ज्ञान खेर जाँदैन, हैन र !
August 19, 2005- पदम गौतम
अनौपचारिक रूपमा भन्ने हो भने एउटा लेखक आजीवन विद्यार्थी नै हुन्छ । यसपटक नागार्जुन साहित्यिक प्रतिष्ठानको आयोजनामा गरिएको छन्दलेखनकला प्रशिक्षणमा हामी विद्यार्थीहरू सुरुमै यो कुरामा प्रस्ट थियौा । त्यसैले होला, हामी विद्यार्थी बन्न सफल भयौा र एकअर्थमा विद्यार्थी मात्र बनेनौा पनि ।
नागार्जुनका साथीहरूले मलाईर् विद्यार्थीको संयोजकको भूमिका दिनुभएको थियो । विद्यार्थीमध्ये छन्दलेखनमा रुचिको कुरा गर्ने र यस विषयमा पहिलेदेखि नै प्रस्टसाग बोल्दै आएकाले संस्थागत रूपले यो निर्णय आएको हुन सक्छ भन्ने मलाईर् लाग्छ । निकट विगतमा गरिएको काव्यवाचनकलाका अनुभव र कमीकमजोरीका कारण पनि मैले छन्दलेखनका विषयमा त्यति बोल्नुपरेको थियो ।
हो, हामी विद्यार्थी बन्यौा, तर विद्यार्थी मात्र थिएनौा । प्रायः सबै सहभागी एउटा न एउटा पेसा अागालेका व्यक्ति थियौा । हामी नितान्त औपचारिक भएनौा, अनि त्यो स्थितिको प्रशस्त लाभ पनि लियौा । अर्थात्, छलफल गर्दै अनौपचारिक रूपमा हामीले हाम्रा प्राज्ञिक संस्थाका शिक्षालयभन्दा बढी सिक्ने मौका पायौा । यसमा हाम्रा शिक्षकद्वय रामप्रसाद ज्ञवाली र देवी नेपालको बौद्धिक चातुर्य पनि उत्तिकै निणर्ायक रहेको छ । लामो समयदेखि शिक्षण पेसामा संलग्न शिक्षकहरूले हाम्रो मनस्थिति बुझेर हामीलाईर् ‘क’ देखि ‘कः’ सम्म नै सिकाउनुभयो ।
काव्यवाचनकलाको समयमा हाम्रो कक्षाको सिकाइ एवम् विद्यार्थीहरूको प्रस्तुति दुवै औपचारिक थियो । त्यसले एउटा नियमित छलफलभन्दा बढी केही बढी दिन सकेको थिएन । यसपटक हाम्रा गुरुद्वयले अत्यन्तै साना विषयबाट उठान गरी शास्त्रीयता, भाषा, संस्कृति, पछिल्लो प्रयोगजस्ता विषयमा समेत हामीलाईर् केही कुरा दिएर कक्षा अघिबढाउनुभयो । जोड जानेपछि गुणन सिकेको शैलीमा हामीले सिक्नुपर्ने कुराहरू धेरै बने । हामीले आफैा सिक्न बााकी कुराहरूको तय गरेर अघिबढ्यौा र त्यो क्रम अझ जारी रहनेछ- यस क्षेत्रमा हामी रहुञ्जेलसम्म ।
