद ज्ञवालीको कविताकृति ‘पुतली र झुसल्कीरा’ को विमोचन कार्यक्रम २०५९ वैशाख २८ गते प्रज्ञाभवनमा गरियो, जसमा उल्लेख्य सहभागिता थियो ।
-४) ँफूलको लासमाथि’ अन्तक्रिर्या
युवाकवि पदम गौतमद्वारा लिखित कवितासङ्ग्रह ‘फूलको लासमाथि’ मिति २०५९। ५।१८ गते शिक्षा पत्रकार समूह, अनामनगरमा एक अन्तक्रिर्या कार्यक्रम सम्पन्न गरियो ।
-५) ँपरिवर्तित आमसञ्चार र साहित्यिक पत्रकारिता’ बारे अन्तर्सन्लाप
नागार्जुनले परिवर्तित आमसञ्चारको सन्दर्भमा साहित्यिक पत्रकारिताको खोजी गर्न २०५९ माघ ४ गते एक अन्तर्संवाद कार्यक्रमको आयोजना गर्यो । जसले साहित्यिक पत्रकार सङ्घको पुरातनवादी तथा गैरव्यावसायिक क्रियाकलापका बारेमा आलोचनासहित मूलधारको साहित्यिक पत्रकारिता ओझेलमा परेको निस्कर्ष निकाल्यो । यसै कार्यक्रमलाई आधार मानेर रेडियो सगरमाथाले एक साहित्यिक डबली कार्यक्रम गरेको थियो ।
-६) वसन्त काव्यगोष्ठी
नागार्जुन साहित्यिक प्रतिष्ठानले नयाँ वर्ष २०६० को अवसर पारेर काठमाडौँको बानियारटार चौतारोमा एक काव्यगोष्ठी सम्पन्न गर्यो । कार्यक्रममा वाचित रचनाहरू एचबीसी एफएम ९४ को ‘जदौ’ कार्यक्रममा प्रसारण भएको थियो ।
-७) चौथो वाषिर्कोत्सव कार्यक्रम
नागार्जुनले स्थापनाको चौथो वर्षमा पहिलोपटक समारोहका साथ वाषिर्कोत्सव मनायो । कार्यक्रममा नागार्जुन वाषिर्क रचना पुरस्कार क्रमशः कमला थापा र सन्मान चेम्जोङलाई प्रदान गरियो । कार्यक्रममा प्रमुख अतिथि गोविन्द भट्टले नागार्जुनको पुण्यप्रसाद विशेषाङ्क र कवयित्री ऋचा ढुङ्गेलको कवितासङ्ग्रह ‘कविश’ को विमोचन गर्नुभयो । यो कार्यक्रम २०६० असार २७ गते सम्पन्न भएको थियो ।
-८) ँपहाड हाँस्दा पहिरो जान्छ’ को विमोचन
कवि तथा पत्रकार स्वागत नेपालकृत ‘पहाड हाँस्दा पहिरो जान्छ’ को विमोचना कार्यक्रम मिति २०६० भदौ २० गते गरियो । कार्यक्रममा वरिष्ठ साहित्यकार निनु चापागाई प्रमुख अतिथि रहनुभएको थियो ।
-९) ँयात्राको एउटा दृश्य’ माथि अन्तक्रिर्या
कवि एवम् प्रगतिशील लेखक सङ्घका कोषाध्यक्ष मातृका पोखरेलको कविताकृति ‘यात्राको एउटा दृश्यमाथि’ मिति २०६० माघ ४ गते विश्वभाषा क्याम्पस हलमा एक अन्तर्त्रिmयात्मक कार्यक्रम गरियो ।
-१०) विचारविमर्श तथा विमोचन
साहित्यकार विष्णु प्रभातका व्यङ्ग्य कृतिहरू ‘खुराक’, ‘खुसखुस कम्पनी’ माथि विचारविमर्श र राजेन्द्रकुमार आचार्यको ‘केन्द्रीय नेपाली शब्दकोष’ को विमोचन गर्न २०६० माघ १० गते एक कार्यक्रमको आयोजना गरियो ।
-११) शुभ प्रभात काव्यगोष्ठी र सम्मान
