केवलपुरे विशेष : नागार्जुन नौ

August 19, 2005

- प्रभात सापकोटा
साहित्य झुपडीहरूलाईर् हेर्ने चस्मा हो’ भनेर निर्धक्क बताउने सुपरिचित हस्ताक्षर केवलपुरे किसानलाईर् नागार्जुन -साहित्यिक त्रैमासिक, पूणर्ाङ्क ९) ले सम्मानपूर्वक प्रस्तुत गरेको छ । यसमा केवलपुरेका काव्यात्मक ‘शुभेच्छा’ हरू छन् । देवी नेपालको ‘कथाका रूपमा किसानको पुनर्जन्म’ समीक्षा पनि संलग्न छ । विजयराज आचार्यद्वारा प्रस्तुत केवलपुरे किसान -सचित्र बालकथा) चाहिा यस अङ्कको मुख्य अंश बनेको छ । यसबाहेक, केवलपुरेका केही बालगीतहरू पनि यसमा समावेश भएका छन् । अन्त्यमा, कवि केवलपुरेसागको अन्तर्वार्ता राखेर नागार्जुनले पाठकसमक्ष स्रष्टा किसानको प्रतिभालाईर् पुर्याउने प्रयास गरेको छ ।
पत्रिकाको सम्पादकीयमा चित्रमय भाषा छ । ‘विचारका देवल’ शीर्षकमा लोकभाकाको सम्पादकीय अभिव्यक्ति पनि समावेश भएको छ ।
सानो, तर फरक प्रयास नागार्जुनले गर्यो । कस्तो लाग्यो सबैलाईर् भनिदिनुपर्यो सम्पादकीयमा आग्रह छ- कस्तो लाग्यो ? भनिदिनुपर्यो । म आफ्नो विचार लेख्दैछु । सचित्र बालकथा ‘केवलपुरे किसान’ जीवनको यथार्थ परिघटना हो । विजयराज आचार्यले केवलपुरे किसानको जीवनगाथालाई बालकथाका रूपमा प्रस्तुत गरेका छन् । कविजीवनका सुखदुःखलाईर् सरल भाषामा देखाएका छन् । किसानका उहापोहलाईर् बालखुराकमा रूपान्तरण गरेका छन् ।
केवलपुरे किसान यस सचित्र बालकथाका नायक हुन् । यिनै नायकले आफूले बोलेको ढााचामा यसको कथानक अघिबढेको छ । बालबालिकाको यस कृतिलाईर् पढ्न थाल्नेबित्तिकै नायकको दुःखद् जीवनको कथा आरम्भ भएको थाहा पाउाछन् । अझ चार वर्षमै पिताको मृत्यु हुनु र आठ वर्षमा आमाबाट विछोड भएको देखिनुले त नायकको बााकी जीवन थाहा पाउन केटाकेटीहरू अत्यन्त उत्सुक हुने पृष्ठभूमि तयार गरिएको थाहा पाइन्छ । ‘त्यसपछि के भयो होला’ को खुल्दुलीसागसागै बालबालिकाले कथाको नायकलाईर् जेठाबा जेठीआमासाग बसेको, खेलेको र रमाएको देख्छन् ।
दिनभरि गाईगोठालो बन्ने र बिहानबेलुका गाउाकै भाषा पाठशालामा पढ्ने कथानायक कसैलाईर् थाहा नदिई काठमाडौा पुग्छन् । मान्छे बन्छन् । दरबार हाइस्कुलमा पढ्छन् । दुःख भोग्छन् । सुख खोज्छन् । केही नलागेपछि दुःख र खुसी रहन चाहने आशालाईर् सागसागै बोक्छन् । संस्कृत छात्रावासको आन्दोलनसागै यिनी पनि देशबाट निकालिन्छन् ।
प्रत्येक घटनाले नायकको आगामी गतिविधि थाहा पाउने चाहना प्रबल हुन्छ । अझ बनारसमा लक्ष्मीप्रसाद देवकोटासागको भेट, कवितालेखनमा सक्रियता र घर फर्किादासम्मको विषयवस्तुले त पाठकलाईर् निरन्तर चासो जगाइरहन्छ । विजयराज आचार्यले प्रस्तुत गरेका पुस्तक लेख्ने, छाप्ने र पुस्तकहरू सरकारले जफत गर्नेसम्मका घटना कम रोचक छैनन् । पत्नीशोक पर्नु, ‘आासुको पोखरी’ शोककाव्य लेख्नु, शोकलाईर् समाजमा भलो हुने काममा रूपान्तरित गर्नु आदि प्रसङ्ग पनि निकै घतलाग्दारूपमा प्रस्तुत भएका छन् । त्यसैगरी, जनतालई पढ्नलेख्नबाट वञ्चित गर्ने राणाशासनको र तीसवर्षे पञ्चायत व्यवस्थाका दुर्गुणको जानकारी पनि यस सचित्र बालकथाका सम्झनै पर्ने विषय हुन् ।