ह्रस्व, दीर्घ प्रायः पत्रकारहरूले लगभग सही लेख्छन् । तर पेसागत अराजकता लेखनमा आउाछ । व्यक्तिगत अनुभवमा समेत भन्नुपर्दा हामी शिरबिन्दु र चन्द्रबिन्दुलाईर् एउटै मान्थ्यौा- अल्छीका कारण । तर, ती दुईर्को भेद छन्दको कक्षाको प्रारम्भिक समयमै हामीले जान्यौा । ह्रस्व, दीर्घको पछिल्लो प्रयोग र त्यसको आधारको सामान्य छलफलले हामीलाईर् धेरै कुरा दियो भन्ने मलाईर् लाग्छ । हामीलाईर् छन्दमा मात्र नभएर सागै जोडिएर आउने सबै विषयमा नशा बस्यो र अब हामी सधैा ती विषयमा सोधखोज र अध्ययन गर्नेचाहिा भयौा । र, छन्दकै विषयमा पुर्खाहरूतिर फर्केर गर्व गर्न मात्र जान्यौा ।
गद्यकविताको विकासको उत्कर्षको समयमा जन्मेर हुर्किएका हामी त्यही मानसिकतामा परेका थियौा । तर, बुझेर होइन, अर्ति मानेर मात्रै । अबचाहिा प्रशंसा गरौा, या विरोध या कुनै प्रतिक्रिया, कम्तीमा आफैा बुझेर बोल्न सक्ने भएका छौा । हाम्रो जन्मदेखि मृत्युको दुई पुस्तापछिसम्म छन्दै छन्दले घेरिएको हुन्छ । हरेक दिन पुजिने देवताका नामका श्लोकदेखि वनमा गाई चराउन जाादा गाइने गीतसम्म सबै छन्दमा छन् । हामीलाईर् सिक्न सजिलो भएको कारण पनि सायद आफ्नो रगतमा भएको तत्व शरीरको अर्को भागमा पुर्याउने काम मात्र भएकोले हो कि भन्ने मलाईर् लाग्छ ।
काव्यवाचनकलाको एउटा मिठो सन्दर्भलाईर् उल्लेख नगरी रहन सक्दिन । रावणले धार्मिक श्लोक पढेको पञ्चचामर छन्दले हामीलाईर् आकषिर्त गर्यो । एकजना महिला मित्रसाग मेरो नाम जोडेर छन्दको एक श्लोक लेखन र गायन गर्नुभयो, एक महिला मित्रले । मैले जवाफ दिने क्रममा सम्भवतः जीवनकै प्रथम छन्दोबद्ध रचना -हजज बहरको गजल) सिर्जना गर्न पुगेा । यो सन्दर्भलाईर् धेरै हदसम्म हामीले लेखनकलामा समेत प्रयोग गर्यौा । हो, हामीमा रमाइलोसाग सिक्नेबाहेक अरू कुनै स्वार्थ थिएन र अर्काको प्रतिष्ठाप्रति भने हामी संवेदनशील थियौा । साथीहरूले यो कुरा पनि छिट्टै बुझिदिनुभयो र हामी सबै सजिलोमा पर्यौा ।
अन्त्यमा, म नयाा पुस्ताका साथीलाईर् एकपटक छन्द बुझ्न र पढ्न आग्रह गर्दछु । अझ गजलमा कलम चलाउने साथीहरूले त अब छन्द नसिकेमा काम छैन भन्ने बुझ्नुपर्छ । उर्दुका छन्द -अर्थात् बहर) को मूल आधार छन्द नै हो र आधाआधी त ठयाक्कै मिल्छन् पनि । हो, गाली गर्नुपरे पनि बुझेर गाली गर्दा त्यसको अर्थ विशेष हुनजान्छ ।
छन्द सिक्यौा र व्यक्तिगतरूपमा मैलेचाहिा प्रयास आरम्भ पनि गरेको छु, विशेषतः गजलमा । म नागार्जुनलाईर् धन्यवाद दिादै नयाा सर्जक साथीहरूलाईर् एकपल्ट फेरि बुझ्न र सिक्न अनुरोध गर्दछु । आखिर, ज्ञान त खेर जाादैन नि, हैन र ?
