नागार्जुनको चिठी

August 21, 2005

सिर्जनशील युवाजोश र जाँगरकै एउटा प्रयासका रूपमा विसं २०५६ मा स्थापित विशुद्ध साहित्यिक संस्था नागार्जुन साहित्यिक प्रतिष्ठानले आफ्ना गतिविधि, साहित्यिक सिर्जना र विविध विधा एवम् व्यक्तित्वमा केन्दि्रत रहेर विशेष प्रकाशनहरू पाठकमाझ नागार्जुन त्रैमासिक पत्रिका मुखपत्रका रूपमा प्रस्तुत गर्दै आएको हो । यसै क्रममा यो अङ्क प्रतिष्ठान विशेषाङ्कका रूपमा प्रकाशित भएको हो । नागार्जुनको इतिहासमा संस्थाका विभिन्न गतिविधिलाई अन्वेषक, द्रष्टा, सहभागी र स्वयम् अभियन्ताका कलमबाट अभिसिर्जित गरी पहिलोपटक आफ्नैबारे विशेषाङ्क प्रकाशित गर्न पाएकोमा हामीलाई हर्ष लागेको छ । र पाठकको यसमा विमति नहुने अपेक्षा लिएका छौ । (more…)

नागार्जुन छ वर्षे यात्रा र गन्तव्य

August 19, 2005

- प्रकाश सिलवाल
पृष्ठभूमी
‘सिर्जनात्मक संयोजनका लागि समीचीन सदन’ को लक्ष्यसहित सामाजिक जीवनमुखी साहित्यको निर्माणको एउटा पाटो हो - नागार्जुन । जसले छ वर्ष व्यतीत गरेको छ । यसको गन्तव्य यात्राका लागि साहित्य, कला र संस्कृति नै प्रेरणाका पुञ्ज हुन् । जहाँ विचारको पुजा गरिन्छ । वास्तवमा समाजसेवामध्येको साहित्यिक बाटो विशुद्ध र सशक्त माध्यम हो भन्ने मान्यतामा लामबद्ध युवाहरूको सक्रियतामा यो प्रतिष्ठानको स्थापना २०५६ सालमा भएको हो । त्यतिबेलादेखिको यसैसँगको एक यात्रीको हैसियतमा म भन्छु- यो नयाँ इतिहाँसको रेखा कोर्न र विगतको आफ्ना सत्कर्मको संरक्षणमा उन्मुख भएको छ । (more…)

कविताको गाउँमा नयाँ पँधेरो

- दाहाल यज्ञनिधि
‘बा ? पाठशाला जान्न म
इतिहास पढाइन्छ त्यहाँ, मरेका दिनहरूको ।’
हरिभक्त कटुवालको यो लघुकविता । लघुकविताको गर्भमा जोगिएको बृहत् काव्य । मैले बुझेको थिइन पहिले, अचेल धेरैतिर मानवबस्तीका कथा सुन्न मोहनी लाएको छ, यो लघुकाव्यले ।
म इतिहासको विद्यार्थी भएर एक कविताको जाँच लेख्छु । आज लेखिने कविताको उत्तरले इतिहासको सत्यसाक्ष्यमा बकपत्र गर्नेछ । बकपत्र गर्न सपथ खाइन्छ । सपथ खानेले झुठो बोले कसुरदारले पाउने सजाय पाउँछ । देखे, जाने र सुनेसम्मको बकपत्रमा बोल्न पाइन्छ । (more…)

काठमाडौं यात्रा : साहित्यिक विवाह

- कृष्ण धरावासी
नयाझ्बर्ष द्दण्टद्द वैशाखको यस बर्षको का७मा०८ौं यात्रामा नयाझ्खाले नै रमाईलो अनुभव गरें । बर्षमा सरदर एकपल्६ का७मा०८ौं पुग्ने म, त्यहाझ् हुने त्यसबेलाका बिभिन्न साहित्यिक भे६३ा६ र समारोहहरुमा ब९ी नै समय खर्चिने गर्५ु । धेरै साहित्यिक मित्रहरुसंग भे६हुने भनेको साहित्यिक जम३६हरु नै हो । साना साना तर उल्लेख्य कार्यक्रमहरुमा सहभागी हुन पाएको थिए । नेपाल राजकीय प्र१ा प्रतिष्७ानको गद्य बिभागले आयोजना गरेको कथा परिचर्चा गोष्७ी मा भागलिन पाएको थिएझ् । किसन थापा अधिरको कथा सम्वन्धि महत्वपूर्०ा कार्यपत्र प्रस्तुत भएको थियो, जसले नेपाली कथाको बिभिन्न चर०ाको अध्ययन गर्दै उत्तर आधुनिकताको वर्तमान काललाई राम्रैसंग केलाउने प्रयत्न गरेको थियो । भीष्म उप्रेतीको समुद्रसंग सम्वन्धित कविताहरुको जापानी अनुवादको विमोचनको कार्यक्रममा जान पाइयो । (more…)

