बितेको एक वर्ष

August 19, 2005

- माधव निर्दोष
‘यस्तो फरक कार्यक्रम नागार्जुनले नै गर्नुपर्दथ्यो र गर्यो पनि, यसलाई मैले नागार्जुनको अर्को सक्रिय स्टेप ठानेको छु । एकेडेमीले के सहयोग गर्नुपर्दछ सक्दो गर्दै जानेछ ।’ २०६२ असार महिनामा आयोजित छन्दलेखनकला प्रशिक्षणको समारोहमा प्रज्ञाप्रतिष्ठानका उपकुलपति डा. वासुदेव त्रिपाठीले व्यक्त गर्नुभएका यी शब्दहरूले कताकता साहित्यिक यात्रामा भिन्नरूपले प्रस्तुत हुने काम यस नागार्जुन साहित्यिक प्रतिष्ठानले गरेको रहेछ भन्ने आभाष हुन्छ । छन्दमा कविता लेख्ने प्रयास जसरी भिन्न प्रयासको नमुना बन्यो, काव्यवाचनकलाले पनि त्यो नमुना केही मात्रामा प्रस्तुत गरेकै हुनुपर्दछ । फरक बाटो हामीले यस अर्थले रोजेका छौँ । दिनहँु हुने कविगोष्ठी र पुस्तक विमोचन कार्यक्रम त अन्य संस्था र व्यक्तिबाट पनि त भइरहेकै छन् । भइरहेका कार्यक्रमभन्दा केही पृथक् बाटोमा हिँड्ने यस प्रतिष्ठानको जमर्को हो ।
विगत छ वर्षदेखिको यात्रा यहाँसम्म आइपुग्दा गत एक वर्षलाई नागार्जुनले अहिलेसम्मको उपलब्धिको वर्ष मानेको छ । त्यसो त, यो वर्षलाई उपलब्धिमूलक बनाउन अघिल्ला वर्षहरूको योगदान कम्ती छैन । विगत वर्षहरूमा हुनेगरेका एकै प्रकृतिका कार्यक्रमलाई परिमार्जन गरेर यो वर्ष फरक खालका कार्यक्रमको शुभारम्भ गर्न नागार्जुन केही हदसम्म भए पनि सफल रहेको आभाष भएको छ । विशेषगरी प्रतिष्ठानका अध्यक्ष प्रकाश सिलवालको मिहिनेत तथा अपत्यारिलो जनसम्पर्कले नागार्जुनलाई यहाँसम्म ल्याएको हो भन्ने मैले पनि कञ्जुस्याइँ गर्नुहुन्न । उहाँको निवास गंगबुमा रहेको कार्यालयलाई गत वर्षदेखि अनामनगरस्थित दाहालको दैलोमा ल्याएर छुट्टै कार्यालयको रूपमा उभ्याइएको छ । त्यसै कार्यालयबाटै हाम्रा कामहरूले बामे सर्ने काम गर्दै आएका हुन् । एक वर्षको अवधिलाई केलाउने हो भने साप्ताहिक अन्तरमन्थन कार्यक्रमको शुभारम्भ भई त्यसले निरन्तरता पाउनु, वाषिर्क रूप्ामा हुने गरेको शुभप्रभात काव्य गोष्ठी मासिक रूपमा शुभारम्भ हुनु र त्यसले निरन्तरता पाउनु केही उपलब्धि ब्ानेका छन् । त्यसका अतिरिक्त केही भिन्न कार्यक्रमहरू गर्न यो वर्ष हामी सफल रहेको मानेका छौं तर त्यो भन्दा सफल कार्यक्रम आगामी दिनमा यस प्रतिष्ठानले गर्नुपर्ने नै हुन्छ । त्यो हाम्रालागि चुनौती पनि बनेको छ । कार्यालयको विस्तारसँगै सुरु भएको साप्ताहिक अन्तरमन्थन कार्यक्रममा कैयौँ विषयहरू उठेका रहेछन् । कार्यक्रम गर्दा साधारण देखिए पनि फर्केर हेर्दा महत्त्वपूर्ण कार्यक्रम लागेका छन् । कतिपय भने मार्गदर्शकको रूपमा देखिएका छन् । प्रत्येक साताको शुक्रबार सञ्चालन हुने अन्तरमन्थन कार्यक्रमको प्रज्ञाप्रतिष्ठान गठनसँगै सुरु भएको विवादलाई पनि छलफलका लागि बाँकी राखेको छैन । जुन कार्यक्रममा प्रज्ञाप्रतिष्ठानका उपकुलपति डा. त्रिपाठी उपस्थित हुनु मात्र भएन, प्रतिष्ठानलाई जनमुखी बनाउन प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