छन्दकला प्रशिक्षण ः एक अनुभव
- घनेन्द्र ओझा
कुनै समय कविता भनेको लयबद्ध, सरल र मार्मिक कुरा अभिव्यक्त गर्ने माध्यम भन्ने बुझिन्थ्यो । कविता बन्न लय अनिवार्य मानिन्थ्यो । पाठकहरूले मन परेको कविताका पंक्तिहरू भाका हालीहाली गाउने गर्थे । गाउाघरतिर अझैपनि रामायणका श्लोकहरू भाकाहालीहाली गाउने गरिन्छ । जानेर वा नजानेरै छन्दको लयसाग हामी परिचित भइसकेका थियौा । तर वास्तविक रूपमा छन्द लेखनको प्राविधिक ज्ञान नभइकनै हामी यसको लयसाग मात्र अभ्यस्त बन्यौा । छन्द लेखनको ज्ञान नहुादा केही समय यता धेरैजसो कवि तथा पाठकहरूबाट समेत छन्दोबद्ध कविताहरू उपेक्षित बनिरहेको पाइन्छ ।
छन्द हाम्रो मौलिक सम्पत्ति हो । यसको संरक्षण र संवर्द्धनको जिम्मा लनि हामी आफैा अग्रसर रहनुपर्ने बेला भएको छ । आधुनिक कविहरू गद्य कविता तर्फ आकषिर्त हुनुमा छन्द लेखनको प्राबिधिक ज्ञानको अभाव हुनु पनि एउटा कारण हो । सायद यही कुराको महशुस भएर नागार्जुन साहित्यिक प्रतिष्ठानले युवापुस्ताका केही कविहरूलाई छन्द लेखनकलाबारे प्रशिक्षण दिने सोच बनायो । र, गत असार ६ गतेदेखि १६ गतेसम्म डेढ हप्ते प्रशिक्षण कार्यक्रम सम्पन्न गर्यो । छन्दको सामान्य ज्ञानसम्म नभएका र छन्दमा रुचि राख्नेहरू झण्डै २ दर्जन कविहरूले भाग लिएको प्रशिक्षण कार्यक्रममा कवि एवं समालोचक श्रद्धेय गुरुद्वय श्री रामप्रसाद ज्ञवाली र श्री देवी नेपालज्यूको अथक मेहनत र हौसला हाम्रा लागि अझ प्रेरणादायी बन्न पुग्यो ।
वर्तमान समयमा समकालिन पुस्ताका धेरैजसो राम्रा कविहरूलाई समेत छन्दका बारेमा सामान्य ज्ञान समेत नभएको यथार्थ छ । कवि प्रोल्लास सिन्धुलीय भन्दै थिए- ‘म आफू एउटा कवि हुा सागसागै राम्रा छन्द कवि -उमानाथ शास्त्री) को सुपुत्र समेत, तर मलाई ज्यादै पीडा महशुस हुन्थ्यो कि म छन्दबारे अनभिज्ञ थिएा ।’ छन्द लेखन प्रशिक्षण प्राप्त गरिसकेपछि उनले भने- ‘अब छन्दबारे कसैले सोधे मुकः बन्नु पर्दैन ।’ छन्द सिक्न सजिलो छ तर छन्दमा राम्रा कविता लेख्न त्यतिकै गाह्रो पनि छ । प्रशिक्षक ज्ञवाली सर सचेत गराउादै हुनुहुन्थ्यो- ‘सफल मान्छे धेरै छन् तर असल ज्यादै कम, म सफल र असल दुवै हुनुपर्दछ भन्ने चाहन्छु ।’
हो पनि जस्तो लाग्यो श्रद्धेय गुरुको भनाई । कविता लेख्छु भनेर बस्यो, गण र मात्रा जुधायो, शब्द खोज्न थाल्यो, अझ उचित शब्द छान्न शब्दकोश पल्टाउन थाल्यो । बाबा Û सााच्चै कठिन काम रहेछ छन्दमा कविता लेख्न । तर, जव कविता पूरा हुन्छ र भाका हालेर गाउन थालेपछिको आनन्द भने लेख्दाको कष्टभन्दा धेरै मीठो हुादोरहेछ- प्रशिक्षार्थी साथीहरूको अनुभव हो यो । प्रशिक्षार्थी मित्र रोजन राई भन्दैथिए- ‘नचिनेको मानिससाग अचानक भेट हुादा कतिबेला उम्कूा जस्तोझैा भए जस्तै हुन्थ्यो छन्द कविता सुन्नुपर्दा । तर प्रशिक्षण लिइसकेपछि छन्द अत्यन्त प्यारो लाग्न थालेको छ ।’