५४ औँ प्रजातन्त्र दिवसको बिहानी देखि प्रतिष्ठानले २०६० फागुन ७ गते भृकुटीमण्डपको खुला चौरमा ‘शुभप्रभात कविगोष्ठी’ को सुरू गरेको हो । हाल माघ १९ पछि मासिक रूपमा हरेक शनिबार विहान ‘मुक्तिका लागि कविताको प्रयत्न’ को उद्घोषसहित नियमित छ । सुरूको कार्यक्रममा तत्कालीन सूर्यबहादुर थापा सरकाले सहरमा दङ्गा क्षेत्र तथा निषेधितक्षेत्र घोषित गरेको अवस्थामा पनि खुलाचौरमा गरिएको सो कार्यक्रमा कवि पूर्णविरामले आफ्नो जेलजीवनबारे संस्मरण सुनाउनुभएको थियो । गोष्ठीबाट लोकतान्त्रि चेतना विस्तारमा थप टेवा पुगोस् भन्ने हेतुले यस वर्षदेखि वाचित कविताहहरू मध्ये एकलाई सम्मान गर्ने निर्णय भए अनुसार पहिलो सम्मान-२०६२ ‘विसे नगर्चीको वयानं कविताका लागि कवि श्रवण मुकारूङलाई दिइने तय भएको छ ।
-१२) बुटवलमा कार्यक्रम
नागार्जुनले आफ्ना गतिविधिलाई मोफसलमा पनि विस्तार गर्ने सोचअनुरूप बुटवल र झापामा दुई कार्यक्रम सम्पन्न भए । नागार्जुन साहित्यिक प्रतिष्ठानद्वारा बुटवलमा पहिलोपटक आयोजित गायक विनोद पछाईंको ‘लाली’ एल्बममाथि अन्तर्त्रिmया कार्यक्रममा सहभागी वक्ताले साहित्य र पत्रकारितामा जस्तै सङ्गीतमा पनि राष्ट्रियस्तरमा उठाउन सकिने औँल्याए । उनीहरूले विभिन्न सङ्गीतकर्मी तथा सञ्चारकर्मीहरूले बुटवललाई सङ्गीतको मुहान बनाउन सकिनेमा जोड दिए ।
-१३) झापामा कार्यक्रम
यस प्रतिष्ठानकी उपाध्यक्ष मायामितु न्यौपाने र सदस्य भूपेन्द्र तिमल्सिनाको संयोजनमा मिति २०६१ वैशाख ३१ गते भापाको दमकमा एक कार्यक्रमको आयोजना गरियो । कार्यक्रम उहाँहरूको निवासमै भए पनि उल्लेख्य सहभागिता रहेको थियो । कृष्ण धरावासीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रम ‘सिर्जनात्मक भेला’ को रूपमा सञ्चालन भएको थियो ।
-ग) नियमित अन्तर्मन्थन तथा थप गतिविधि
नागार्जुन साहित्यिक प्रतिष्ठानले हरेक शुक्रबार कुनै विषयमा छलफल तथा गोष्ठी एवम् आपसी भेटघाट गर्ने कार्यको थालनी गरेको छ । जसअन्तर्गत मोती जयन्तीका अवसरमा कविगोष्ठी, प्रज्ञाप्रतिष्ठानको गठनबारे छलफल, गजल अन्तक्रिर्या, निबन्धकृति ‘पूणिर्माको रात’ माथि अन्तक्रिर्या, सञ्चारमा साहित्य विषयक गोष्ठी
-साहित्यिक पत्रकार सङ्घसँग संयुक्त), शुभकामना कविगोष्ठी -भक्तपुर साहित्य समाजसँग संयुक्त), तथा विजयादशमीलाई हेर्ने दृष्टिकोणमा बहस, प्रथम गजलकाव्य ‘कुन्ती’ माथि परिचर्चा र लक्ष्मीपूजा तथा देवकोटा जयन्तीमा पनि कार्यक्रमको आयोजना गरेको थियो । त्यसैगरी लोकतन्त्रवादी स्रष्टालाई पनि यस कार्यक्रममा भेला गराई एक भेला आयोजक समिति गठन गरिएको छ ।
क) ँसञ्चारमा साहित्य’ विशेषाङ्क विमोचित
