नागार्जुनको शुक्रबारे शृङ्खला
August 19, 2005- भूपेन्द्र तिमल्सिना
नागार्जुनसँगको भेटलाई साहित्यिक अनुष्ठानका रूपमा विकास गर्दै थोर-बहुत उपलब्धि हातपार्ने सोच जाग्यो हामीमा । साहित्यिक गतिविधिलाई भ्याए र सकेसम्म अधिकतम चलायमान बनाउँदै लग्ने महत्त्वाकाङ्क्षा जुटायौँ । सानो कोठामै भए पनि ‘दाहालको दैलो’ अनामनगरमा नागार्जुनको कार्यालय उभ्यायौँ । आफू-आफूबाट गाँस काटेझैँ गरेर कोठाभाडा जुटायौँ । कोठाभाडामा बस्दा-बस्दा आफ्नै घर बनाएर त्यहाँ सरेको जस्तै अनुभूतिभित्र गद्गद् भयौँ । अब त सानोतिनो कार्यक्रम गर्न पनि कामचल्ने भयो ।
नेपाली साहित्यको विकासमा टेवा पुर्याउने हेतुले नवोदित प्रतिभाहरुलाई आफ्ना सृजना पस्किने अनि यसैभित्रका विविध विधामा पालै-पालो छलफल र अन्तक्रिर्या गर्दै सिक्ने, सिकाउने या भनौँ सृजनशीलताको उकाली चढ्ने साझा थलोका रूपमा केही हदसम्म लान सक्ने सम्भावना द×र्यायौँ । जीवनबिम्बमा फनफनी घुमिरहेको सामाजिक चक्रभित्र साहित्यिक बाटोबाट चेतनारूपी यात्रामा सामेल हुनु कर्तव्य सम्भिmयौँ । यस्तैयस्तै कुराहरु मनन् गर्दै प्रत्येक शुक्रबार अपराह्नकालीन साइत जुराएर ०६१ असोज १ गतेबाट थाल्यौँ- ‘शुक्रबारे शृङ्खला’ । नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानको वर्तमान समिति गठन गर्दा प्राज्ञका लागि दरखास्त आह्वान गरी प्राज्ञिक वर्गलाई खोलाको गिट्टीको ठेक्कापट्टाका लागि बोलपत्रको दर्जामा पुर्याउने दुस्साहसका रूपमा राज्यपक्षले कदम चालेको भन्दै आलोचना खेपिरहेको थियो, उतैतिर । यस्तो चालाले हाम्रो मुटु पनि चस्स घोच्यो । ‘प्रज्ञाप्रतिष्ठानको गठन र यसको भावी दिशा’ भन्ने कार्यक्रम तय गर्यौँ । नवनियुक्त उपकुलपति प्राडा वासुदेव त्रिपाठीले यस विषयमा नुनको सोझोको हिसाबले जवाफ थमाउनुलाई हामीले अनौठो म्ाान्नुपर्ने लागेन । अन्य सहभागीले यस अन्तक्रिर्याका एकैखाले जवाफ दिए- ‘प्राज्ञको दरखास्तमा अशोभनीयता’ ।
दोस्रो कार्यक्रमको रूपमा ८ गते पालो पारियो, युवा पुस्तामा माहोलकै रूपमा आएको विधा ‘गजल’ का बारेमा अन्तक्रिर्यालाई । २३ गते प्रकाश सिलवालको निबन्ध सङ्ग्रह ‘पूणिर्माको रात’ को अन्तक्रिर्यात्मक विमोचन कार्यक्रममा जोडियो, शुक्रबारे शृङ्खला । अर्को शुक्रबार कवितावाचनमा बित्यो । कात्तिक ६ गते पुग्यौँ ‘विजयादशमी’ लाई हेर्ने दृष्टिकोणमा । चाडपर्वलाई आडम्बरीरूपमा होइन, संस्कारको महत्त्व बचाउने तरिकाले खर्चिलो बोझबाट मुक्त हुनुपर्ने सन्देश छर्न स्रष्टाहरुले सामाजिक उत्तरदायित्व बहन गर्नुपर्ने आवाजमा प्राडा वासुदेव त्रिपाठीदेखि झलनाथ खनाल, केशव बडालहरुले आवाज थपे । छैठौँ शृङ्खलामा प्रकाशजीको ‘पूणिर्माको रात’ माथि जीवन र जगत्को बिम्ब दोस्रोपटक खोज्ने काम भयो- ‘विशेष अन्तक्रिर्या’ को नाम दिएर । सातौँ शृङ्खला पुग्यो, घट्टेकुलो निवासी साहित्यकार पुस्कर लोहनीको घरमा । त्यहाँ प्रथम नेपाली ताङ्का पत्रिकाको विमोचन गर्दै नेपाली साहित्यमा टुसाउँदै आएको ‘ताङ्का’ विधाको चर्चा-परिचर्चा चल्यो, रत्नशमशेर थापा, रामकुमार पाँडे, क्षेत्रप्रताप अधिकारी, श्यामदास वैष्णवहरु समेतको बीचमा । लक्ष्मीपूजा तथा देवकोटा जयन्तीका अवसरमा कात्तिक २७ गते आठौँ शृङ्खलाका रूपमा कविगोष्ठीमा जमे, कवि ।