वास्तवमै छन्द लेखन प्रशिक्षण लिइसकेपछि लाग्यो- छन्दमा जीवनको लय पनि निहित हुादो रहेछ । प्रशिक्षणमा पुरुष तथा नारी कविहरूको समान सहभागिता रहनु प्रशिक्षणको अर्को उल्लेखनीय पक्ष थियो । छन्द कविता लेखनको प्राविधिक ज्ञान नभए पनि छन्द कविता मनपर्ने गरेको र छन्दमा लेख्न प्रयास गरेपनि बुझ्दै जाादा ‘कााढाघारीको यात्रा आाखा छोपेर गरेको’ जस्तो लागेको बताइन् डा. जया सत्यालले । उनले भनिन्- ‘अब आाखा खुलेको छ ।’ कवि मायामितु न्यौपानेले छन्दमा भिन्न स्वाद हुनेरहेछ भन्दै अभ्यास गरे लेख्न सकिने आाट आएको बताइन् । उनले भनिन्- ‘तर अभ्यास धेरै गर्नुपर्ने रहेछ ।’
युवा कवि पदम गौतम छन्दबारे सुरुमा चासो नदिएकामा पश्चाताप गर्दैथिए- ‘नेपाली भाषा साहित्यमा लागेर पनि कति धेरै व्याकरणगत र भाषागत त्रुटि गर्दारहेछौा हामीहरू । छन्दको बारेमा पहिल्यै ज्ञान लिइएको भए आफ्नो लेखन अझ तिखारिने थियो कि ।’ आफ्नो अनुभव बााड्ने क्रममा उनले भने- ‘युवा पुस्ताका कविहरूलाई छन्दको ज्ञान दिन अति आवश्यक रहेछ ।’ आफ्नो लेखन यात्रा छन्दबाटै सुरु भएता पनि छन्दको व्यबहारिक ज्ञानको कमी रहेको बताउादै प्रशिक्षार्थी कवि सुरेश सुवेदीले यस प्रशिक्षणबाट आफ्ना धेरै कमजोरी सुधार गर्ने अवसर मिलेको बताए । यस्ता कार्यक्रमहरूलाई अभियानको रूपमा लैजान सके धेरै स्रष्टाहरू लाभान्वित हुनसक्ने उनको धारणा छ- ‘यो काम नागार्जुनले नै गरोस् भन्ने चाहन्छु ।’ यस छन्द लेखन प्रशिक्षणले आफूलाई छन्द कवि बनाउन प्रेरणा प्रदान गरेको पनि उनले बताए ।
समस्याको बोध हुनु नै समाधानको चरणमा प्रवेश गर्नु हो भन्दै प्रशिक्षक देवी नेपाल भन्दै हुनुहुन्थ्यो- ‘छन्दमा कविता लेख्ने समय गयो भन्नेहरू छन्द नबुझ्नेहरू हुन् । अब म ढुक्क छु छन्द कहिल्यै मर्दैन ।’ देवी सरसाग सहमति जनाउन चाहन्छु म पनि । अब छन्द कहिल्यै मर्दैन । तर एउटा कुरा, छन्दका बारेमा जानकारी दिने कार्य समयसमयमा गरिइरहनुपर्दछ ।
र, अन्त्यमा…
नागार्जुन साहित्यिक प्रतिष्ठान, जुझारु युवा साहित्यप्रेमीहरूको सहप्रयासमा स्थापित संस्थाले आफ्नो स्थापनाको सुरुवातदेखि नै नेपाली भाषा र साहित्यका विभिन्न विषय र सवालहरूमा बिबिध कार्यक्रमहरू गर्दै आएको छ । सरकारी तवरबाट भाषा, साहित्य र कला, संस्कृतिको संवर्द्धनका लागि स्थापित नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान र साझा प्रकाशनभन्दा एक कदम अगाडि बढ्ने प्रयास नागार्जुनले गरेको छ । संस्था सानो र ठूलो भन्दा पनि उसले गर्ने कार्यले संस्थाको महत्ता प्रष्ट हुन्छ । यसरी हेर्दा प्रज्ञा प्रतिष्ठानका दरिद्र प्राज्ञहरूको नाकमा पसिना बगाइदिने कार्य यसले गर्दै आएकामा नागार्जुन साहित्यिक प्रतिष्ठान धन्यवादको पात्र बनेको छ । आगामी दिनहरूमा अझ प्रभावकारी कार्यक्रमहरू ल्याएर सम्पूर्ण स्रष्टाहरूको साझा संस्था बन्न सक्नेछ भन्ने शुभेच्छा व्यक्त गर्दछु ।