नेपाली रङ्गमञ्चको स्तर बढाउने जमर्कोमा प्राज्ञ सरुभक्तको उपस्थितिमा रङ्गमञ्चको बारेमा छलफल गर्यौँ हामीले । हुन त, छलफल आफैँमा केही होइन । तर त्यही छलफललाई गहन सम्झने हो भने कार्यदिशाका लागि जति सहजता हुन्छ, उत्तिकै सफल छन् सहयोगी पनि । सोहीअनुरूप साहित्यिक पत्रकार सङ्घसँग मिलेर ‘सञ्चारमा साहित्य’ विषयक अन्तर्त्रिmया कार्यक्रम आयोजना गर्नुका साथै सोही विषयमा नागार्जुनको १० औँ अङ्क विशेषाङ्कका रूपमा प्रस्तुत गर्यो ।
काव्यवाचनलाई उठान गर्ने र काव्यको महत्त्व वाचनबाट खोज्ने प्रयत्नअनुसार १५ दिने काव्यवाचन कला प्रशिक्षण सम्पन्न गर्नुका साथै हराउँदै गएको छन्द कवितालाई बचाउन छन्दलेखन कला प्रशिक्षण कार्यक्रममार्फत् केही नयाँ कार्यक्रमको खोजी गर्नतर्फ हामी लागेका छौँ । ती दुवै कार्यक्रममा दुई दर्जन जति युवा स्रष्टाले सहभागिता जनाउनुभएको थियो ।
साप्ताहिक अन्तर्मन्थनमा गजल अन्तर्त्रिmया, निबन्ध अन्तर्त्रिmया, कविता अन्तर्त्रिmया, भाषाभाषीसम्बन्धी अन्तर्त्रिmया, विभिन्न पुस्तकमाथिको अन्तर्त्रिmया, छन्दको महत्त्वमाथि अन्तर्त्रिmया, काव्यवाचनको महत्त्वमाथि अन्तर्त्रिmया, रङ्गमञ्चको महत्त्व तथा अग्रज स्रष्टामाथिको अन्तर्त्रिmया नियमित विषयवस्तु बन्नेगरेका छन् । यीभन्दा फरक विषयको खोजी गर्नका लागि पनि अन्तर्त्रिmया कार्यक्रम अघिबढ्दै आएको छ ।
दुई वर्षपहिले नयाँ वर्षको बिहानी र प्रजातन्त्र दिवसको बिहानीमा शुभप्रभात काव्यगोष्ठी सञ्चालन गर्दै आएकोमा माघ १९ को शाही कदमपश्चात् मुक्तिको खोजीमा कविताको प्रयत्नअन्तर्गत रही उक्त शुभप्रभात काव्यगोष्ठीलाई मासिकरूपमा प्रत्येक महिनाको पहिलो शनिबार आयोजना गरिँदै आएको छ । सोही गोष्ठीमा वाचित कविताबाट वर्षभरिमा एक लोकपि्रय र उत्कृष्ट कविताका स्रष्टालाई शुभप्रभात काव्यसम्मानका रूपमा सम्मान गर्ने हामीले यसै वर्षदेखि थालनी गरेका छौँ ।
स्रष्टालाई उत्प्रेरित गर्नु र मुक्तिका लागि कविताको खोजी गर्न घचघच्याउनुमा यस कार्यक्रम र सम्मानले थोरै भए पनि सहयोग पुर्याउने अपेक्षा गर्न सकिन्छ ।
त्यसका अतिरिक्त स्रष्टा यादव थपलियाको कृति विमोचन गरी शुभविवाहदेखि विजयराज आचार्यको लेखन तथा कृष्ण शाह यात्रीको निर्देशनमा नाटक मञ्चनसम्ममा नागार्जुनले आफूलाई डोर्यायो, गत वर्षका अवधिमा । प्रतिष्ठानका सदस्यबीच र साहित्यिक स्रष्टाहरुबीचको सम्बन्धलाई निकट तुल्याउन नागार्जुन प्रकाशन शृङ्खला सुरु गरिएको छ । जसबाट विजयराज आचार्यको उज्यालोको खोजीमा सचित्र बालकथा, यादव थपलियाको मृत्युचुम्बन उपन्यास र भूपेन्द्र तिम्सिना, मायामितु न्यौपानेको गजलसङ्ग्रह निर्वासित चराहरु प्रकाशित भैसकेका छन् भने अन्य केही पुस्तकहरु प्रकाशानार्थ पाण्डुलिपिमा तयार छन् । थुप्रै प्रतिभा जन्माउने चाहना छ । थुप्रै जन्मिएका प्रतिभाको संरक्षण गर्ने चाहना छ । र, योगदान पुर्याइसकेका स्रष्टाहरुको योगदानको कदर गर्दै सम्मान गर्ने चाहना पनि छ । यी चाहना र पूरा गर्न बाँकी रहेका काम आगामी दिनहरुमा गर्न सकिनेछ भन्ने अपेक्षा लिएका छौँ ।

Comments »

The URI to TrackBack this entry is: http://nagarjun01.blogsome.com/2005/08/19/1-3/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>