काव्यवाचनकला प्रशिक्षण : एक टिपोट

- नर्मदेश्वरी सत्याल
विश्वमै परम्परागत हिसाबमा पुस्तौँदेखि कवि, कविता र वाचनकला एकापसमा पुरकका रूपमा परिचित छन् । यति हुँदाहुँदै पनि यी तिनमा देखिने पृथकता आजसम्म खुलदुलीकै विषय बनेर अघिबढिरहेको छ । यसै सन्दर्भमा कवि, कविता र वाचनलाई एकसाथ अघिबढाउनुपर्छ भन्ने उद्देश्य लिएर केही देशले प्रशिक्षण र प्रतिस्पर्धाद्वारा प्रयास गरेका प्रमाणहरू जुटाउन सकिन्छ तर हाम्रो देशमा भने बेलामौका कवितावाचन प्रतिस्पर्धाका रूपमा गरिने गरेका भए पनि संस्थागतरूपमा प्रशिक्षण दिने गरेको देखिँदैन । यसको अर्थ कविता पढिँदै पढिँदैन भन्न खोजिएको होइन । स्वेच्छाले वा पाठयक्रममा निर्देशित कविता पठन त हुन्छन्, तर वाचन गर्ने उद्देश्यले खासै वक्ता र श्रोताबीचको तादात्म्य स्वीकारिएको हुँदैन । मावि कक्षामा कविताको सामान्य परिचयसँगै पद्य कवितामा गति, यति मिलाई लयबद्ध गाउन लगाउने प्रयत्न आंशिकरूपमा भए पनि गरिएको छ । यसको अलावा गद्यकविता केकसरी वाचन गर्नुपर्छ भनी मापदण्ड निक्र्योल गरिएको पाइँदैन । (more…)

छन्दलेखनको समापन

नभन्दे भँगेरी म आएँ लुकेर
‘नभन्दे भँगेरी म आएँ लुकेर
सुतेकी छ छोरी नरोओस् उठेर ।।
‘भएँ घाम छेक्ने, अध्याँरो कुनाको
झनै देश बन्दैछ आमाबिनाको ।।
कवि प्रोल्साल सिन्धुलीयद्वारा रचित भुजङ्गप्रयात छन्दको यो कविता पाठकका लागि मात्र नभई उनका लागि पनि नितान्त नयाँ प्रयोगको अवसर हो । गद्यलेखनमा क्रियाशील उनीजस्ता दुई दर्जन युवा स्रष्टाले छन्दलेखनकलाको प्रशिक्षण पाएपछि उनीहरूभित्रको लयबद्ध प्रतिभा ऊर्जावान ढङ्गले प्रकट हुन थालेको छ । (more…)

नागार्जुनको शुक्रबारे शृङ्खला

- भूपेन्द्र तिमल्सिना
नागार्जुनसँगको भेटलाई साहित्यिक अनुष्ठानका रूपमा विकास गर्दै थोर-बहुत उपलब्धि हातपार्ने सोच जाग्यो हामीमा । साहित्यिक गतिविधिलाई भ्याए र सकेसम्म अधिकतम चलायमान बनाउँदै लग्ने महत्त्वाकाङ्क्षा जुटायौँ । सानो कोठामै भए पनि ‘दाहालको दैलो’ अनामनगरमा नागार्जुनको कार्यालय उभ्यायौँ । आफू-आफूबाट गाँस काटेझैँ गरेर कोठाभाडा जुटायौँ । कोठाभाडामा बस्दा-बस्दा आफ्नै घर बनाएर त्यहाँ सरेको जस्तै अनुभूतिभित्र गद्गद् भयौँ । अब त सानोतिनो कार्यक्रम गर्न पनि कामचल्ने भयो । (more…)