नागार्जुन त्रैमासिकको दसौँ अङ्क -सञ्चारमा साहित्य विशेषाङ्क) गत पुस ८ गते नेपाल पत्रकार महासङ्घको सभाकक्षमा विमोचित गरियो । प्रतिष्ठानका सल्लाहकार दाहाल यज्ञनिधिले विमोचन गर्नुभएको सो कार्यक्रमको सभापतित्व महासङ्घका तत्कालीन महासचिव विष्णु निष्ठुरीले गर्नुभएको थियो । कार्यक्रममा प्रेसकाउन्सिलका सदस्य विश्वविमोहन श्रेष्ठ, साहित्यिक पत्रकार सङ्घका सभापति राधेश्याम लेकाली, राससका सम्पादक प्रमोद प्रधानले मन्तव्य प्रकट गर्नुभयो ।
-ग) उत्तरआधुनिकतावादबारे प्रवचन
नागार्जुन र अक्षर अध्ययन बिन्दुको संयुक्त आयोजनामा गत फागुन २१ गते ‘उत्तरआधुनिकतावाद के हो ?’ भन्ने विषयमा प्रवचन तथा प्रश्नत्तोर कार्यक्रम गरियो । जसमा निनु चापागाइले मुख्य प्रवचन दिनुभएको थियो ।
घ) कलम बचाऊ अभियानदेखि लोकतन्त्रवादी स्रष्टाको भेलासम्म
नागार्जुन स्वतन्त्रताका लागि पहुँचले भ्याएसम्म क्रियाशील रहेको छ । लेखेकै आधारमा कुनै स्रष्टाले सत्ता वा विद्रोहीका तर्फबाट प्रहार खेप्नुपर्ने स्थितिको अन्त्य हुनुपर्छ भन्ने प्रतिष्ठानको दृढ मान्यता रहिआएको छ । यसै सन्दर्भमा प्रजातन्त्र पुनस्र्थापनापछि विभिन्न समयमा राज्यको नियन्त्रणमा परेका प्रगतिशील कवि पूर्णविरामलाई सादा पोसाकमा आएका सुरक्षाकर्मीले गत भदौ १२ गते नियन्त्रणमा लिएपछि प्रतिष्ठानले उहाँको रिहाइका लागि भदौ २० गतेबाट हस्ताक्षर अभियान सञ्चालन गर्यो । त्यसैगरी, मिति २०६१ साल पुस २ गते यस नागार्जुन साहित्यिक प्रतिष्ठानको संयोजनमा लोकतन्त्रका पक्षधर स्रष्टाहरूको दोस्रो भेला सम्पन्न भयो । भेलाले अघिल्लो साता गठन गरेको अवधारणा तयारी समितिबाट प्रस्तुत अवधारणपत्रलाई संशोधनसहित पारित गर्यो । जसमा लोकतन्त्रको उच्चतम रूप गणतन्त्रसम्म हुने र यसमा सहमत हुने सबै सिर्जनधर्मी समेटेर ‘लोकतान्त्रिक साहित्यकार सङ्घ’ गठन गर्ने उल्लेख छ । साथै, तत्कालका लागि एघार सदस्यीय एक भेला आयोजक समिति गठन भएको छ । जसको संयोजकमा हरिगोविन्द लुइँटेल रहनुभएको छ ।
-ङ) पुण्यप्रसाद स्मृति सेवा समिति र पुस्तकालय
नागार्जुनले सातौँ अङ्कमा नुवाकोटका आधुनिककालीन कवि स्वर्गीय पुण्यप्रसाद सिलवाल विशेष सामग्री प्रकाशन गरेको थियो । सिलवालको स्मृतिका लागि प्रतिष्ठानले पुण्यप्रसाद स्मृतिकोष स्थापना गरेको हो । जसमा उहाँकी धर्मपत्नी श्रीमती सान्नानी सिलवालले नगद रु. ५००१ प्रदान गर्नुभएको छ । यसैगरी, सरकार संस्कृति तथा पर्यटन मन्त्रालयबाट २५ हजारको अनुदान प्राप्त भएको छ । र, अन्य सहयोगको क्रम जारी छ ।
कोषले वाषिर्करूपमा सम्मान/पुरस्कार वितरण सिलवालका बाँकी पाण्डुलिपिको प्रकाशन, कविताकृतिको पुनः प्रकाशन, गीतहरूको रेकर्डिङ गर्नुका साथै उहाँको जन्मस्थल नुवाकोटको श्रीजनज्ञान निकेतन मावि थानापतिमा स्थापित पुस्तकालयको संरक्षणको लक्ष्य लिएको छ ।