यस सचित्र बालकथाबाट बालबालिकाले ‘थोरै मान्छेमा भएको सम्पत्तिलाईर् सबैमा बााडेर बराबर पार्नुपर्छ भन्ने मुख्य पात्रको उदाहरण पाउाछन् । समझदार भावना भेट्छन् र सम्झनै पर्ने आदर्श फेलापार्छन् । कृतिमा अन्धविश्वासमाथि औालो ठड्याउने नायक देख्दा प्रौढ पाठकलाईर् पनि आाट प्राप्त हुने आधारभूमि धेरै छन् ।
अनेकौा व्यवहारका च्यापामा परेर चरित्रले धरधरी रुनुपरेको पाउादा प्रत्येक कथावाचकलाईर् भावादर््र बनाउने परिदृश्य छन् । घरबेटीको छोराले नायकको शरीरमा तातो दाल खन्याइदिएको दृश्य, चिलले हातैबाट खोसेर मासु लगेको प्रसङ्ग आदि घटना, विषय र परिवेशको उपस्थितिले कथालाईर् रोचक बनाएका छन् । ज्ञानवर्द्धक पनि बनाएका छन् ।
कथामा बालजीवन अङ्कको मात्रा केही बढाउन सकिएको भए बालबालिकाका लागि अझ रोचक हुन्थ्यो । विषय र घटना छनोट गरेर अरू केही चित्र पनि थप्नु उपयुक्त हुन्छ । ‘फेरि भेटौंला’ तुकबन्दीका निम्ति माथिल्लो पङ्क्तिमा ‘कर्दले रेटौाला’ पदावली अधिकांश केटाकेटीका लागि आङ जिरिङ्ग पार्ने हुन सक्छ । उत्तरार्द्धको उपदेशात्मक पक्षलाई अलि घटाएको भए झन् राम्रो हुनेथियो भन्ने देवी नेपालको टिप्पणी मननीय छ ।
छोरीलाईर् भात ख्वाउादा, छोरीसित गन्थन, छोरीलाईर् फुल्याउादा बालगीत तथा बालकविता पनि यसमा समावेश भएका छन् । कवि केवलपुरे किसानद्वारा लोकलयमा संरचित यी रचनाले केटाकेटीको मनोविज्ञानलाईर् कवितात्मक अभिव्यक्ति दिएका छन् । नेपालीको वीरगाथालाईर् पनि किसानले केलाएर देखाएका छन् ।
पत्रिकाको अन्त्यमा दिइएको अन्तर्वार्तामा केवलपुरे किसानसाग देवी नेपालले गरेको कुराकानी प्रस्तुत गरिएको छ । देवीले केवलपुरेसाग जन्ममिति, स्वास्थ्य, बाल्यकाल, हलोक्रान्ति, लेखनको थालनी, लेखनको उद्देश्य आदि विषयका उन्नाइसवटा प्रश्न सोधका छन् । उत्तरमा कवि किसानले व्यवहार र अनुभवसाग सम्बन्धित छोटो, मिठो, छरितो र जीवनोपयोगी विचार प्रस्तुत गरेका छन् । अन्तर्वार्ताले हामीलाईर् कविको अम्मलडुम्मल, गट्टा, डन्डिबियो आदि खेलमा रमाउने बाल्यकालीन जीवनसाग नजिक हुने अवसर दिन्छ । तीन मोहोरमा महिनाभरि भान्छे लाग्नुपर्ने समस्याको दृश्य देखाउाछ । बाहुनले पनि हलो जोत्नुहुन्छ भनेर २००६ सालमै गोरु नार्ने किसानको हिक्मत बताउाछ । कविता लेखिनुको उद्देश्य प्रगतिवादी विचारधारातर्फ उन्मुख हुनुपर्ने कारण आदि प्रश्नमा केवलपुरे किसानले दिएका गम्भीर उत्तरसाग पनि परिचित हुन सघाउाछ । पुछारमा चाहिा पुण्य कार्कीको ‘केवलपुरे किसान’ बालकविता दिइएको छ । यस कविताले किसानको सादा जीवन, उच्च विचारलाईर् सवाई लयमा प्रस्तुत गरेको छ ।

Comments »

The URI to TrackBack this entry is: http://nagarjun01.blogsome.com/2005/08/19/%e0%a4%95%e0%a5%87%e0%a4%b5%e0%a4%b2%e0%a4%aa%e0%a5%81%e0%a4%b0%e0%a5%87-%e0%a4%b5%e0%a4%bf%e0%a4%b6%e0%a5%87%e0%a4%b7-%e0%a4%a8%e0%a4%be%e0%a4%97%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%9c%e0%a5%81%e0%a4%a8/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>