बितेको एक वर्ष

- माधव निर्दोष
‘यस्तो फरक कार्यक्रम नागार्जुनले नै गर्नुपर्दथ्यो र गर्यो पनि, यसलाई मैले नागार्जुनको अर्को सक्रिय स्टेप ठानेको छु । एकेडेमीले के सहयोग गर्नुपर्दछ सक्दो गर्दै जानेछ ।’ २०६२ असार महिनामा आयोजित छन्दलेखनकला प्रशिक्षणको समारोहमा प्रज्ञाप्रतिष्ठानका उपकुलपति डा. वासुदेव त्रिपाठीले व्यक्त गर्नुभएका यी शब्दहरूले कताकता साहित्यिक यात्रामा भिन्नरूपले प्रस्तुत हुने काम यस नागार्जुन साहित्यिक प्रतिष्ठानले गरेको रहेछ भन्ने आभाष हुन्छ । छन्दमा कविता लेख्ने प्रयास जसरी भिन्न प्रयासको नमुना बन्यो, काव्यवाचनकलाले पनि त्यो नमुना केही मात्रामा प्रस्तुत गरेकै हुनुपर्दछ । फरक बाटो हामीले यस अर्थले रोजेका छौँ । दिनहँु हुने कविगोष्ठी र पुस्तक विमोचन कार्यक्रम त अन्य संस्था र व्यक्तिबाट पनि त भइरहेकै छन् । भइरहेका कार्यक्रमभन्दा केही पृथक् बाटोमा हिँड्ने यस प्रतिष्ठानको जमर्को हो । (more…)

ज्ञान खेर जाँदैन, हैन र !

- पदम गौतम
अनौपचारिक रूपमा भन्ने हो भने एउटा लेखक आजीवन विद्यार्थी नै हुन्छ । यसपटक नागार्जुन साहित्यिक प्रतिष्ठानको आयोजनामा गरिएको छन्दलेखनकला प्रशिक्षणमा हामी विद्यार्थीहरू सुरुमै यो कुरामा प्रस्ट थियौा । त्यसैले होला, हामी विद्यार्थी बन्न सफल भयौा र एकअर्थमा विद्यार्थी मात्र बनेनौा पनि ।
नागार्जुनका साथीहरूले मलाईर् विद्यार्थीको संयोजकको भूमिका दिनुभएको थियो । विद्यार्थीमध्ये छन्दलेखनमा रुचिको कुरा गर्ने र यस विषयमा पहिलेदेखि नै प्रस्टसाग बोल्दै आएकाले संस्थागत रूपले यो निर्णय आएको हुन सक्छ भन्ने मलाईर् लाग्छ । निकट विगतमा गरिएको काव्यवाचनकलाका अनुभव र कमीकमजोरीका कारण पनि मैले छन्दलेखनका विषयमा त्यति बोल्नुपरेको थियो । (more…)

छन्दकला प्रशिक्षण : एक अनुभव

- घनेन्द्र ओझा
कुनै समय कविता भनेको लयबद्ध, सरल र मार्मिक कुरा अभिव्यक्त गर्ने माध्यम भन्ने बुझिन्थ्यो । कविता बन्न लय अनिवार्य मानिन्थ्यो । पाठकहरूले मन परेको कविताका पंक्तिहरू भाका हालीहाली गाउने गर्थे । गाउाघरतिर अझैपनि रामायणका श्लोकहरू भाकाहालीहाली गाउने गरिन्छ । जानेर वा नजानेरै छन्दको लयसाग हामी परिचित भइसकेका थियौा । तर वास्तविक रूपमा छन्द लेखनको प्राविधिक ज्ञान नभइकनै हामी यसको लयसाग मात्र अभ्यस्त बन्यौा । छन्द लेखनको ज्ञान नहुादा केही समय यता धेरैजसो कवि तथा पाठकहरूबाट समेत छन्दोबद्ध कविताहरू उपेक्षित बनिरहेको पाइन्छ । (more…)

ज्ञान खेर जाँदैन, हैन र !

- पदम गौतम
अनौपचारिक रूपमा भन्ने हो भने एउटा लेखक आजीवन विद्यार्थी नै हुन्छ । यसपटक नागार्जुन साहित्यिक प्रतिष्ठानको आयोजनामा गरिएको छन्दलेखनकला प्रशिक्षणमा हामी विद्यार्थीहरू सुरुमै यो कुरामा प्रस्ट थियौा । त्यसैले होला, हामी विद्यार्थी बन्न सफल भयौा र एकअर्थमा विद्यार्थी मात्र बनेनौा पनि ।
नागार्जुनका साथीहरूले मलाईर् विद्यार्थीको संयोजकको भूमिका दिनुभएको थियो । विद्यार्थीमध्ये छन्दलेखनमा रुचिको कुरा गर्ने र यस विषयमा पहिलेदेखि नै प्रस्टसाग बोल्दै आएकाले संस्थागत रूपले यो निर्णय आएको हुन सक्छ भन्ने मलाईर् लाग्छ । निकट विगतमा गरिएको काव्यवाचनकलाका अनुभव र कमीकमजोरीका कारण पनि मैले छन्दलेखनका विषयमा त्यति बोल्नुपरेको थियो । (more…)