-च) वाषिर्क रचना पुरस्कार
नागार्जुन त्रैमासिक नाफामूलक पत्रिका नभएकाले यसले लेखकहरूलाई हालसम्म पारिश्रमिक उपलब्ध नगराएको भए पनि लेखकहरूको सम्मानका लागि वर्षभरि छापिएका अङ्कबाट कुनै विधाका रचनालाई वाषिर्कोत्सव कार्यक्रममा वितरण गरिने यो पुरस्कारको राशि हाललाई नगद रु. १००१ र प्रमाणपत्र रहेको छ । पुरस्कारबाट पहिलोपटक पुरस्कृत हुनेहरू कमला थापा र सन्मान चेम्जोङ -स्वप्नील स्मृति रहेका छन् भने २०६१) का लागि समालोचना विधातर्फ श्रीहरि फुँयाल र आरएम डङ्गोललाई संयुक्तरूपमा प्रदान गरियो । यसमा शर्माका बारेमा विविध पक्षबाट इतिवृत्त समेट्ने प्रयास भयो । यसै गरी वि.सं. २०६२ का लागि जीवनी विधा तर्फ धर्मराज अधिकारीलाई यो पुरस्कार दिइने निर्णय भएको छ ।
-छ) वेभसाइट
सूचना र प्रविधिको युगसँग सँगै हिँड्ने क्रममा यस प्रतिष्ठान पनि वेभसाइटमा प्रवेश गरेको छ । प्रायः नागार्जुनका हरेक अङ्क, संस्थाका चिनारी र अन्य साहित्यिक सूचना राख्ने यसको ठेगाना धधध।नभयअष्तष्भक,अom्यगचलबनबचवगल रहेको छ ।
-ज) प्रकाशन
प्रतिष्ठानले त्रैमासिक पत्रिका प्रकाशनका अतिरिक्त अन्य कृतिको प्रकाशन कार्य पनि थालेको छ । तर प्रतिष्ठान आफैँले सम्पूर्ण लगानी गरेर त्यस्ता पुस्तक प्रकाशन गर्ने अवस्था भने छैन । जसअन्तर्गत हालसम्म डा. कविताराम श्रेष्ठको उपन्यास ‘कुकुरको कथा’, प्रकाश सिलवालको ‘क्षितिजको आशय’, विजयराज आचार्यको नाटक र जीवनी क्रमशः ‘उज्यालोको खोजीमा’ र ‘केवलपुरे किसान’, यादव थपलियाको उपन्यास ‘मृत्युचुम्बन’, र मायामितु न्यौपाने र भूपेन्द्र तिमल्सिानाको गजलकृति ‘निर्वासित चराहरू’ प्रकाशित भएका छन् । प्रतिष्ठानले प्रकाशनका लागि सदस्य लेखकहरूलाई नै प्राथमिकता दिने नीतिअनुरूप ०६२ मंसिर मसान्तभित्र आफ्ना सदस्यहरूका अन्य थप कृति प्रकाशन गर्दैछ । ती प्रकाशनमध्ये हरेक वर्षको मङ्सिर मसान्तमा एक ‘नागार्जुन वाषिर्क प्रकाशन पुरस्कार’ प्रदान गरिने निर्णय पनि संस्थाले
-झ) काव्यवाचन र छन्दलेखनकला प्रशिक्षण
नागार्जुनको आयोजनामा गत २०६१ चैत २२ देखि २०६२ वैशाख १० सम्म १५ दिने ‘काव्यवाचनकला’ कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा वाचनकलाका सम्बन्धमा सैद्धान्तिक एवम् व्यावहारिक ज्ञान दिलाई कवितावाचनमा युवापुस्ताको आकर्षण र सामथ्र्य बनाउने प्रयास प्रारम्भ भएको छ । विज्ञहरूका अनुसार नेपाली वाङ्मयमा यस्तो प्रकृतिको प्रयास पहिलोपटक भएको हो । त्यसैगरी मिति २०६२ असार ५ गतेदेखि १६ गतेसम्म छन्द लेखनका प्रशिक्षण गरियो । प्रशिक्षणमा रामप्रसाद ज्ञवाली र देवी नेपालले प्रशिक्षण दिनुभएको थियो ।