देशमा बढेको द्वन्द्वको राप तथा प्रजातन्त्रमाथि नै पर्दै आएको राजकीय प्रहारले देश दुखेको अवस्थाबाट दिन गुजँ्रदै थियो । यस्तो अवस्थामा स्रष्टाको भूमिकालाई चहकिलो/सशक्तरूपमा उतार्ने योजनामा स्रष्टा जुटे मङ्सिर २५ गते । ‘वर्तमान सन्र्दभमा स्रष्टाहरुको भूमिका’ विषय चुनेर अन्तक्रिर्या चल्यो । वर्तमान सन्र्दभमा स्रष्टा तथा साहित्यिक सङ्घसंस्थाको भूमिकाका सम्बन्धमा बृहत् छलफल गरी साहित्यमा लोकतान्त्रिक चेत सञ्चार गराई सामाजिक रूपान्तरणमा भूमिका खेल्नु अपायक ठानेर पुस २ मा लोकतन्त्रवादीको भेला गराउने निधो भयो । त्यो भेलाले ‘लोकतान्त्रिक साहित्यकार सङ्घ’ गठन भयो नागार्जुनसँगैको ऐक्यबद्धतामा । हरिगोविन्द लुइँटेल संयोजक बनाइए । माघका शृङ्खला कविता गजलवाचनमै केन्दि्रत बने । फागुन ७ गते प्रजातन्त्र दिवसको सन्दर्भमा ‘मुक्तिको खोजीका लागि साहित्यको प्रयत्न’ का रूपमा शुभप्रभात काव्यगोष्ठी गरेर तेह्रौँ शृङ्खला सकियो । हरेक महिनाको पहिलो शुक्रबार शुभप्रभातलाई अझ ओजिलोरूपमा प्रस्तुत गर्दै लाने निस्कर्ष पनि भयो । अक्षर अध्ययन बिन्दुसँगको सहकार्यमा नागार्जुनले अर्को शृङ्खला ‘उत्तर आधुनिकतावाद के हो ?’ भन्ने विषयमा प्रगतिशील साहित्यकार निनु चापागााईं र रामप्रसाद ज्ञवालीले जानकारी गराउनुभयो ।
कविता सिर्जना गर्न सिपालु बने पनि त्यसलाई त्यही मर्म समातेर वाचन गर्न सकिएन भने कविताले पूर्णता नपाउने कुराले झस्कायो र सोहृ्रौँ शृङ्खला काव्यवाचनकला थालनी गर्ने विषयमा विचारविमर्श समेट्न केन्दि्रत रहयो । सत्रौँ शृङ्खला चैत १२ मा मिलन गर्तौलाको नाटकसङ्ग्रह ‘प्रथम यात्रा’ को अन्तक्रिर्यात्मक विमोचन गरेर नाटकसम्बन्धी कार्यक्रम थपियो । १९ गते काव्यवाचनकलाका बारेमा टुङ्गो लाग्ने निर्णय भयो । अर्को शृङ्खला कवितागोष्ठीमा घुम्यो । ०६२ वैशाख २ मा शुभप्रभात काव्यगोष्ठी, वैशाख १० मा काव्यवाचनकला प्रशिक्षणमाथि समीक्षा, २३ मा कवितावाचन हुँदै २४ औँ शृङ्खला शुभप्रभातमा झुल्कियो । अनि, प्रत्येक महिनाको पहिलो शुक्रबार सारियो, शुभप्रभातलाई । धर्मेन्द्र विह्वलकृत मैथिल हाइकु सँगालो ‘एक समयक वात’ माथि अन्तक्रिर्यामा बित्यो, जेठ १३ गतेको २५ औँ शृङ्खला । २६ औँ चाहिँ गजलविशेष र २७ औँ शृङ्खला साहित्यकार स्व. विनय रावलको स्मृतिमा शोकविह्वलर स्तब्ध बन्यो । काव्यवाचनकलाको भेउ पाई रौषिएका युवास्रष्टाहरू जुटे- छन्दलेखनकलातर्फको प्रशिक्षण तय गर्न । असार ३ मा छलफल गरी निर्णयमा पुगे । असार ४ मा शुभप्रभात गोष्ठीको शृङ्खला स्वतन्त्र रेडियो बचाऊ आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै सम्पन्न भयो । त्यसपछि छन्दलेखनकला प्रशिक्ष्ाणको तयार, छलफल, प्रशिक्षण प्रशिक्षक-प्रशिक्षार्थीबीच सम्बन्ध स्थापना हुँदै २८ र २९ आँै शृङ्खला सकियो । ३० औँ मा नागार्जुनको आर्थिक सबलीकरण र साउन १४ मा निलमकुमार न्यौपानेको छन्दकविता वाचन गरी ३१ औँ शृङ्खला पार भइसकेको छ । यस किसिमको शृङ्खलालाई अझ व्यवस्थित र बढीभन्दा बढी उपयोगी बनाउँदै लानेप्रति नागार्जुन भावी दिनमा चनाखो हुनेछ ।