नागार्जुनद्वारा प्रकाशित कृतिहरूको सङ्क्षिप्त परिचय

- रामप्रसाद ज्ञवाली
नागार्जुन साहित्यिक प्रतिष्ठानले आफ्नो स्थापनाकालदेखि बहुआयामिक क्रियाकलाप गर्दै आएको छ । साहित्यिक गोष्ठी, अन्तर्संवाद, कार्यपत्रहरूको प्रस्तुति, समसामयिक विषयमा चर्चा-परिचर्चा, लोकतान्त्रिक आन्दोलनका पक्षमा सामूहिक प्रयत्नको अगुवाइ, सङ्कटपूर्ण घडीमा जोखिमपूर्ण क्रियाकलाप आदि गरेर यस प्रतिष्ठानले राष्ट्रिय जिम्मेवारीको अहम् दायित्व निर्वाह गर्दै आएको छ । नयाा पुस्ताका स्रष्टालाईर् प्रोत्साहन गर्दै उनीहरूको सिर्जनयात्रालाईर् सम्बल प्रदान गर्नु, स्थापित र सक्रिय युवा स्रष्टाहरूबाट गम्भीर र आवश्यक साहित्यिक कार्यहरू गराउनु, प्रौढ र वृद्ध अग्रज स्रष्टाहरूलाईर् सम्मान गर्नु, युगीन माग र रुचिहरूको पहिचान गरी यथासम्भव तिनका पक्षमा गतिविधि सञ्चालन गर्नु यस प्रतिष्ठानका थप विशेषता बनेका छन् । नैतिक निष्ठा र लोकतान्त्रिक साहित्य सिर्जनाका पक्षमा साहित्यकारहरूलाईर् परिचालन गर्नु यस प्रतिष्ठानका सर्वाधिक युगचतना हो । यस्ता साहित्यिक गतिविधि सञ्चालन गर्नुका साथै साहित्यिक पत्रिका र पुस्तकहरू प्रकाशित गरी यस प्रतिष्ठानले थप योगदान दिइरहेको छ । (more…)

केवलपुरे विशेष : नागार्जुन नौ

- प्रभात सापकोटा
‘साहित्य झुपडीहरूलाईर् हेर्ने चस्मा हो’ भनेर निर्धक्क बताउने सुपरिचित हस्ताक्षर केवलपुरे किसानलाईर् नागार्जुन -साहित्यिक त्रैमासिक, पूणर्ाङ्क ९) ले सम्मानपूर्वक प्रस्तुत गरेको छ । यसमा केवलपुरेका काव्यात्मक ‘शुभेच्छा’ हरू छन् । देवी नेपालको ‘कथाका रूपमा किसानको पुनर्जन्म’ समीक्षा पनि संलग्न छ । विजयराज आचार्यद्वारा प्रस्तुत केवलपुरे किसान -सचित्र बालकथा) चाहिा यस अङ्कको मुख्य अंश बनेको छ । यसबाहेक, केवलपुरेका केही बालगीतहरू पनि यसमा समावेश भएका छन् । अन्त्यमा, कवि केवलपुरेसागको अन्तर्वार्ता राखेर नागार्जुनले पाठकसमक्ष स्रष्टा किसानको प्रतिभालाईर् पुर्याउने प्रयास गरेको छ ।
पत्रिकाको सम्पादकीयमा चित्रमय भाषा छ । ‘विचारका देवल’ शीर्षकमा लोकभाकाको सम्पादकीय अभिव्यक्ति पनि समावेश भएको छ । (more…)

केवलपुरे विशेष : नागार्जुन नौ

- प्रभात सापकोटा
साहित्य झुपडीहरूलाईर् हेर्ने चस्मा हो’ भनेर निर्धक्क बताउने सुपरिचित हस्ताक्षर केवलपुरे किसानलाईर् नागार्जुन -साहित्यिक त्रैमासिक, पूणर्ाङ्क ९) ले सम्मानपूर्वक प्रस्तुत गरेको छ । यसमा केवलपुरेका काव्यात्मक ‘शुभेच्छा’ हरू छन् । देवी नेपालको ‘कथाका रूपमा किसानको पुनर्जन्म’ समीक्षा पनि संलग्न छ । विजयराज आचार्यद्वारा प्रस्तुत केवलपुरे किसान -सचित्र बालकथा) चाहिा यस अङ्कको मुख्य अंश बनेको छ । यसबाहेक, केवलपुरेका केही बालगीतहरू पनि यसमा समावेश भएका छन् । अन्त्यमा, कवि केवलपुरेसागको अन्तर्वार्ता राखेर नागार्जुनले पाठकसमक्ष स्रष्टा किसानको प्रतिभालाईर् पुर्याउने प्रयास गरेको छ ।
पत्रिकाको सम्पादकीयमा चित्रमय भाषा छ । ‘विचारका देवल’ शीर्षकमा लोकभाकाको सम्पादकीय अभिव्यक्ति पनि समावेश भएको छ । (more…)